 को आन टीमका फरवार्डमा रहेका जेठा दाजु ज्योल ग्रिफिथलाई पनि आफ्नो भाइप्रति गौरव लागेको छ। उनले भने- "उनले ज्यादै राम्ररी खेलेमा छन्। म निकै हर्षित छु। मलाई थाहा छ आफ्नो भाइसित प्रतियोगिता गर्न अप्ठ्यारो लाग्छ। तर के गर्ने? यो प्रतियोगिता नै हो"।
अरु वर्षमा चलेको एशियन फुटबल कन्फेडेरेसन च्याम्पियन्स लीगभन्दा फरक कुरा के हो भने यसवर्ष सुधार गरिएपछि प्रतियोगितामा सहभागी विभिन्न मुलुक र क्षेत्रका क्लबहरुले नाम कमाउनुका साथै आर्थिक फाइदा पनि प्राप्त गर्न पाउँछन्। क्लबहरुको सक्रियता बढाउनका लागि यस वर्षको एशियन फुटबल कन्फेडेरेसन च्याम्पियन्स लीगका लागि बोनस रकमलाई ठूलो मात्रामा बढाइएको छ। सेमी फाइनल म्याच र फाइनल म्याचमा भाग लिने टीमले लाखौं वा दश लाख अमेरिकी डलर पाउनेछ। यसबाट कुनै पनि एक एशियाली फुटबल क्लबका लागि ठूलो आकर्षण छ।

उता हल्याण्ड अन्तर्राष्ट्रिय ग्रुप आइ एन जीले युरोपका केही ठूला फुटबल च्यापियन लीगलाई दिने प्रायोजनलाई ठूलो मात्रामा घटाइरहेको वेलामा सारा एशियाली फुटबलप्रेमी फैनहरुले टेलिभिजन कार्यक्रममा आइ एन जीको विज्ञापन साइनबोर्ड एशियन फुटबल कन्फेडेरेसन च्याम्पियन्स लीगको प्रतियोगिता अवलोकन गरे।
वर्तमान बैंकींग संकटका सामु एशियन फुटबल कन्फेडेरेसनले बजारलाई निर्देशन बनाएर सुधार गरेको छ। यसको फलस्वरुप एकातिर एशियन फुटबल कन्फेडेरेसन च्याम्पियन्स लीगले झन शक्तिशाली पृष्ठभूमि पाएको छ, अर्कोतिर यसले विभिन्न मुलुक र क्षेत्रका क्लबहरुलाई झन् बढी अवशर ल्याएको छ। विश्वको उच्चस्तरीय प्रतियोगिता नभएको एशियन फुटबल कन्फेडेरेसन च्याम्पियन्स लीगले आफ्नो विकासको गुन्जाइश पत्ता लगाएको छ।

युरोपको विकसित व्यावसायिक फुटबल प्रतियोगिताको तुलनामा एशियाली फुटबलको व्यावसायिक प्रतियोगिता अझै पनि प्रारम्भिक चरणमा रहेको छ। एशियन फुटबल कन्फेडेरेसनका अध्यक्ष महमद बिन हामामले के अपेक्षा राख्नुभएको छ भने नौलो एशियन फुटबल कन्फेडेरेसन च्याम्पियन्स लीगले एशियन फुटबल कन्फेडेरेसनका विभिन्न सदस्य कन्फेडेरेसनलाई व्यवस्थित व्यावसायिक प्रतियोगिता प्रणालीको स्थापना गर्न र आफ्नो व्यावसायिक फुटबल प्रतियोगिताप्रति एशियाली सर्वसाधारणको उत्साह बढाउँन सघाउ पुर्याउँन सक्नेछ।
यस प्रतियोगिता अवधिमा गणतन्त्र कोरियाको सुवोन सामसुंग ब्लुविंग्स एफ सी टीमको नारा चाहिं "एशियामा उडौं"भन्ने रहेको छ। यस वर्षको एशियन फुटबल कन्फेडेरेसन च्याम्पियन्स लीगमा सहभागी सबै फुटबल टीमको समान नारा पनि होला।
|