
छ्यांग जाति चीनमा बसोबास गर्ने यौटा प्राचीन अल्पसंख्यक जाति हो । तिनीहरु मुख्यतः चीनको दक्षिण पश्चिमी भागको स व्छान् प्रान्तको लि जिल्ला जस्ता केही जिल्लाहरुमा विभाजित छन् । जसको जनसंख्या दुइ लाख जति छ । पहिलेदेखि अहिलेसम्म निकै राम्रो वास्तु कलाले चीन र विदेशमा यो जातिको नाम चलेको छ ।
छ्यांग जाति साधारणतया पहाडको फेदिमा खोलानालाको किनारमा भेला भएर बसोबास गर्छ । यसरी भेला भएर बसोबास गर्ने वास्तु समूहलाई छ्यांग जातिको भाषामा जाई च भन्छ । छ्यांग जातिको लोकल चित्रकलाको एक महत्वपूर्ण गठनात्मक भागमा रहने छ्यांग जाई छ्यांग जाति बसोबास गर्ने स्थान मात्र होइन अझ महत्वपूर्ण कुरा के हो भने त्यस वास्तु समूहको उपयोग क्षमता , बनाउने कौशल र वास्तु समूहको समष्टिगत बनौट तथा खाने पानी , आगो निभाउने र युद्धतर्फ त्यसको मिलिजुली उपयोग मूल्य रहेको छ । ती वास्तु समूहमध्ये लि जिल्लाको थाउ फिंग छ्यांग जाई सबैभन्दा बढी प्रतिनिधित्व रहेका छ्यांग जाईमध्येको एक हो । यहां बसेका छ्यांग जातिकी केटी उ रिले जानकारी दिंदै भन्छिन्
छ्यांग जाति बसोबास गर्ने छ्यांग जाईले वास्तवमा हामीहरु छ्यांग जाति असामान्य ऐतिहासिक अवस्थमा जीवन बिताउने र युद्ध लड्ने बेलाको थलो देखाएको छ । छ्यांग जाई बनाउने सामग्री र बनौटको दृष्टिकोणबाट हेर्दा त्यसको निर्माण युद्धको प्रतिरक्षा गर्नका लागि हो । यसैले छ्यांग जाई गाउँको निर्माण कार्यमा झ्याल होस् भूमिगत पानी सञ्जाल र तथा गाउँभित्रको टोलीहरु सबै नै युद्धको प्रतिरक्षाको सोचाईमा आधारित भएका छन् ।

युद्धको प्रतिरक्षाबाहेक छ्यांग जाई गाउँको वैज्ञानिक र प्राविधिक तथा कलात्मक मूल्य रहेको छ । जसको मुख्य अभिव्यक्ति त्यस गाउँको समष्टिगत बनौट र निर्माण सामग्री तथा घरहरुको शैलीमा देखिन्छ । जस्तो भनौं छ्यांग जाई गाउँमा घर र घर बीचको दूरी निकै कम छ । धेरै घरहरुले साझा भित्ताको प्रयोग गरेका थिए र भित्ताको छेउमा खम्बा खडा गरिएको थियो । जसले गर्दा श्रमशक्ति र धन-सम्पत्तिको धेरै किफायत रहेको थियो । छ्यांग जाई गाउंको निर्माण सामग्रीहरुमा थोरै काष्ठको प्रयोगबाहेक धेरैजसो त पहाडमा जताततै पाइने ढुंगाहरुको प्रयोग हुन्थ्यो । किल्लाहरु भने त्यसमा प्रयोग गरिएको थिएन । ती ढुंगाहरु जोड्नका लागि माटोको प्रयोग रहेको थियो । ती भित्ताहरुको अल्गाई दर्जनौं मिटर पुगेको थियो । छ्यांग जाईका वास्तुमा कंक्रिट नभए तापनि समयको परीक्षणबाट उत्तीर्ण भएर अहिलेसम्म पनि उभिएका छन् ।
छ्यांग जाई गाउँदेखि नजिक रहेको पहाडपछि साधारणतया हिंउ बरफबाट पग्लेर बगेको धारा हुन्थ्यो । मानिसहरुबाट खनिएको नहरव्दारा ती धाराको पानीलाई गाउँभित्रका वासिन्दाहरुको घरको मुनि ल्याइएको थियो । जसबाट पानीको आपूर्ति र निष्काशन गर्ने स्वचालित पद्धति उत्पन्न भएको थियो । विभिन्न परिवारमा पुग्ने यस्तो धारा पानीको बहु क्षमता हुन्छ जस्तो भनौं त्यो आगो निभाउने प्रभावकारी प्रबन्ध पनि हो र घरभित्रको तापक्रमलाई पनि घटबढ गर्न सक्छ। यसका अतिरिक्त त्यो खेतजग्गाको सिंचाइ गर्न सक्छ मानिसहरु खानका लागि धेरै सुविधा उपलव्ध गराउन सक्छ । छ्यांग जातिकी केटी उ लिले भनिन्ः(音响四,吴莉讲话) छ्यांग जाई गाउँको भूइंमूनि पानीको सञ्जाल रहेको छ । पानी भूइमुनिको बनाइएको अदृश्य नहरमा बगेको छ । पानीहरु मुहान छ्यांग जाई गाउँ पछाडिको पहाडमा रहेको छ । पानी त्यहांबाट बगेर गाउँभित्र पुगी सञ्जालमा विभाजित रहेको छ । पानी हरेक परिवारमा पुगेको छ । हरेक परिवारका मानिसहरुले ढुंगाको फल्याक उठाएर नहरबाट पानी झिक्ने गर्छन् । पहिले पहिले हामीहरुले लुगा धुने र तरकारी सफा गर्नका लागि यस्तो पानीको उपयोग गर्थ्यौं । हामी छ्यांग जातीको यौटा नियम छ की नहरको पानीमा पैदलले टेक्न पाइन्दैन ।
हाल छ्यांग जाति बसोबास गर्ने क्षेत्रका धेरै गाउँलेहरुले आफ्नो घरलाई सुधार गरेका छन् । कोहीले आफ्नो घरको पहिलेको बाह्य रुपलाई परिवर्तित गरेका छन् । तिनीहरुले सिमेन्ट र टाइलव्दारा आफ्नो घरको बाह्य भित्ताको सिंगार पटार गरेका छन् । राजमार्गदेखि नजिक हुने र यातायात विकसित हुने ठाउँमा कोही मानिसहरुले पहिलेको ढुंगाको सट्टामा इंटाको प्रयोग गरेका छन् । पछिल्ला केही वर्षदेखि पर्यटन उद्योगको विकास हुँदाहुँदै यहां पहिलेको रुप क्रमशः पुनस्थापित हुँदै आएको छ । यहांको पर्यटन गर्न आएका विदेशी पर्यटकहरु बढीभन्दा बढी छन् । यस सन्दर्भमा छ्यांग च्या लोजिंगका साहु चौ लि चले बताउनुभयोः
हाल मुख्यतः मलेशिया , थाइ वान् र सिंगापूर आदि मुलुक र क्षेत्रबाट पर्यटन समुह आउने गरेका छन् । यसबाहेक केही व्यक्तिगत यात्रुहरु पनि आएका छन् । ती व्यक्तिगत यात्रुहरुमा बेलायत , फ्रान्स , अमेरिका लगायतका विभिन्न मुलुकका मित्रहरु समावेश छन् ।

ठ्याक्कै पांच वर्षअघि यहां टाढा टाढा ठाउँबाट आउनुभएका पाहुनाको स्वागत गरिएको थियो । त्यो पाहुना राष्ट्र संघीय युनेस्कोका डाक्टर हेन्री हुनुहुन्छ । उहांले थाउ फिंग छ्यांग जाइको निरीक्षण गरी त्यसको उच्च मूल्याकन पनि गर्नुभएको छ ।
|