 चीन सरकारले केही रकम छुट्याई जनताको जीवनसित सम्बन्धित व्यवसायहरुका उद्योगको समर्थन गर्ने निर्णय गरेको छ। विगत केही दिनअघि चिनियाँ उद्योग तथा सूचना मन्त्रालयले प्रविधिको सुधारका लागि कुल रकम 15 अर्ब चिनियाँ युआन छुट्याई उद्योग-व्यवसायहरुका परियोजनाहरुलाई स्वीकार गरेपछि समर्थन दिएको छ। चीनका उद्योग तथा सूचना मन्त्री लि यि चुङ्गले भन्नुभयो:
"हाल विश्वमा कच्चा-पदार्थ र प्रबन्धको मूल्य ठूलो मात्रामा घटेको छ। अर्थतन्त्र कठिन अवधिमा रहेको अवस्थामा उद्योग-व्यवसायहरुले प्रविधिमा सुधार गर्नु राम्रो हुनेछ।"
सम्बन्धित विशेषज्ञका अनुसार, चीन सरकारले मझौला र स-साना उद्योग-व्यवसायहरुसित सम्बन्धित राम्रो नीतिहरुको तर्जुमा गरेकोवाहेक, गत वर्षको अन्त्यमा 40 खर्ब चिनियाँ युआनको लगानी योजना शुरु गरेको छ। उक्त लगानी योजनामा जनताको जीवनसित सम्बन्धित रहेको परियोजना, सार्वजनिक हित-कल्याण परियोजना, आधारभूत प्रबन्धको निर्माण आदि क्षेत्रहरु समावेश छन्।

यसवाहेक, चीनका विभिन्न सरकारले पनि मझौला र स-साना उद्योग-व्यवसायहरुलाई कठिन अवधिबाट पार गर्न मद्दत दिएका छन्। दक्षिण-पूर्वी चीनको क्वाङ्ग तुङ प्रान्तले हाल दुई अर्ब बीस करोड चिनियाँ युआन छुट्याई मझौला र स-साना उद्योग-व्यवसायहरुलाई कठिनाइ शिथिल गर्न मद्दत गर्नेछ। क्वाङ्ग तुङ प्रान्तको वाणिज्य क्षेत्रका व्यक्तित्व श्री पोले भन्नुभयो---यस कुराले क्वाङ्ग तुङ प्रान्तका मझौला र स-साना उद्योग-व्यवसायहरुले वर्तमान संकटको सामना गर्नका लागि ठोस र प्रभावकारी निर्देशन उपलब्ध गराएको छ। उहाँले भन्नुभयो:
"क्वाङ्ग तुङ प्रान्त सरकारले दुई अर्ब बीस करोड चिनियाँ युआन छुट्याई मझौला र स-साना उद्योग-व्यवसायहरुको समर्थन दिने कुरा ठोस कदम हो। मेरो विचारमा यस कुराले क्वाङ्ग तु प्रान्तलाई भविश्यको दिशा देखाएको छ।"

बैकिङ संकटको पृष्ठभूमिमा चीनका मझौला र स-साना उद्योग-व्यवसायहरुले निरन्तर रुपमा सामन्जस्य गरिरहेको, उत्पादित-वस्तुहरुको वैज्ञानिक तथा प्राविधिक निहित मात्रा र थप मूल्य बढाइरहेको र प्रतिस्पर्धात्मक शक्ति सबल पारिरहेको छ। चीन सरकारले पनि मझौला र स-साना उद्योग-व्यवसायहरुले बजारलाई विस्तार गर्न मद्दत दिएको छ। युरोप, अमेरिका तथा जापानका बजारहरुको आवश्यकता कम भएको छ। चीन सरकारले ल्याटिन अमेरिका, मध्य-पूर्व आदि नवोदित बजारहरुमा नयाँ बिक्रीको बाटोको स्थापना गर्न र आर्थिक तथा व्यापारिक स्वतन्त्र क्षेत्रको स्थापना गर्ने उपायमार्फत मझौला र स-साना उद्योग-व्यवसायहरुलाई "विदेश जाने" चौतारो प्रदान गर्न प्रयास गरिरहेको छ।
|