
छिङ्गहाइ ह्वाङ नान तिब्बती जातीय प्रिफेक्चरको बितेका सयौं वर्षमा र कुङ क्षेत्रमा बसोबास गर्दै आएका पुरुषहरुलाई बौद्ध धर्मसंबन्धी चित्र कला गर्न आएको देखिन्छ। विशेष गरी थाङ्का बनाउनु। आज आएर चीन थाङ्का बनाउने सबभन्दा ठूलो अखडा बनेको छ। थाङ्का कलाकार न्याङ पनका अनुसार, सबभन्दा कौशलपूर्ण थाङ्का संकलन गर्नेहरुलाई मनपर्छ र महंगोमा एक लाखदेखि दश लाख चिनियाँ युआनसम्म पर्दछ। ती थाङ्काहरु दक्षिण-पूर्वी क्षेत्रतिर निर्यात गरिन्छ। उहाँले एउटा थाङ्का चित्र प्रतिष्ठान खोलेर बाल-बालिकाहरुलाई सम्बन्धित सीप निःशुल्क रुपमा सिकाउनुहुन्छ। यसबारे जानकारी दिँदै उहाँले भन्नुभयोः
"बितेका केही वर्षमा थाङ्काको राम्रो विकास भइरहेको छ। सरकारले थाङ्का कलामा महत्व दिँदै आएकोले त्यसको छिटो विकास भएको देखिन्छ। मैले स्थापना गरेको चित्र प्रतिष्ठानमा धेरैजना विद्यार्थीहरु पढिरहेका छन्। सानामा सात/आठ उमेरको र ठूलामा सत्र/अठार वर्षका। उनीहरुले शिक्षक-शिक्षिकासँग सिकेर आफूले स-साना चीजहरू डिजाइन गरेका छन्। पढाइ निःशुल्क छ।"

छिङ्गहाइ ह्वाङ नान तिब्बती जातीय प्रिफेक्चरले थाङ्काको परम्परागत विशेषताको संरक्षण गर्न श्रृंखलाबद्ध कदम चालेको छ। प्रिफेक्चरका उप-प्रमुख वाङ ह्वा फिङले यसबारे जानकारी दिँदै भन्नुभयोः
"सर्वप्रथम हामीले थाङ्का उत्पादनको स्थानीय मापदण्ड तोकेर उत्पादन प्रक्रियाको माग गरेका छौं। दोस्रो कुरा, हामीले र कुङ कला संघ स्थापित गरी व्यवसायिक संघले थाङ्काको उत्पादनको व्यवस्थापन गर्दछौं। यसका साथै कलाकारहरुलाई सेवा प्रदान गर्न हामीले सम्बन्धित विभागसँग पनि आग्रह गरेका छौं। तेस्रो कुरा, हामीले थाङ्का मूल्याङ्कन केन्द्रको स्थापना गरी थाङ्का वेभसाइटको निर्माण गरेर उच्चस्तरिय थाङ्कालाई वेभसाइटमा राखेर प्रचार-प्रसार गर्ने गरेका छौं।"

उहाँका अनुसार, परम्परागत थाङ्का हातले बनाइएको हो। तर कोहिले अझ धेरै लाभ पाउन थाङ्कालाई छापेर ठूलो मात्रामा उत्पादन गर्छन्। र कुङमा यस्तो गैर-परम्परागत रुपमा थाङ्का बनाउन निषेध गरिएको छ।
उहाँले भन्नुभएको कुरा एउटा व्यवहारिक समस्या हो। परम्परागत हस्त उद्योगले सानो वर्कशपको स्वरुप लिइरहेको छ। बजारको ठूलो मागलाई पूरा गर्दा औद्योगिक उपायको प्रयोग गरेमा परम्परागत तथा हस्त कलाको विशेषता हराउन पनि सक्छ।
(क्रमशः)
|