चीनको दक्षिण पश्चिमी भागमा पर्ने क्वी चौ प्रान्तको क्वी यांग शहरको कछाड क्षेत्रमा इंग फान् नामक गाउँ रहेको छ । सो गाउंमा बु इ जाति बसोबास गरेका छन् । पछिल्ला केही वर्षदेखि इंग फान् गाउंले आफ्नो ऐतिहासिक स्रोत-साधन र जातिय सांस्कृतिक स्रोत-साधनको आधारमा पर्यटन उद्योगको विकास गर्दै आएको छ । जसले गर्दा गाउलेहरुको जीवन स्तर उक्सेको छ र गाउंको छविमा पनि ठूलो परिवर्तन देखा परेको छ । गाउंलेहरु सम्पन्न गराउने कार्यमा नेतृत्वदायी भुमिका निर्वाहगर्नुभएका सो गाउँका प्रमुख श्री छन् त सोन् हुनुहुन्छ । आज हामीहरुले इंग फान् गाउँमा पुगेर श्री छन्बाट यस गाउँको प्रगति सम्बन्धी कथा सुनौं ।

पुडको पुड्को जीउ भएको छन् त सोन्को उमेर चालीस वर्ष पुगेको छ । सोच्दा वा कुराकानी गर्दा उहां निकै फूर्तिलो र चलाख देखिनुहुन्छ । श्री छन् रहनुभएको इंग फान् गाउंमा बसोबास गर्ने कूल जनसंख्याको छयान्नव्वे प्रतिशत त बु इ जातिका छन् । त्यो वास्तविक अल्पसंख्यक जातिय गाउँ हो । त्यहां खेतजग्गा थोरै छन् । सन् 2002 मा भर्खरै गाउंलेहरुबाट गाउं प्रमुखको पदमा छानिएका छन् त सोन् आफ्नो कार्यावधिको सुरुमा गाउंलेहरुको आम्दानी कम भएको, बढी बेरोजगार हुनुपर्ने गम्भीर तथ्य भेट्नुभएको थियो । कसरी गाउंलेहरुलाई सम्पन्न गराउने भन्ने विषयको मुल समस्या श्री छन्ले सोचिरहनुभएको छः
गाउंलेहरु बीचको धनी र गरीब भिन्नता अपेक्षाकृत ठूलो रहेको छ। तिनीहरुको आर्थिक अवस्था तथा वातावरण निकै कमजोर रहेको छ। निकै कम मानिसहरुले सानो रेष्टुरांहरु खोलेका छन् र तिनीहरुले बढी पैसा कमाएका छन् । तर अधिकाँश मानिसहरु त अझ आफ्नो जन्मथलोमा कृषिमा कार्यरत् छन् । तर खेतजग्गा थोरै भएको कारण धेरैजसो गाउँलेहरुसित रोपाई र पालनपोषण कार्य गर्ने क्षमता नै छैन । त्यसैले तिनीहरु सम्पन्न पनि हुन सक्दैनन् ।
यस्तो अवस्थामा परिवर्तन ल्याउनका लागि श्री छन्ले गाउंलेहरुलाई व्यवसाय सन्चालन गर्ने बाटोमा लाग्न प्रोत्साहन गर्ने निर्णय गर्नुभएको थियो । उहांले गाउंलेहरु सम्पन्न हुन सकुन भन्नाका लागि बाहिरका व्यवसायहरुलाई भित्र्याउने आशा लिनुभएको छ । तर इंग फान् गाउं क्वी यांग शहरको जल स्रोतको संरक्षण क्षेत्रमा परेको छ। बाहिरको व्यवसाय त्यसमा पस्नका लागि निकै गाह्रो छ। इंग फान् गाउंमा पस्ने विचार गर्ने धेरै व्यवसायहरु वातावरण संरक्षण कार्यमा मापदण्ड नपुगेको कारण पस्न पाएका छैनन् । व्यवसायको भरमा गाउंलेहरुलाई सम्पन्न गराउने श्री छंगको आकांक्षा साकार नभएकोले श्री छन्ले आफ्नो नजर गाउंलेहरुसित दिनरातभरि संगसंगै रहने इंग फान् गाउँको प्राचीन दुर्गमा पुर्याउनुभयोः
हाम्रो गाउँमा मिंग राजवंशको चु युआन् चांगको पालोमा बांकी रहेको प्राचीन दुर्ग रहेको छ । यसका अतिरिक्त हाम्रो गाउँमा बु इ जातिको समृद्ध सांस्कृति रहेको छ । त्यसैले हामीहरुले प्राचीन दुर्गको पर्यटन र जातिय खानेकुरा सम्बन्धी व्यवसाय गर्नु पर्ने मैले विचार गरें ।

छ सय वर्षभन्दा अघि इंग फान् गाउँ चीनको मिंग राजवंशमा सेना तैनाथ भएको स्थान थियो । त्यहां धेरै प्राचीन दुर्ग निर्माण गरिएका थिए । कैयन् वर्गमिटरको क्षेत्रफलमा पहाडको स्थितिको आधारमा प्राचीन दुर्गहरु छरिएर निर्माण गरिएका थिए । ती प्राचीन दुर्गको भौगोलिक परिस्थिति पनि निकै खतरानाक रहेको थियो । यस्तो विशेष श्रेष्ठता तथा इंग फान् गाउँको घनत्वपूर्ण जातिय रितिरिवाजको आधारमा श्री छन्ले गाउंलेहरुलाई अभिप्रेरित गरेर "इंग फान् प्राचीन दुर्ग मनोरञ्जन कम्पनी लिमिटेड"को स्थापना गर्नुभयो ।
"इंग फान् प्राचीन दुर्ग मनोरञ्जन कम्पनी लिमिटेड"को स्थापना भएपछि प्राचीन दुर्गको पर्यटनमा फलिफाप हुँदै आएको छ । पहिले प्राचीन दुर्गको छेउछाउमा रेष्टुरां खोलेका गाउँलेहरुको कारोवार झन् समृद्ध हुंदै आएको छ । आफ्नो कारोवार दिनदिनै राम्रो हुँदै आएको इंग फान् प्राचीन दुर्ग मनोरञ्जन कम्पनी लिमिटेडले गाउंलेहरुलाई रोजगारको अवसर उपलव्ध गराएको छ । त्यसैले गर्दा प्राचीन दुर्ग पर्यटन कम्पनीका लागि काम गर्न भनेर धेरै बाहिरका कृषकहरु पनि इंग फान् गाउँमा आएका छन् । तर पहिले पहिले खाली खेतजग्गाको काम गर्ने ती कृषकहरुले कसरी पर्यटकहरुका लागि सेवा गर्ने तथा कसरी प्राचीन दुर्ग पर्यटनको समृद्ध अल्पसंख्य जातिको सांस्कृतिक सारतत्वको प्रदर्शन गर्न सकिन्छ भन्ने समस्या नै श्री छन्को सबैभन्दा ठूलो चिन्तिको विषय बनेको छः
हाम्रा गाउंलेहरुलाई प्रशिक्षण र तालीम दिनका लागि हामीहरुले पर्यटन विद्यालयका ज्ञाता शिक्षकहरुलाई बोलाएका छौं । प्राचीन दुर्गको सैनिक सांस्कृतिक विशेषताको प्रदर्शन गर्नका लागि हामीहरुले सेनाका जवानहरुलाई बोलाएर प्राचीन दुर्गका कामदारहरुलाई सैनिक प्रशिक्षण दिन गरेका छौं ।

इंग फान्ले सन्चालन गरेको प्राचीन दुर्गको पर्यटनले धेरै क्वी यांगवासीहरुलाई आकर्षित पारेको छ । इंग फान् गाउँमा आएपछि पर्यटकहरु पहाडको आरोहण गर्न सक्छन् । हरियो पहाड र खोलानालाका बीच प्राचीनकालको सैन्य सांस्कृतिको महसूस गर्न सक्छन् । प्राचीन चौकीको दर्शन गरेपछि पर्यटकहरु पहाडको फेदिमा पर्ने बु इ जातिको गाउंलेको घरमा पसेर कृषकहरुको भात र तरकारी खान पाउंछन् तथा बु इ जातिको जातिय नाचगानको अवलोकन गर्न पाउँछन् ।
श्री छन् त सोनका अनुसार पर्यटन उद्योगको समृद्धिले इंग फान् गाउंका लागि ठूलो परिवर्तन ल्याएको छ।
|