china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्बारा दश वटा व्यवसायहरुसम्बन्धी सामान्जस्यता र पुनरुत्थान योजनाहरु सार्वजनिक गरिएको विषयबारे जानकारीको पहिलो भाग
    (GMT+08:00) 2009-06-16 18:01:06    

              चालू वर्षको जनवरी चौध तारिखदेखि फेब्रअरी पच्चीस तारिखसम्म चीन सरकारले मोटर गाडी, इस्पात र फलाम, प्रबन्ध निर्माण, जहाज, इलेक्ट्रोनिक सूचना, पेट्रोलियम र रसायन, हलुका उद्योग, अलौह धातु, मालसामानको ढुवानी गरी दशवटा व्यवसायहरुसम्बन्धी सामान्जस्यता र पुनरुत्थान योजनाहरु एकपछि अर्को गरी सार्वजनिक गरेको छ। सम्बन्धित व्यक्तिका अनुसार, दश योजनाहरु हाल उद्योग-व्यवसायहरुको वर्तमान कठिनाईको समाधान गर्नका लागि हितकर हुनुका साथै चीनको औद्योगिक प्रविधिको उन्नति तथा सुधार र व्यवसायको बनौटको सामान्जस्यताका लागि हितकर भएको छ।

              दशवटा व्यवसायहरुसम्बन्धी सामान्जस्यता र पुनरुत्थान योजनाहरुमा गार्हस्थ अर्थतन्त्रको खम्बारुपी व्यवसायहरु, महत्वपूर्ण रणनैतिक व्यवसायहरु, जनजीवनसम्बन्धी व्यवसायहरु समावेश छन्। ती दश व्यवसायहरुको आयस्ताले चीनको अर्थतन्त्रको कूल उत्पादन-मात्राको 30प्रतिशत ओगटेको छ। र ती दश वटा व्यवसायहरुले बुझाएको करको कूल रकम चीनको कूल करको 40प्रतिशत ओगटेको छ।

              दश व्यवसायहरुमा काम गर्ने मजदुरहरुको संख्या चीनका गाउँबस्तीहरुमा रोजगार गर्ने व्यक्तिहरुमध्येको 30प्रतिशत भाग ओगटेको छ। चीनको राष्ट्रिय विकास तथा सुधार समितिका उप प्रमुख लिउ थे नानले भन्नुभयो---ती दश व्यवसायहरुको चीनको गार्हस्थ अर्थतन्त्रमा रहेको स्थान महत्वपूर्ण भएको छ। श्री लिउले भन्नुभयो:

             "दश वटा व्यवसायहरुमा रोजगारी गर्ने व्यक्तिहरुको संख्या दश करोड भन्दा बढी पुगेको छ। हाम्रो जी.डी.पी.को मुहान र 60प्रतिशत शेयर बिक्री गर्नमिल्ने कम्पनीहरु ती दश वटा व्यवसायहरुबाट आएका छन्। ती दश वटा व्यवसायहरु स्थिर भएको खण्डमा बित्त, कर, रोजगारी, "ग्रामीण क्षेत्र, कृषि, किसान समस्या"आदि स्थिर हुनेछन्।"

              अन्तर्राष्ट्रिय बैकिङ संकट विश्वमा फैलिइरहेको साथसाथै चीनका लागि विदेशी आवश्यकता कम भएको र उत्पादित-वस्तुको निर्यात मात्रा घटेको छ। दश वटा व्यवसायहरुसम्बन्धी सामान्जस्यता र पुनरुत्थान योजनाहरुमा चीनले सकारात्मक कदम चालेर मेशिनरी प्रबन्ध, तयारी-वस्तु, इस्पात र फलाम, हलुका उद्योग आदि व्यवसायहरुको बृद्धिलाई बढाउने कुरा उल्लेख गरिएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040