
परम्परागत हस्त उद्योगले सानो वर्कशपको स्वरुप लिइरहेको छ। बजारको ठूलो मागलाई पूरा गर्दा औद्योगिक उपायको प्रयोग गरेमा परम्परागत तथा हस्त कलाको विशेषता हराउन पनि सक्छ।
यसै कारणले परम्परागत संस्कृतिको संरक्षण गर्ने विषयमा अध्ययनरत विशेषज्ञ तथा विद्बानले परम्परागत सीपको अस्तित्व तथा विकासका लागि उत्पादित वस्तुलाई बजारमूलक बनाउनुहुँदैन भन्ने विचार व्यक्त गर्नुभयो। परम्परागत सीपको विकास गर्दाखेरी अनौठो, विशेष, कौशलपूर्ण तथा सुन्दरलगायतका विशेषतालाई कायम राखी औद्योगिकीकरण उत्पादित उपायको प्रयोग गर्नबाट जोगाउनुपर्छ। चीन राष्ट्रिय भौतिक सांस्कृतिक सम्पदा संरक्षण कार्यसम्बन्धी विशेषज्ञ समितिका सदस्य उ पिङ आनले यसबारे चर्चा गर्दै भन्नुभयोः

"तुरुन्तै ठूलो परिधिमा हस्तकलाका वस्तुको उत्पादन तथा विकास गर्नुहुँदैन भन्ने मेरो व्यक्तिगत विचार रहेको छ। एकजना बृद्ध कलाकारले ध्यान दिएर कुँद्नुभएको वस्तु औद्योगिकीकरण भयो भने ठूलो गतल भएको हुनसक्छ। यस्ता वस्तु पूर्ण रुपमा बजारमा प्रवेश गराउनु गलत कुरा हो। कुनै व्यापारीले त्यो बृद्ध कलाकारको प्रयोग गर्ने अथवा उहाँको प्रविधिलाई लुटेर ठूलो परिधिमा विकास गर्दछ। केही समयपछि उहाँको कला मर्नेछ।"

परम्परागत सीपमा आधारित व्यापारिक मौका खोज्नेहरुमध्येका कसैले परम्परागत विशेषता राख्नुका साथै आधुनिक जीवनसँग घनिष्ट पार्न कोशिश गरिरहेका छन्। भौतिक सांस्कृतिक सम्पदा स्वरुप संरक्षण गरिएका परम्परागत सीपले चीनका विभिन्न क्षेत्रबाट व्यापक ध्यानाकर्षण पाएको देखिन्छ। यो देशको सम्पति हो र त्यस्ता कलात्मक वस्तु बनाउँदा नवीकरण र समाजको मागलाई पूरा गर्नुका साथै आफ्नो विशेषतालाई पनि कायम राख्नुपर्छ। यो खोजयात्रा खुलस्त तर होसियारीपूर्ण हुनुपर्छ।
|