china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
     सक्दो प्रयास गरी भूकम्पबाट प्रकोपग्रस्त क्षेत्रलाई सहायता दिने परिवार तेस्रो भाग
    (GMT+08:00) 2009-06-15 15:05:01    

              कान सुमा उद्धार दिने काम गर्न मात्र होइन उक्त परिवारले उ तु क्षेत्रमा पर्ने कान च्यु प्राथमिक विद्यालयमा दुई जना गरिब विद्यार्थीलाई उहाँहरुको जिवन विताउने र शिक्षा लिनका लागि पैसा दिनुभयो।

              हाम्रो विचारमा सन् चनबाट यहाँ आएका उक्त परिवारका तीन जनाबीच भेट्ने समय निकै भयो। तर साँचै कुरा के हो भने यहाँको काम धेरै भएको छ, हप्तामा सात दिन काम गर्नुपर्‍यो र दिन रातमा काम गर्नुपर्‍यो। श्रीमती स्यौंले भन्नुभयो—

             यहाँ आएर परिवारको कुरा विर्सिंदै आएको जस्तो मलाई लाग्यो। मेरा श्रीमान निर्देशन कार्यालयमा काम गर्नुहुन्छ र उहाँले त रातीसम्म काम गर्नुपर्‍यो। त्यसैले सधैं त्यहाँको छात्राबासमा बस्नुहुन्छ। म र मेरा एक जना सहकर्मीसँग बस्छु। भोजनालयमा खान्छु। यसो गरेपछि म र मेरा श्रीमान दिउँसो र बेलुकीको खाना खाँदा मात्र हाम्रो भेटघाट भोजनालयमा हुने गरेको छ।

               उहाँहरूकी छोरीको नाम लि सा हो। उहाँ प्राथमिक विद्यालयको दुइ कक्षामा पढ्नुहुन्छ। प्रकोपग्रस्त क्षेत्रमा आएर यहाँका साथीहरुसँगसँगै पढ्नुहुन्छ। उहाँका साथीहरु धेरै टाढाको ठाउँमा बस्ने कारणले गर्दा हरेक दिन पढाइ समाप्त भएपछि उहाँका साथीहरु बस लिएर घर फर्कनुहुन्छ। तर बुवा-आमा काममा बस्नुहुन्छ, त्यसैले उहाँ एक्लै बस्नुहुन्छ।

               अरु ठाउँमा बसेर जीवन विताउन धेरै गाह्रो छ। तर प्रयास गरी छ्यु नान यौका परिवारका तीन जनाले सबै कठानाइलाई हटाएका छन्। भूकम्प गएको एक वर्षपछि यी तीनै जनाले धेरै उपलब्धि हासिल गरे।

                 श्रीमती स्यौ पि चनले सक्दो प्रयास गरी विभिन्न तर्फबाट लुङ्ग नान प्राथमिक विद्यालयका लागि पांच हजार वटा पुस्तक दिनुभयो। जसबाट विद्यालयका सबै कक्षा कोठामा पुस्तक पढ्न पाइयो, विद्यार्थीहरुको फुर्सत भयो भने अरु ज्ञान-विज्ञान हासिल गर्न पनि सकियो। श्री छ्युले राम्रोसँग काम गर्दा खेरी सन चन शहरको श्रमिक पुरस्कार प्राप्त गर्नुभयो र उहाँहरुकी छोरीको पढाइ पनि राम्रो हुँदै आएको छ। उहाँहरू दम्पतिले भन्नुभयो—

                 प्रकोपग्रस्त क्षेत्रमा आएपछि हाम्री छोरीमा धेरै परिवर्तन भयो, अब उनले अरुलाई ख्याल-विचार गर्न दिन सक्छिन्।

                 अहिले कान सु प्रान्तको लुङ्ग नान जिल्लालाई सिद्धा उद्धार दिने सन चन शहरको तेइस वटा योजना औपचारिक रुपमा शुरु भएकाछन्। यी परिवारले यहाँ निरन्तर रुपमा काम गर्नेछन्। उहाँले भन्नुभयो—  

                 छिटो तथा राम्रो भएर यहाँको उद्धार दिने काम समाप्त हुने हामीले इच्छा लिएका छौं। यहाँका सर्वसाधारणहरुको जीवनमा समृद्धि छाउने हाम्रो इच्छा तथा हार्दिक शुभकामना रहेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040