china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    क्वाँग चौ एशियाली खेलकुदको आयोजना गर्ने अधिकार पाउन निवेदनसम्बन्धी विषयको चर्चाको दोस्रो भाग
    (GMT+08:00) 2009-06-19 19:19:23    

                  क्वाँग चौ शहरले एशियाली खेलकुद 2010 को आयोजना गर्ने अधिकार पाएको कुराबाट निवेदन गर्ने अरु शहरहरुको तुलनामा आफ्नो विशेष श्रेष्ठता छ। निवेदनसम्बन्धी कार्यमा संलग्न सोह्रौं एशियाली खेलकुद चाँजोपाँजो समितिका उप महासचिव कु श याँगले भन्नुभयो- "सुधार र खुलापनको नीति लागू भएदेखि यता क्वाँग चौको अर्थतन्त्र तीब्र गतिमा विकसित हुँदै आएको छ। यसको आर्थिक शक्ति चीनको तेस्रो स्थानमा परेको छ। यसबाहेक क्वाँग चौ शहरले छैठौं र नवौं राष्ट्रिय खेलकुदको आयोजना गरेको थियो। साथै क्वाँग चौ शहरले वर्षैपिच्छे दुई पटक चिनियाँ निकासी पैठारी व्यापार मेलाको आयोजना गर्दै आएको छ। क्वाँग चौका बन्दरगाह विकसित छन्। शहरको आधारभूत प्रबन्ध पूर्णरुपेण छ साथै शहरको वातावरण पनि विशिष्ठ हुँदै आएको छ। त्यसैले एशियाली क्षेत्रमा क्वाँग चौको निश्चित स्थान र प्रभाव रहेको छ भन्नु कुनै अत्युक्ति नहोला।

                   सन् 1987 मा क्वाँग चौले छैठौं राष्ट्रिय खेलकुदको आयोजना गरेपछि एशियाली खेलकुदको आयोजना गर्ने इच्छा व्यक्त गरेको थियो। तर पूर्वाधार परिपक्व नभएको कारण अनुमोदन पाएको थिएन। सन् 2002 सम्ममा क्वाँग चौ शहरका जन काँग्रेसका केही प्रतिनिधिहरुले फेरि एक पटक एशियाली खेलकुदको आयोजना गर्ने अधिकार पाउन निवेदन गर्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। उप महासचिव कु याँगले एशियाली खेलकुदको आयोजना गरेबाट क्वाँग चौको विकासमा गति थपिने विचार व्यक्त गर्नुभयो- "एशियाली खेलकुदको आयोजना गर्ने अधिकार पाउन निवेदन गर्ने कार्यबाट क्वाँग चौको आधुनिकीकरण र अन्तर्राष्ट्रिय ठूलो शहरको निर्माण गर्ने क्रममा गतिशीलता ल्याइनेछ, अर्थतन्त्र र समाजको सर्वतोमुखी विकासको प्रबर्द्धन मिल्नेछ, शहरको आधारभूत प्रबन्ध, शहरी वातावरण र सभ्यताको स्तरलाई माथि उकास्न, शहरबासीहरुको चरित्रलाई राम्रो बनाउन, सार्वजनिक स्वास्थ्यलाभ र शहरको खेलकुद कार्य र सम्बन्धित उद्योगको विकासमा जोड दिन, अन्तर्राष्ट्रिय क्षेत्रमा शहरको सुसुचिततालाई माथि उकास्न अनि शहरको मिलीजुली प्रतिस्पर्धात्मक शक्तिलाई बढाउनका लागि सघाउ पुग्नेछ"।

                   सोह्रौं एशियाली खेलकुद 2010 को आयोजना गर्ने कार्यले एशिया अझ विश्वका लागि क्वाँग चौलाई प्रदर्शन गर्ने राम्रो अवसर हो। सफल भएपछि क्वाँग चौको आर्थिक विकास र शहरको निर्माण आदि पक्षहरुमा सकारात्मक पाइला चालिएका छन्। सोह्रौं एशियाली खेलकुद चाँजोपाँजो समितिका उप महासचिव कु याँगले जानकारी दिंदै भन्नुभयो- "क्वाँग चौ शहरले निवेदन गर्ने कार्यमा सफलता पाएपछि सन् 2010 सालमा सिंगै शहरको निर्माणसम्बन्धी व्यवस्थापन गर्न ठूलो शक्ति लगाउँदै आएको छ। एशियाली खेलकुदका लागि रंगशाला र इन्डोर स्टेडियमको निर्माण, एशियाली खेलकुदका अवधिमा शहरको यातायात सेवासम्बन्धी परिकल्पना र शहरको वातावरणको निर्माण विषयक योजनाको योजनाको तर्जुमा गर्न थालेको छ। हालको प्रगतिबाट हेर्दा सबैतिरको कार्य बेरोकटोक रुपमा चलिरहेकै छ। विशेष गरी पैचिंग ओलिम्पिक खेलकुदपछि हामीले जोडतोडसँग यी कामकाजहरु चलाइरहेका छौं।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040