हालसालै हाम्रा पत्रकारले चिनियां जन राजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका केही अल्प संख्यक जातिका सदस्यहरुसित कुराकानी गरेका छन् । उहांहरुले पछिल्ला केही वर्षदेखि यता अल्पसंख्यक जातिय क्षेत्रको विकासलाई गतिशील पार्नेतर्फ चीन सरकारले उचालेको कदमको सकारात्मक मूल्यांकन गर्नुभयो।

चीनको पश्चिमी क्षेत्र अल्पसंख्यक जाति तुलनात्मक रुपमा केन्द्रित भएको ठाउं हो । पछिल्ला केही वर्षदेखि पश्चिमी क्षेत्रको विकासलाई अघि बढाउनका लागि चीन सरकारले विविध कदम चाल्दै आएको छ । चिनियां जन राजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका सदस्य सिन् च्यांग युगूर जातिय स्वायत्त प्रदेशका ताजिक जातिका डेइमिक डिवानाले आफ्नो जन्मथलोको भौगोलिक स्थिति निकै दुर्गम भएता पनि चीनका अन्य स्थानमा जस्तै सर्वसाधारणहरुको जीवनमा निकै राम्रो सुधार भएको र विशेष गरी उपचार लिन गाह्रो हुने समस्याको प्रभावकारी रुपमा समाधान भएको कुरा बताउनुभयोः
हाल हामीहरुको उपचार शुल्कको सत्तरी प्रतिशतभन्दा बढी त सरकारले भुक्तानी गर्छ र किसान वा पशुपालकहरुले खालि कम भाग बेहोर्छन ।
पहिले पहिले सिन् च्यांग युगूर जातिय स्वायत्त प्रदेशका कृषि र पशुपालन क्षेत्रमा चिकित्सा प्रत्याभूति प्रणाली थिएन । उपचार गर्ने खर्च त पूराका पूरै रुपमा स्वयं आफूबाट बेहोर्नु पर्छ । उपचार गर्ने शुल्क अलि महंगो भएकोले कृषक र पशुपालकहरु विसंचो हुंदा साधारणतया अस्पतालमा जादैनथे । पछि सरकारले कृषि र पशुपालन क्षेत्रका नयां सहकारी उपचार प्रणाली लागू गरी कृषक र पशुपालकहरुलाई केही मात्राको भत्ता दिन्छ । जसले गर्दा तिनीहरुको बोझलाई ठूलो मात्रामा घटाइएको छ । बढिभन्दा बढी कृषक र पशुपालकहरुले वास्तविक फाइदा पाएका छन् । थाहा भए अनुसा चालू वर्ष सिन् च्यांग युगूर जातिय स्वायत्त प्रदेशले लागू गरेको नयां खालको ग्रामीण सहकारी उपचार प्रणालीले पूरै क्षेत्रलाई समेट्नेछ । त्यस बेला सिन् च्यांगको नयां खालको ग्रामीण सहकारी उपचार प्रणालीबाट नव्वे लाख जति मानिसहरु लाभान्वित हुनेछन् ।

तिव्वत स्वायत्त प्रदेशको मि लिन् जिल्लाका लो पा जातिका राष्ट्रिय समितिका सदस्य छिआन् चिंगले जानकारी दिन्दै भन्नुभयोः दश वर्षअघिको अवस्थाको तुलनामा तिव्वतको स्थानीय उपचार वातावरण निकै मात्रामा उक्सेको देखिन्छ । स्थानीय सरकारले वासिन्दाको आवास क्षेत्रमा खालि अस्पताल निर्माण गरेको मात्र होइन तिव्वती जडिबुडी जस्ता जातिय जडिबुडीको संरक्षण गर्ने कार्यलाई पनि तीव्र पारेको छ । जसले गर्दा जडिबुडीको उत्पादन हुने मि लिन् जिल्लाका लागि नयां विकासका अवसर ल्याइएको छ ।
जडीबुडीको दृष्टिकोणबाट हेर्दा हाम्रो मि लिन् जिल्लामा थुप्रै र नाना किसिमका जडीबुडीको उत्पन्न हुन्छ। हाल जडीबुडीको रोपाइले पनि संरक्षण पाएको छ । स्वायत्त प्रदेशको तिव्वती जडीबुडी कारखाना तथा अस्पतालका मानिसहरु सधैंजसो जडीबुडी किन्नका लागि मि लिन् जिल्लामा आउंछन् र स्वायत्त प्रदेशको व्यापार कम्पनीले पनि जडिबुडीको किनमेल गर्छ ।
प्रतिवर्ष चिनियां जन राजनैतिक परामर्शदात्री सम्मेलनबाट आयोजित नियमित राष्ट्रिय अधिवेशनमा सो परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका सदस्यहरुले मुलुकको मामिला तथा सर्वसाधारणबाट ख्याल दृष्टि पुर्याइने जल्दोवल्दो समस्याबारे राय सुझाउ प्रस्तुत गर्दछन्। उहांहरुको राय सुझाउले अल्पसंख्यक जातिय क्षेत्रको विकासलाई अघि बढाएको छ । तिव्वत स्वायत्त प्रदेशको लिन् क्षेत्रको सबैभन्दा ठूलो मन्दिरका रुपमा रहेको ला रु मन्दिरका अवतार लोसान् डान्बाइनिमा अहिले राष्ट्रिय समितिका पुराना सदस्य हुनुहुन्छ । केही वर्षअघि लिन् च विमानस्थल निर्माणको सम्बन्धमा उहांले प्रस्तुत गर्नुभएको प्रस्ताव गत वर्षमा व्यवहारमा उतारेको थियो ।
लिन् च क्षेत्रमा विमानस्थल भएपछि विमान सेवाको सन्चालन सुरु हुन्छ । तिव्वतमा रेल मार्ग भएपछि रेल गाडीको सेवा सुरु भएको छ । हामीलाई पैचिंग क्वांग तोंग र फू चेन्बाठ तिव्वत जान निकै सजिलो हुन्छ । हाल मानिसहरु धमाधम तिव्वत आउन थालेका छन् त्यसतै लिन् च पनि आउन थालेका छन् । वासिन्दाहरुले बेच्न सक्ने माल सामान सबै बेच्न सक्छन् त्यसैकारण वासिन्दाहरु निकै खुशी भएका छन् ।

यसका अतिरिक्त अल्पसंख्यक जातिको शिक्षा सम्बन्धी विषय पनि चीन सरकारले धेरै महत्व दिएको पक्ष हो । चीनका प्रधानमन्त्री वन् च्या पाउले विगत पांच वर्षको कार्यको सिंहावलोकन गर्दा यसतर्फ चीनले हासिल गरेको उपलव्धिबारे जानकारी दिनुभयो । उहांका अनुसार विगत पांच वर्षमा शिक्षाका लागि सरकारले कूल चौबीस खर्ब तीन अर्ब चिनियां युआन्को खर्च गरेको छ । जुन संख्या अघिल्ला पांच वर्षको तुलनामा एक दशम्लब छबिस गुणाले बढेको देखिन्छ। पश्चिमी क्षेत्रमा साधारणतया नौ वर्षसम्मको अनिवार्य शिक्षा लागू भएको छ । हामीहरुले शिक्षादानलाई साकार तुल्याउनतर्फ ठूलो फडको मारेका छौं ।
|