china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्बारा दश वटा व्यवसायहरुसम्बन्धी सामान्जस्यता र पुनरुत्थान योजनाहरु सार्वजनिक गरिएको विषयबारे जानकारीको दोस्रो भाग
    (GMT+08:00) 2009-06-23 18:14:32    

              तयारी-वस्तुकै उदाहरण लिऊ गत वर्षको जनवरीदेखि सेप्टेम्बर महिनासम्म चीनका तयारी-वस्तु उद्योग-व्यवसायहरुको नाफाको कूल रकम ऋणात्मक बृद्धि भएको छ जुन दश वर्षदेखि यताको यो पहिलो पटक हो। चीनको तयारी-वस्तु उद्योग संघका प्रवक्ता सुन व्हाई पिनले भन्नुभयो---तयारी-वस्तु उद्योगसम्बन्धी सामान्जस्यता र पुनरुत्थान योजनामा उद्योग-व्यवसायहरुलाई बित्त र करमा समर्थनको सशक्त तुल्याइने कुरा बताइएको छ। श्री सुनले भन्नुभयो:

              "तयारी-वस्तु उद्योगसम्बन्धी सामननजस्य र पुनरुत्थान योजना सार्वजनिक गरिएको कुरा हाल उद्योग-व्यवसायहरुले लगानी छुट्याउने कठिनाई पार गर्नका लागि भूमिका निर्वाह गरेको छ। बैंकहरुले उद्योग-व्यवसायहरुलाई दिने ऋणसम्बन्धी बित्त र कर नीतिलाई व्यवहारमा उतार्नुपर्नेछ।"

              तथ्यांकअनुसार, चालू वर्षको शुरुमा चीनमा रोजगार पाउन शहर गएका लगभग दुई करोड जना किसानहरु आ-आफ्ना घरहरु फर्केका छन्। तयारी-वस्तु व्यवसाय, हलुका उद्योग व्यवसाय र प्रबन्धको निर्माण व्यवसाय रोजगार पाउन शहर गएका किसानहरुलाई रोजगार अवसर उपलब्धि गराउने मुख्य व्यवसायहरु हुन्। त्यसैले ती व्यवसायहरुको पुनरुत्थान चीनको रोजगारको स्थितिको सुधारका लागि हितकर हुने छ।

              इस्पात र फलाम व्यवसायसम्बन्धी पुनरुत्थान योजनामा इस्पात र फलाम व्यवसायको बनौटको सामान्जस्यता र उन्नति साकार हुने कुरा उल्लेख गरिएको छ। चीनको इस्पात र फलाम संघका उप प्रमुख लो पिङ्गले भन्नुभयो---सन् 2008 मा चीनका केही इस्पात र फलाम उद्योग-व्यवसायहरु पुनर्गठन भएका छन् र इस्पात र फलाम समूहहरु प्रारम्भिक रुपमा बनेका छन्। श्री लोले भन्नुभयो:

             "सन् 2008 मा इस्पात र फलामको उत्पादन गर्ने सबैभन्दा बढी दशवटा उद्योग-व्यवसायहरुले जम्मा 21 करोड टनभन्दा बढी मोटा इस्पातको उत्पादन गरेका छन्। जुन मोटाइले इस्पातको उत्पादन-मात्राको 42.5प्रतिशत ओगटेको छ। जुन सन् 2007 को तुलनामा 5.71 प्रतिशत बृद्धि भएको छ।"

               सन् 2009 को शुरुमा चीनको इस्पात र फलाम व्यवसाय गाभ्ने र पुनर्गठन हुने कार्यले नयाँ प्रगति हासिल गरेको छ। चालू वर्षको मार्च महिनाको एक तारिखका दिन चीनमा प्रतिस्पर्धात्मक शक्ति रहेको इस्पात-फलाम उद्योग-व्यवसाय---पो काङ्ग नामक समूहले दुई अर्ब चिनियाँ युआनको लगानी लगाई नीङ्ग पो इस्पात र फलाम कम्पनी लिमिटेडको 56प्रतिशत शेयर बिक्री गरेको छ। त्यसपछि पो काङ्ग नामक समूह नीङ्ग पो इस्पात-फलाम कम्पनी लिमिटेडको पहिलो ठूलो हिस्सेदार बनेको छ। सम्बन्धित योजनाअनुसार, सन् 2010 सालसम्म चीनमा उत्पादन-मात्रा अघिल्ला दशवटा स्थानहरुमा रहेका इस्पात र फलाम उद्योग-व्यवसायहरुको उत्पादन-मात्रा चीनको इस्पात र फलाम कूल उत्पादन-मात्राको 50प्रतिशतभन्दा बढी पुग्नेछ। सन् 2020 सालसम्म जुन 70 प्रतिशतभन्दा बढी पुग्ने छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040