
मित्र, गएको हप्तामा यसै कार्यक्रममा हामीले कु थाउ वन मिन नाउँको अर्थात् पुराना माटाका भाँडा कुँडाको संग्रहालयका प्रमुख लु तुङ्ग च बारेको कथाको पहिलो भाग प्रस्तुत गरेका थियौं। त्यस कार्यक्रमको अन्तमा भनिएको थियो कि उक्त सि पै तास्वे विश्वविद्यालय चीनको पश्चिमी क्षेत्रमा पर्ने पल्लो शान सि प्रान्तको राजधानी सि आन नगरमा पर्दछ। श्रोता मित्र तपाईंहरुमध्ये केही साथीलाई थाहा भइसकेको छ होला कि सि आन नगर चीनको इतिहासमा रहेका विभिन्न राज्य वंशहरुको राजधानी हो र चीनमा निकै प्रख्यात पनि छ। त्यहाँ प्रशस्त सांस्कृतिक तथा पूरातात्वीक सामग्रीहरु छन्। श्री लु तुङ्ग च त्यहाँका अगाध सांस्कृतिक वातावरणप्रति आकर्षित हुनुहुन्थ्यो। झण्डै आफ्नै सबै शक्ति र समयलाई पुरातात्वीक सामग्रीहरुको संलकनमा लगाउनुभएको थियो। त्यसबेला उक्त सि पै तास्वे विश्वविद्यालयको निर्माण भइरहेको थियो। यसैउसले उहाँले दिनदिनै झोला बोकेर निर्माण स्थल गई खोजतलाशी गर्दै आउनु भएको थियो। फेला परेका माटाका सामानहरुका टुक्राटाक्रीहरु आफ्नो कोठामा रहेका टेबुल र पलङमा टन्न पारेर राख्नुभएको थियो। उहाँको यस कार्यले गर्दा त्यसबेला उहाँलाई सो विश्वविद्यायलका चमत्कारी र एक हँसिला व्यक्ति मानिएको थियो।

गएको शताब्दीको असीको दशकमा चीनमा सुधार र खुलापन भएको हाराहारीमा चीनको अर्थतन्त्र प्राथमिक रुपमा विकसित भई संस्कृतिको पुनःरुत्थान भएकोले सांस्कृतिक र पूरातात्वीक सामग्री संकलनको लहर समस्त चीनमा उत्पन्न भएको देखियो। श्री लु तुङ्ग च रक्सीको मात लागेझैँ त्यसमा व्यस्त हुनुहुन्थ्यो। दश वर्ष नपुगी बीस वर्गमिटर नपुगेको कोठामा उहाँको"सांस्कृतिक पूरातात्वीक सामग्रीहरु"को भण्डार बनिसकेको थियो र त्यसमा जताततैबाट पाइएका निकै मूल्यवान चीजबीजहरु टन्न राखिएका थिए। तिनमा रहेका पुराना माटाका सामानहरु त उहाँले विशेष गरी संलकन गरेका नै थिए।
चीनका पुराना माटाका सामानहरुको संस्कृतिको इतिहास निकै लामो छ। उहिल्यै आठ हजार सालअघि चीनको उत्तरी क्षेत्र अर्थात् व्हुङ्ग ह नदीको छेउछाउमा रङ्गीबिरङ्गी माटाका सामानहरु देखापरेका थिए। माटाका सामानहरुलाई आगोमा जलाएर बनाइएको इतिहासमा निरन्तर प्रगति भएको थियो। त्यो चीनको राष्ट्रिय संस्कृतको निकै महत्वपूर्ण भाग हो। ईस्वीको दशौं शताब्दीको थाङ्ग राज्य वंशदेखि प्रविधिमा निरन्तर प्रगति भएको हाराहारीमा माटाका सामानहरु ह्रास भएर चिनियाँ माटाका सामानहरु नयाँ आकर्षित चीजबीजहरु बने। आज आएर चिनियाँ माटाका सामानहरुको संकलन मानिसहरुका माझमा झन् लहर देखा परिरहेको छ। श्री लु तुङ्ग च भन्नुहुन्छः
किन मैले निकै पहिलेदेखि संकल्प र अठोट लिई शीत क्षेत्रबाट संकलन गर्न थालेको छु?किनकिन मैले चिनेका ती महत्वपूर्ण प्रसिद्ध बूढापाकाहरुले ममाथि धेरै धेरै प्रभाव पार्नुभएको थियो। मलाई थाहा भइसकेको कुरा के हो भने मैले महनेत गर्ने क्षेत्रमा माटाका सामानहरुको वास्तविक मूल्य एकदमै ठूलो र महत्वपूर्ण छ।

|