
तपाईंलाई थाहा छ कि केही समयअघि चीनको उत्तरी भागमा पर्ने प्रसिद्ध गाउँबस्ती याङ ल्यु छिङ तथा अन्य त्रियान्नब्बेवटा गाउँबस्तीसँगसँगै चीनका प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक गाउँबस्तीको नामावलीमा राखिएको छ। हालसम्म चीनमा राष्ट्रस्तरीय प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक गाउँबस्तीको कूल संख्या दुइ सय एकाउन्न पुगेको छ र ती गाउँबस्तीहरु चीनभरि छरिएर रहेका छन। उक्त कदमबाट चीनमा प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक गाउँबस्तीको संरक्षण प्रणाली आधारभूत रुपमा स्थापित गरिएको छ। चीनको द्रूत विकास भइरहेको छ। यसैक्रममा विदेशी संस्कृतिले पनि ठूलो परिधिमा चीनमा आएर चीनको संस्कृतिमा प्रभाव पारिरहेको छ। यस्तो पृष्ठभूमिमा कम माग भएका चीनका विविध किसिमका परम्परागत गाउँ संस्कृतिको कसरी संरक्षण तथा विकास गरिएको छ त ? तपाईंहरु मसँगै यसै प्रश्नलाई लिएर आजको चिनियाँ रङ्गमञ्च कार्यक्रमतर्फ लागौं।

थेन चिन शहरको याङ ल्यु छिङ गाउँबस्ती चीनको उत्तरी भागमा पर्दछ। लामो इतिहास भएको यस गाउँबस्तीमा बनाइएको नववर्ष सम्बन्धी काष्ठकला विश्वप्रसिद्ध छ। चीनको परम्परागत चलनमा नववर्षसंबन्धी चित्र नववर्षको अवधिमा आवश्यक सिंगार-पटारको चिज हो र चीनको परम्परागत संस्कृतिको रसस्वादन गर्नसकिने कला पनि हो। चार सय वर्षको इतिहास भएको याङ ल्यु छिङ नववर्षसंबन्धी काठकलाले चीनको उत्तरी भागमा नववर् संबन्धी कलाको प्रतिनिधित्व गर्दछ र यस किसिमको नववर्षसंबन्धी चित्रले चीनका विभिन्न ठाँउमा प्रचलित नववर्षसंबन्धी चित्रमाथि गहिरो रुपमा प्रभावित गरेको देखिन्छ। यसअतिरिक्त, याङ ल्यु छिङमा बनाइने चङ्गा, इंटबाट बनाइने मूर्तिहरु तथा ढुँगे मूर्तिलगायतका लोककलाको विविधता पनि पाइन्छ। प्रचलित लोककला, प्राचीन भवन, परम्परागत बाटाहरु तथा पुराना सहरी दृश्यबाट सुन्दर तथा आनन्द गाउँ दृश्य बनाइएको देखिन्छ। केही समयअघि याङ ल्यु छिङ गाउँबस्तीलाई चीनमा प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक गाउँबस्तीको नामावलीमा समावेश गरिएको छ र याङ ल्यु छिङ गाउँबस्ती चीनको सांस्कृतिक सम्पदा संरक्षण प्रणालीमा सम्मिलित गरिएको छ।

चिनियाँ सांस्कृतिक सम्पदा अनुसन्धानालयका चीफ अफ इन्जिनियर हौ वी तुङले चीनका प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक गाउँबस्तीको छनौट एवम् मूल्याङ्कन कार्यमा भाग लिनुभएको छ। मूल्याङ्कन मापदण्डबारे जानकारी दिँदै उहाँले भन्नुभयोः
"हाम्रो छनौटमा भाग लिने गाउँबस्तीमा रहेका प्राचीन कालका भवनहरु अथवा पुराना भवनहरु केही मात्रामा हुनुपर्छ। अर्को कुरा ती गाउँबस्तीको आफ्नै विशेषता हुनुपर्छ। जस्तै भनौं, त्यस गाउँबस्तीमा स्थानीय बसोबासको तरिकालाई प्रतिविम्वित गरिनुपर्छ। यो विशेषता भनेको अरु ठाँउसँग फरक भएको विशेषता हो।"
(क्रमशः)
|