china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    क्वाँग चौ शहरमा एशियाली खेलकूदको तयारी कार्य स्थिर रुपले भइरहेको सम्बन्धी पहिलो भाग
    (GMT+08:00) 2009-06-26 18:14:48    

                 सन 2004 को जुलाई एक तारिख एशियाली ओलिम्पिक खेलकूद परिषद्‍ले चीनको दक्षिणी शहर क्वाँग चौले सोह्रौं एशियाली खेलकूदको आयोजना गर्ने अधिकार पाएको कुरा घोषणा गरेको थियो। पैचिंगपछि क्वाँग चौ शहर एशियाली खेलकूदको आयोजना गर्ने अधिकार पाएको दोश्रो चिनियाँ शहर बनेको छ। साथै चीनले सन् 2008 पैचिंग ओलिम्पिक खेलकूदपछि अन्तर्राष्ट्रिय मिलीजुली खेलकूद प्रतियोगिताको आयोजना गर्ने अधिकार पाएको यो फेरि अर्को अवसर हो। अहिले सन् 2010 क्वाँग चौ एशियाली खेलकूदको उद्‍घाटनदेखि अझै एक वर्षभन्दा बढी समय बाँकी छ। एशियाली खेलकूदका विभिन्न तयारी कार्यहरु सुव्यवस्थित रुपमा चलीरहेकै छ। हालै हाम्रो रेडियोका पत्रकारले क्वाँग चौ एशियाली खेलकूद चाँजोपाँजो समितिका उप महासचिव एवम् चिनियाँ कम्युनिष्ट पार्टी क्वाँग चौ कमिटीका उप महासचिव कु श् याँगसित अन्तर्वार्ता लिएका थिए। अब सुनौ त्यस सम्बन्धी विस्तृत विवरण।

                सोह्रों एशियाली खेलकूदको आयोजना गर्ने अधिकार पाएपछि क्वाँग चौ नगर पालिका सरकार र क्वाँग चौ ‍एशियाली खेलकूद चाँजोपाँजो समितिले ओलिम्पिक खेलकूदको आयोजना गरिसकेको पैचिंगबाट सम्बन्धित अनुभवबाट सिक्ने कुरालाई ज्यादै महत्वपूर्ण ध्यान पुर्‍याउँदै आएको छ र अध्ययन गर्नका लागि दुइ चोटी कर्मचारीहरुलाई पैचिंग पठाएको थियो। महासचिव कु श् याँगले भन्नुभयो- "पैचिंग ओलिम्पिक खेलकूदका र‍ङ्गशाला र इन्डोर स्टेडियमहरुको निर्माण कार्यको जिम्मा पैचिंग नगर पालिका सरकारले लिएको छ। साथै शहरको वातावरण तथा हार्डवेर र सोफ्ट वातावरणको निर्माण लगायत शहरका सबै टेवारुपी कार्यहरुको जिम्मा पनि पैचिंग नगर पालिका सरकारले नै लिएको छ। त्यसैले चाँजोपाँजो समितिको ध्यान केबल प्रतियोगिता सम्बन्धी व्यवसायिक कामकाज सम्बन्धी तयारी कार्यमा मात्र केन्द्रित रह्यो। यो हामी क्वाँग चौले एकदमै सिक्न लायकको छ"।

                  क्वाँग चौ एशियाली खेलकूदको उद्देश्य चाहिं "चिनियाँ विशेषता, क्वाँग तोंग प्रान्तीय शैली र क्वाँग चौ शहरको हावभावयुक्त आकर्षक र मंगलमय एशियाली खेलकूद संस्कृतिको भव्य समारोहको आयोजना गर्नु हो। प्रत्येक महाद्बिपीय मिलीजुली खेलकूदको आयोजकले अरुभन्दा नौलो ढंग र भिन्नतामा आफ्नो विशेषता प्रदर्शित गर्न चाहन्छ। क्वाँग चौ एशियाली खेलकूदको आयोजकको नाताले पनि हामीले फरक गर्न हुँदैन। उप महासचिव कु श् याँगले जोड दिएर भन्नुभयो- एशियाली संस्कृतिलाई दक्षिणी चीनको संस्कृतिसित राम्ररी घुलमिल गराउनु साँच्चै अर्थमा रहेको आफ्नो विशेयतायुक्त सिर्जना हो।

                " हामीले एशियाली संस्कृतिलाई घुलमिल गराउने कुरामा जोड दिएका छौं। एशिया एउटा बहु पक्षीय महाद्बीप हो त्यसैले त्यसको संस्कृति पनि बहुपक्षीय हुन्छ। हामीले मेलमिलापपूर्ण एशियाको स्थापना गर्न चाहन्छौ‍ त्यसैले फरक संस्कृतिलाई कदर गरिनुपर्दछ र भिन्ना भिन्नै संस्कृतिले एक अर्कासित घुलमिल गर्न सक्नुपर्छ। अर्को कुरा चाहिं हामीले चिनियाँ संस्कृतिको एक भाग दक्षिणी चीनको संस्कृतिलाई विशेष महत्व दिने कुरामा जोड दिएका छौं"।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040