china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सिन् च्यांग युगूर जातिय स्वायत्त प्रदेशव्दारा अल्प संख्यक जातिका युवाहरु बाहिर रोजगारीका लागि जान तालिम सुविधा उपलव्ध
    (GMT+08:00) 2009-06-29 16:08:55    

                चीनको सिन् च्यांग युगूर जातिय स्वायत्त प्रदेशको ग्रामीण जनसंख्यामा अल्पसंख्यक जातिका कृषक र पशुपालकहरु बढी हुन्छन्। सिन् च्यांगको दक्षिण भागमा पर्ने ह थिआन् खाशगर जस्ता स्थानमा अल्पसंख्यक जातिका कृषक र पशुपालहरुले कूल जनसंख्याको पन्चान्नव्वे प्रतिशतभन्दा बढी ठाउँ ओगटेको छ । यी स्थानमा बसोबास गर्ने र जीवन बिताउने अल्प संख्यक जातिको कृषकहरुको जीवनमा राम्रो सुधार ल्याउनका लागि सन्‌ 2006 देखि सिन् च्यांग युगूर जातिय स्वायत्त प्रदेशको सरकारले गाउँघरमा अतिरिक्त श्रम-शक्तिलाई भित्री चीनका ठूला वा मझौला शहरमा रोजगार गर्नका लागि संगठित पारेको छ । यस सन्दर्भमा हामीहरुले आज कुरा गरौं ।

               चालू वर्षको मार्च सत्ताइस तारीखका दिन सिन् च्यांग युगूर जातिय स्वायत्त प्रदेशको दक्षिण भागमा पर्ने सु फू जिल्ला निकै व्यस्त देखिन्थ्यो । झण्डै पचासवटा दम्पत्तिहरु एक महिनाभन्दा बढी समय चिनियां भाषाको तालीम लिएपछि भित्री चीनमा रोजगारका लागि जानेछन्। तिनीहरुको विदाई समारोहमा सहभागि हुनका लागि तिनीहरुका नाताकुटुम्ब र मित्रहरु कैयन् किलोमिटर टाढा ठाउंबाट गधा चढेर या मोटरसाइकल चढेर आएका छन्।

                त्यसका लागि गरी युगूर जातिका बूढा युसुफू सुलाईमान्‌ आफ्नो नानीहरुलाई विदा दिन आउनुभएको हो । उहांले भन्नुभयोः

                गत वर्षको नभेम्बरमा मेरो नाताकुटुम्ब परिवारका छोरा थिआन् चिंगमा गएर रोजगार भएका थिए । गाउंबस्तीले मिलाएको नियमित ए भी चेटमार्फत उनी त्यहां बसोवास गर्ने र जीवन यपनको वातावरण राम्रो देखिएको थियो । यसैले यस पल्ट मैले आफ्ना छोरी र जुवाईंलाई पनि संगसंगै भित्री चीनमा गएर रोजगार हुन नाम दर्ता गराएको छु । दम्पत्ति संगसंगै जानु बेस हुन्छ । तिनीहरु आपस्तमा स्याहर सुसार गर्न सक्छन् र परिवार पनि मेलमिलापपूर्ण तवरबाट बस्न सक्छन।

               परम्परागत धारणाको प्रभावले पहिले सिन् च्यांग युगूर जातिय स्वायत्त प्रदेशको दक्षिण भागमा जीवन बिताउने अल्पसंख्यक जातिको विचार तुलनात्मक रुढिवादी रहेको थियो । तिनीहरुलाई आफ्नो जन्मभूमि छोडेर जान मन लागेको थिएन । यस्तो अवस्थालाई लक्षित गरी सिन् च्यांग युगूर जातिय स्वायत्त प्रदेशको सरकारले विशेष गरी विस्थापित युवाहरुका लागि विभिन्न किसिमका तालीम कक्षा खोलेको छ र भित्री चीनमा रोजगार भएका युवाहरुको काम र जीवनको अवस्थालाई भिडियो क्यासेट बनाएर बूढाबूढीहरुलाई देखाएको छ । बाहिर रोजगारमा गएका युवाहरु सबै नै राम्रो भएको देखेपछि तिनीहरुको परम्परागत विचार विस्तारै परिवर्तित भएको छ । युगूर जातिका बूढा इमिन्हसान मामुथले भन्नुभयोः

               पहिले पहिले त जे पाइन्थ्यो त्यो खाइन्थ्यो । आफ्नो खेतजग्गाको कमाइले खान त पुग्थ्यो । पछि भित्री चीनका विकसित शहरमा पुगेपछि मात्र भयो कि खेतजग्गामा रोप्ने कामबाहेक सम्पन्न हुन सक्ने अन्य धेरै बाटोहरु पनि रहेछन् । पहिलेको समय त्यसै खेर गएको रहेछ भन्ने विचार गरेको छु ।

               खेतजग्गाबाट निस्कनु सिन् च्यांग युगूर जातिय स्वायत्त प्रदेशका धेरै ग्रामीण युवाहरुका लागि खालि आम्दानी बढाउनुमात्र होइन आफ्नो जीवन यापनको तरीकामा पनि परिवर्तन हुने सम्भावना रहेको छ ।

               हाल सिन् च्यांगको दक्षिण भागमा पर्ने खाशगर ह थिआन् र खजलसु स्वायत्त प्रिफेक्चरका विभिन्न जिल्ला र बस्तीबाट बाहिर गएर रोजगार हुने अल्पसंख्यक जातिका युवाहरु बढीभन्दा बढी हुंदै आएका छन् । सिन् च्यांग स्वायत्त प्रदेशका केटी र केटाहरु भित्री चीनमा रोजगार हुने क्रममा विभिन्न कठिनाईलाई खपेर आफ्नो काम राम्ररी गरेका छन् । तिनीहरुका बुवा र आमाको अनुहारमा भरिपूर्ण मुस्कानले के देख्न पाइन्छ भने आफ्ना बाबु नानीहरु बाहिर रोजगार भएपछि आफ्नो परिवारमा निकै परिवर्तन भएको छ। खर्खज जातिका बूढा थोहतार युसुफ्‌ले भन्नुभयोः

               म चीनको सबैभन्दा पश्चिमी क्षेत्रमा पर्ने फामिर टारभूमिमा जीवन बिताइरहेको छु । यहां नव्वे प्रतिशतभन्दा बढी क्षेत्र पहाडी क्षेत्र रहेको छ। खेतिपाती जोत्नका लागि माटो छैन पशुपालन गर्नका लागि घांस छैन हामीहरुको जीवनलाई परिवर्तन गर्न सक्ने उपाय त आफ्ना बाबु नानीहरु भित्री चीनमा रोजगार हुनु नै उत्तम हो ।

               थाहा भए अनुसार अबउपरान्तका तीनदेखि पांच वर्षसम्म सिन् च्यांग युगूर जातिय स्वायत्त प्रदेशले सिंगै प्रदेशमा सम्पन्न हुने कार्यकौशलको तालीमलाई मुख्य विषयका रुपमा बनाउने र सम्पन्न हुने कार्यकौशल तालीम कक्षा र रोजगार हुने तालीम कक्षा खोल्नेछ । भविष्यमा चीनका विभिन्न स्थानमा बढीभन्दा बढी सिन् च्यांग युगूर जातिय स्वायत्त प्रदेशका अल्प संख्यक जातिका युवा रोजगारीहरु देख्न पाइन्छन् ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040