china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्बारा दश वटा व्यवसायहरुसम्बन्धी सामान्जस्यता र पुनरुत्थान योजनाहरु सार्वजनिक गरिएको विषयबारे जानकारीको तेस्रो भाग
    (GMT+08:00) 2009-06-30 09:28:19    

               सम्बन्धित व्यक्तिका अनुसार, उद्योग-व्यवसायहरुबीच गाभेको र पुनर्गठन भएको कुरामार्फत मात्र गार्हस्थ अर्थतन्त्रको समष्टिगत प्रतिस्पर्धात्मक शक्ति माथि उकासिने छ। चीनको उद्योग तथा सूचना मन्त्रालयका अधिकारी चु हुँ रनले उद्योग-व्यवसायहरुबीच गाभ्ने र पुनर्गठन हुने कुरामार्फत क्षेत्रीय सामान्जस्यतालाई गति प्रदान गरिने र प्रतिस्पर्धात्मक शक्ति रहने समूह स्थापना हुने आशा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो:

               "व्यवसायको सामान्जस्यता र पुनरुत्थान योजनाले उद्योग-व्यवसायहरुबीच बजारको प्रणालीमार्फत गाभ्न र पुनर्गठन हुन प्रोत्साहन र निर्देशन गर्ने, विश्वमा प्रतिस्पर्धात्मक शक्ति रहने विशाल समूह स्थापना गर्न जोड दिनेछ।"

               सम्बन्धित व्यक्तिहरुको विचारमा वर्तमान संकटको सामना र बृद्धिको प्रत्याभूतिबाहेक, सार्वजनिक गरिएका व्यवसायसम्बन्धी सामान्जस्यता र पुनरुत्थान योजनाहरुले सम्बन्धित क्षेत्रको दीर्घकालीन विकासमाथि नजर पुर्‍याएको छ। तीमध्ये स्वाधीन आविष्कारको प्रबर्द्धन र स्वयं ट्रेड मार्कको स्थापनामा उक्त योजनाहरुले नजर पुर्‍याएका विषयहरु भएका छन्। जस्तै भनौं जहाज व्यवसायको सामान्जस्यता र पुनरुत्थान योजनाले केन्द्रीय लगानी बढाउने, प्रविधिको सुधारलाई सबल पार्ने, स्वाधीन आविष्कारको क्षमतालाई बढाउने, उच्च प्रविधिको जहाजको अनुगमन र उत्पादनको क्षमतालाई बढाउने कुरा प्रस्तुत गरेको छ।

               मोटर गाडी व्यवसायको सामान्जस्यता र पुनरुत्थान योजनाले दश अर्ब चिनियाँ युआन लगानी गरी उद्योग-व्यवसायहरुको प्रविधिको आविष्कार, प्रविधिको सुधार र नयाँ श्रोत-साधनको मोटर गाडी तथा कूल पुर्जाको विकासको समर्थन दिने कुरा प्रस्तुत गरेको छ। ती नीतिहरु धेरै व्यक्तिहरुद्बारा स्वीकार गरिएको छ। चीनको जहाज भारी उद्योग समूहका जिम्मेवार व्यक्ति को थुङ्ग च्यनले भन्नुभयो:

             "जहाज उद्योग व्यवसायको सामान्जस्यता र पुनरुत्थान योजना जहाज उद्योग-व्यवसायहरुका लागि राम्रो कुरा हो। हामीले सामान्जस्यता र पुनरुत्थान योजना सार्वजनिक गरेपछि चीनले जहाजको उत्पादन गर्ने ठूलो र शक्तिशाली मुलुकको उद्देश्य साकार तुल्याउन गति प्रदान गर्नसक्ने कुरामा विश्वास गरेका छौं।"

               चीनको प्रसिद्ध स्वयं ट्रेड मार्काको मोटर गाडी उद्योग-व्यवसाय—छि रुई नामक मोटर गाडीको बिक्री कम्पनीका उप महाप्रबन्धक चिन क पोले भन्नुभयो---चीन सरकारले मोटर गाडी व्यवसायमा समर्थन दिने नीति सार्वजनिक गरेको कुराले सन् 2009 साल छि रुई कम्पनीले बिक्री गर्ने विश्वास बढाएको छ। श्री चिनले भन्नुभयो:

             "चीन सरकारले मोटर गाडी व्यवसायको समर्थन दिने नीतिहरु सार्वजनिक गरेको कुरा उपभोक्ताको विश्वासका लागि हितकर भएको छ। हामीले सन् 2009 सालमा हाम्रो कम्पनीका मोटर गाडीहरुको बिक्री मात्रा 5प्रतिशत बृद्धि हुने छ। 5प्रतिशतदेखि 12प्रतिशतसम्म बृद्धि हुने सम्भावना रहेको छ।"

               सम्बन्धित विश्लेषकहरुका अनुसार, दशवटा व्यवसायहरुसम्बन्धी सामान्जस्यता र पुनरुत्थान योजनाहरुमा चीनले स्वदेशी आवश्यकतालाई बढाउने विषयहरु समावेश छन्। ती योजनाहरुले चीनको अर्थतन्त्रको बृद्धि तरीका "निर्यातको प्रबर्द्धन"बाट "स्वदेशी आवश्यकताको प्रबर्द्धन"तर्फ मोड्न लगाउने छ। चीनको राष्ट्रिय विकास तथा सुधार समितिका उप प्रमुख लिउ यी नानले बोल्दै चीनले व्यापारिक संरक्षणवादको विरोध गर्ने कुरा स्पष्टताका साथ प्रकट गर्नुभयो।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040