china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    शाङहाइ विश्व एक्स्पोका स्वयम सेवकहरु पहिलो भाग 
    (GMT+08:00) 2009-06-22 17:39:46    

               सन् 2010 मा आयोजना हुने शाङ हाइ विश्व एक्स्पोको उद्घाटन समारोह आउँदै छ। मे एक तारिखका दिन विश्व एक्स्पोका स्वयम सेवकको निर्वाचन कार्यक्रम पनि शुरु भएको छ। हालसम्म स्वयम सेवक हुन इच्छा लिएर निर्वाचनमा भाग लिने व्यक्तिहरुको संख्या एक लाखभन्दा बढी भइसकेको छ। चीनको अर्थतन्त्रको केन्द्र शाङ हाइमा बसोबास गर्ने बासिन्दाहरुले उक्त विश्व एक्स्पोमा योगदान दिन खोजेका छन्। आजको कार्यक्रममा म उहाँहरुका बारेमा केही जानकारी दिनेछु।

               आवाज एकः विश्व एक्स्पोका स्वयम सेवकहरुको गीत

              श्रोता, भर्खरै तपाईंले सुन्नुभएको शाङ हाइ विश्व एक्स्पोका स्वयम सेवकहरुको "तपाईंको साथमा"नामक गीत हो। उक्त गीतको नाम जस्तै शाङ हाइ विश्व एक्स्पोका स्वयम सेवकहरुले शाङ हाइको विभिन्न सडकमा बसेर तपाईंलाई सेवा दिने भएका छन्।

                स्वयम सेवकको निर्वाचन कार्यक्रममा भाग लिने धेरैजसो विद्यार्थीहरु नै छन्। चीनको मे चार तारिखको युवा-युवतीको चाडमा शाङ हाइ युवा-युवती विकास कोषका कामदारहरुले त्यहाँका तेह्रदेखि पैँतीस वर्षसम्मका युवा-युवतीहरुका लागि शाङ हाइ विश्व एक्स्पोका स्वयम सेवक बन्ने बारेमा एउटा जाँचबुझ-पत्र दिएका छन्। यी युवा-युवतीमा स्वयम सेवक हुने इच्छा रहेको व्यक्तिको संख्या 92 प्रतिशत रहेको छ। शाङ हाइ दोस्रो औद्योगिक विश्वविद्यालयका विद्यार्थी ये स्याउ छन् उनीहरुमध्येका एक हुन्। आफ्ना सहपाठीहरु जस्तै शाङ हाइ विश्व एक्स्पोमा उनले पनि धेरै ध्यान दिँदै आउनु भएको छ र उहाँ आफू एक स्वयमसेवक हुन चाहनुहुन्छ। उहाँले भन्नुभयो—

               म सधैं नै खुसी भएर नै विश्व एक्स्पोमा योगदान दिन खोज्थें। विश्वविद्यालयमा पढ्दा-पढ्दै विश्व एक्स्पोमा पनि ध्यान दिँदै आएको छु र विश्वविद्यालयका स्वयम सेवकसम्बन्धी कार्यमा भाग लिँदै आएको छु। यसैगरी विश्व एक्स्पोमा स्वयम सेवक हुन तयारी गरिरहेको छु। अहिले हाम्रो विश्वविद्यालयका धेरैजसो विद्यार्थीहरुले विश्व एक्स्पोमा स्वयम सेवक हुन खोजेका छन् र छनौटको काम हुँदैछ। मलाई गाह्रो लाग्यो, किनकि प्रतिस्पर्धा ठूलो रहेको छ, उम्मेदवार धेरै छन् चाहिने स्वयम सेवकको संख्या चाहीं थोरै छ। सबै विद्यार्थीले विभिन्न क्षेत्रमा रहेको आफ्नो क्षमतालाई उकास्न प्रयास गर्दै आएका छन्। म पनि प्रयास गर्दैछु।

                 यस पटकको विश्व एक्स्पोले एक लाख सत्तरी हजार जना स्वयम सेवक मागेको छ। तीमध्ये सत्तरी हजार जना एक्स्पो क्षेत्रमा बोलाइने छ। यी सत्तरी हजार स्वयम सेवकले एक्स्पो क्षेत्रमा पर्यटकहरु, प्रदर्शन गर्ने व्यक्तिहरु र प्रेस-माध्यका लागि सूचना दिने, अपाङ्गलाई सहायता दिने, मध्यस्थता गर्ने र अनुबाद गर्नेछन्। अरु एक लाख स्वयम सेवकले शहरको एक हजार वटा स्वयम सेवक केन्द्रमा विश्वका विभिन्न ठाउँबाट आएका पर्यटकका लागि सूचना दिने, अनुबाद गर्ने र जरुरी उद्धार दिने आदि विभिन्न सेवा दिनेछन्। पैचिङ्ग ओलम्पिक खेलकुदमा स्वयम सेवकको निर्वाचन जस्तै शाङ हाइ विश्व एक्स्पोका स्वयम सेवकको निर्वाचन पनि आवश्यक कदम हुनेछ र राम्रा व्यक्तिहरुलाई छानेर स्वयम सेवक हुन दिइने छ। शाङ हाइ विश्व एक्स्पोको तयारी कार्यालयका प्रमुख वाङ्ग चोन वैले स्वयम सेवक बोलाउने कार्यक्रममा शाङ हाइ शहरबासीका लागि एउटा सम्बोधन गर्दै भन्नुभयो—

             

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040