china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    शाङहाइ विश्व एक्स्पोका स्वयम सेवकहरु दोस्रो भाग
    (GMT+08:00) 2009-06-29 17:44:34    

             यस पटकको विश्व एक्स्पोले एक लाख सत्तरी हजार जना स्वयम सेवक मागेको छ। तीमध्ये सत्तरी हजार जना एक्स्पो क्षेत्रमा बोलाइने छ। यी सत्तरी हजार स्वयम सेवकले एक्स्पो क्षेत्रमा पर्यटकहरु, प्रदर्शन गर्ने व्यक्तिहरु र प्रेस-माध्यका लागि सूचना दिने, अपाङ्गलाई सहायता दिने, मध्यस्थता गर्ने र अनुबाद गर्नेछन्। अरु एक लाख स्वयम सेवकले शहरको एक हजार वटा स्वयम सेवक केन्द्रमा विश्वका विभिन्न ठाउँबाट आएका पर्यटकका लागि सूचना दिने, अनुबाद गर्ने र जरुरी उद्धार दिने आदि विभिन्न सेवा दिनेछन्। पैचिङ्ग ओलम्पिक खेलकुदमा स्वयम सेवकको निर्वाचन जस्तै शाङ हाइ विश्व एक्स्पोका स्वयम सेवकको निर्वाचन पनि आवश्यक कदम हुनेछ र राम्रा व्यक्तिहरुलाई छानेर स्वयम सेवक हुन दिइने छ। शाङ हाइ विश्व एक्स्पोको तयारी कार्यालयका प्रमुख वाङ्ग चोन वैले स्वयम सेवक बोलाउने कार्यक्रममा शाङ हाइ शहरबासीका लागि एउटा सम्बोधन गर्दै भन्नुभयो—

              विश्वका सबै मानिसको सीपबाट बनाइएको वस्तु र सपना शाङ हाइमा केन्द्रीत भएर प्रदर्शन गरिने छ। विश्वका सबै मानिसहरुको नजर यहाँ पुर्‍याइने छ। विश्व एक्स्पो विश्वको सांस्कृतिक समारोह हो। त्यसैले हामी स्वयम सेवक बोलाउने छौं। हाम्रा सबै मानिसको प्रयासमा उक्त समारोह सफलताका साथ आयोजना गर्न सकिन्छ।

               यी एक लाख सत्तरी हजारबाहेक दशौँ लाख शहरी सांस्कृतिक स्वयम सेवकले शाङ हाइको विभिन्न ठाउँमा सेवा दिने श्री वाङ्ग चोन वैले जानकारी दिनुभयो।

                शाङ हाइको फू सि क्षेत्रमा पर्ने एउटा पुरानो बसोबास केन्द्रमा रहेका एक जना बयासी वर्षीय याङ्ग छुन यी नामक बृद्ध हुनुहुन्छ। सन् 1998देखि हालसम्मको एघार वर्षमा उहाँले शाङ हाइ शहरको निर्माणबारे सत्तरी हजारभन्दा बढी फोटो खिच्नुभयो। यी फोटाहरुबाट हेर्दा शाङ हाइ शहरको निर्माण भएका केही ठाउँबारे थाहा पाउन सकिन्छ। याङ्ग छुन यीले यी फोटाहरु लिएर शाङ हाइ शहरको निर्माणसम्बन्धी विभागमा गएर यी समस्याहरु कसरी समाधान गर्नबारे त्यहाँका पदाधिकारीहरुसँग छलफल गर्नुहुन्थ्यो।

               अब शाङ हाइ विश्व एक्स्पो आउँदैछ, याङ्ग छुन यी एक सशक्त स्वयम सेवक बन्न चाहनुहुन्छ। उहाँले आफ्नो क्यामरा लिएर शाङ हाइको निर्माणका लागि योगदान दिनुहुन्थ्यो। उहाँले भन्नुभयो—

               शहरको निर्माणबाट अझ राम्रो जीवन विताउन सकिन्छ। हामीले उक्त मुख्य विषय सम्झेर शहरी वातावरणको संरक्षण गर्न प्रयास गर्नुपर्‍यो। एपेक शाङ हाइमा सफलताका साथ आयोजना गरियो। त्यसैले शाङ हाइ विश्व एक्स्पोलाई राम्रोसँग आयोजना गर्ने हाम्रो संकल्प छ।

              चीनमा एउटा उखान प्रचलित छ, एकजना सफल पुरुषको पछाडि एकजना महिलाको पनि हात हुन्छ। याङ्ग छुन यीकी श्रीमती चाउ चो फिङ्ग उहाँलाई सक्दो समर्थन दिनुहुन्थ्यो। चाउ चो फिङ्गले भन्नुभयो—

                मेरा श्रीमान् आफ्नो घरलाई होटेल मान्नुहुन्छ, दिनमा यहाँ भोजनालय मान्नुहुन्छ, पैसा नभएको बेला यहाँ बैंक मान्नुहुन्छ। उहाँ सधैं दत्तचित भएर सर्वसाधारणको राम्रो जीवनका लागि योगदान दिनुहुन्थ्यो र कुनै पनि फाइदा खोज्नुहुन्नथ्यो।

               शाङ हाइका युवा-युवतीहरुको धैर्यता र बृद्धहरुको दृढता लिएर शाङ हाइ विश्व एक्स्पो सफलताका साथ आयोजना हुने हामीले विश्वास गरेका छौँ। "विश्व तपाईंसमक्ष रहेको, हामी तपाईंहरुको साथमा रहेका"भन्ने शाङ हाइ विश्व एक्स्पोको मुख्य नारा रहेको छ। तपाईं शाङ हाइ आउनुहोस्, विश्व एक्स्पोमा बसेर मानवताबाट सिर्जना गरिएको वैज्ञानिक र प्राविधिक उपलब्धि हेर्नुहोस्। यहाँका स्वयम सेवकहरुको हार्दिक तथा इमान्दारी सेवामा बस्नुहोस्। तपाईं शाङ हाइ विश्व एक्स्पोमा एक जना स्वयम सेवक हुन चाहनु हुन्छ भने हाम्रो सरकारी वेभसाइट हेर्नुहोस्। उक्त वेभसाइटको ठेगाना हो, www.expo2010.cn

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040