
चीनको पैचिङ्ग अपेराका प्रसिद्ध अभिनेता लि पो ठुन कलाकार परिवारमा जन्मनुभएको हो। उहाँका बुवा चीनको पैचिङ्ग अपेराका प्रसिद्ध कलाकार लि शाउ ठुन हुनुहुन्छ। उहाँले सानो छँदादेखि नै आफ्नो अभिनय देखाउँदै आउनुभएको हो। त्यति मात्र नभई उहाँले पैचिङ्ग अपेराको कलाको सिर्जना गर्नेतर्फ जोडतोडसित काम गर्दै आउनुभएको छ। उहाँले निर्देशन गर्नुभएका वा मुख्य रुपमा देखाउनुभएका एक जमात् पैचिङ्ग अपेराका कार्यक्रमहरुले चीनको परम्परागत पैचिङ्ग अपेराका लागि नयाँ जीवन्त शक्ति थपेको छ भन्न सकिन्छ। अब त्यस सम्बन्धी एउटा विवरण सुन्नुहोस्-
मित्रहरु भर्खरै सुन्नुभएको "अनैतिकता प्रतिरोधी प्रतिफल"नाउँको पैचिङ्ग अपेरा हो। यो अभिनेता लि पो ठूनको स्वरमा गाइएको हो। त्यो चाहिं चीनका पुराना अपेराका कार्यक्रमहरुमध्येको एउटा परम्परागत कार्यक्रम पनि हो। सो कार्यक्रमले विगत तेह्रौं शताव्दीताकको मिङ्ग राज्य वँशमा उत्पन्न भएको सत्य कथाका आधारमा बनाइएको हो। उक्त अपेराले व्यापारी लिउ श छाङ्गले मुस्लधारे पानीको कारणले एउटा रेष्टुराँमा बस्दाखेरी अपराधीव्दारा मारिएका थिए। त्यसपछि लिउ श छाङ्गको आत्माले अन्तमा राक्षसस्वरुपको माध्यव्दारा अपराधीलाई दण्डसजायं दिएको थियो।

त्यसैगरी श्री लि पो ठुनले उक्त अपेरामा लिउ श छाङ्ग र उनको आत्मा रुपी राक्षसको अभिनय गर्नुहुन्छ। अभिनय गर्नुहुने क्रममा श्री लि पो ठुनले उक्त अपेराको पुनः सम्पादन गर्नुभएको छ। जस्तो भनौं मण्डपमा लुगा फेर्ने लगायत नाचको थप समय राख्नुभएको छ,जसबाट त्यहीं बसिरहेका दर्शकहरुलाई मानिस र राक्षस जगत बीचको परिवर्तनताको महसुस गराउन सकियोस् भन्ने रहेको छ। सो परिवर्तनताबारे श्री लि पो ठुन भन्नुहुन्छः
हामीले परम्परागत राम्रा राम्रा सूक्ष्म विषयहरुलाई कम पारेका छैनौं र मानिसहरु परिचत भएका विषयहरुमा एक शब्दलाई पनि बदलिएका छैनौं। त्यति मात्र नभई हामीले सकेसम्म अपेराको विषयलाई उत्कृष्ठ पार्दै आएका छौं। सम्पादन गर्ने क्रममा केही साथीहरुले राक्षसको अभिनय गर्दा शरिरलाई कालो वस्त्र पहिरनुका साथै समस्त अनुहारमा एउटा पनि रातो थोपा नराखी त्यसलाई सेतो रङ्गले रङ्गाउनुपर्छ भनेर प्रस्ताव राख्नुभएको थियो। तर श्री लि पो ठुनले मान्नुभएन। सर्ववित्तितै छ कि "ली व्है न्याङ्ग"नाउँको अर्को पैचिङ्ग अपेराकी महिला राक्षस रुपकी कलाकार ली व्है न्याङ्ग एकदमै सुन्दरी छिन्। सबैले उनलाई मान्दछन्। तपाईँहरुले किन पुरुष राक्षस सुन्दर हुँदैन हं भनेर विचार गर्नुभएको हुनुपर्छ?

|