
चीफ इन्जिनियर हौका अनुसार, प्रशस्त पुरातात्विक वस्तु तथा परम्परागत छनौटमा राखिएका ऐतिहासिक भवन समूह अथवा स्थानीय भवनहरुको सांस्कृतिक विशेषता तथा जातीय विशेषतालाई सामूहिक रुपमा देखाइने गाउँबस्तीहरु मात्रै ऐतिहासिक तथा सांस्कृतिक गाउँबस्तीका रुपमा दर्ता गर्न सकिन्छ।
सय अथवा हजार वर्षसम्म राखिएका गाउँबस्तीबाट चीनका विभिन्न क्षेत्र, विभिन्न जाति तथा विभिन्न आर्थिक एवम् सामाजिक विकासको चरणमा बसोबास क्षेत्र बनेको तथा परिवर्तन भएको ऐतिहासिक प्रक्रियालाई प्रतिविम्वित गरिन्छ र परम्परागत भवनको सुन्दरता, उत्कृष्ट वास्तुकला, परम्परागत चालचलन तथा शुरुदेखि राखिएको ठाँउको प्रयोग ढाँचा वास्तविक रुपमा रेकर्ड गरेकोले यस्ता गाउँबस्तीहरुको अनुसन्धान तथा संरक्षणको मूल्य उच्च हुन्छ। चीन राष्ट्रिय पुरातात्विक वस्तु व्यूरो तथा बसोबास तथा शहरी एवम् ग्रामीण क्षेत्रको निर्माण मन्त्रालयको संयुक्त संयोजनमा आयोजना भएको प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक गाउँबस्तीको छनौट तथा मूल्याङ्कन कार्यक्रमले त्यसका विशेषता रहेका गाउँबस्तीको संरक्षण प्रणालीको क्रमशः स्थापना गर्न खोजेका हुन् भन्न सकिन्छ।

केही समयअघि आयोजित चीनका प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक गाउँबस्तीको चौथौ नामाकरण समारोहमा चीन राष्ट्रिय पुरातात्विक वस्तु व्यूरोका उप-प्रमुख थुङ मिङ खाङले कार्यक्रमबारे जानकारी दिँदै भन्नुभयोः
"सन् 2003देखि यता, बसोबास तथा शहरी एवम् ग्रामीण क्षेत्रको निर्माण मन्त्रालय, राष्ट्रिय पुरातात्विक वस्तु व्यूरोको संयुक्त संयोजनमा चारपटक आयोजना गरिएको प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक गाउँबस्तीको छनौट तथा मूल्याङ्कन कार्यक्रमबाट जम्मा गरी दुइ सय एकाउन्न गाउँबस्तीले नाम पाएका छन। हालसम्म प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक गाउँबस्ती संरक्षण प्रणाली आधारभूत रुपमा स्थापना भएको छ र ती गाउँबस्तीको संरक्षण अवस्था तथा वातावरण एवम् दृश्यलाई स्पष्टसँग सुधार गरिएको देखिन्छ।"

चीनको दक्षिण-पूर्वी भागमा पर्ने च च्याङ प्रान्तीय थुङ स्याङ शहरको उ चन गाउँबस्ती सन् 2003 मा प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक गाउँबस्तीको नामावलीमा प्रवेश भयो। उ चन गाउँबस्ती नदी किनारमा निर्माण गरिएको प्राचीन गाउँबस्ती हो। यस गाउँबस्तीमा बगिरहेका खोलाका दुइ किनारमा बजार फैलिन्छ र दुइ किनारामा निर्मित् सबै भवनहरु खोला उन्मुख रहेका छन्। यसका साथै हजार वर्षको इतिहास भएको उ चन गाउँबस्तीमा रङ्गीचङ्गी चालचलन तथा चाड-पर्व छन्। उक्त नामावलीमा समावेश गरिएपछि उ चन गाउँबस्तीको संरक्षण कार्यमा ठूलो लगानी पाइयो। पुराना रुपलाई पुनः राखी इतिहासलाई देखाइने संरक्षित सिद्धान्तमा उ चन गाउँबस्तीको प्राचीन रुप राखिएको साथै त्यहाँको पर्यटन उद्योग पनि विकसित भएको देखिन्छ। प्रतिवर्ष उ चन गाउँबस्तीमा तीस लाख जना चिनियाँ तथा विदेशी पर्यटकहरू जाने गरेका छन् र चीनका दश वटा सुन्दर प्राचीन गाउँबस्तीमध्येको यो एक बनेको छ।
(क्रमशः)
|