china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    मुस्लिम ना दिआन् फू परिवारको सुखमय जीवन
    (GMT+08:00) 2009-07-06 20:04:30    

               ना दिआन् फू चीनको निन् स्या व्ही जातिय स्वायत्त प्रदेशमा जीवन बिताइरहेका एकजना सामान्य मुस्लिम हुन् । हाल उनी एकजना किसानबाट विकसित भएर यन् व्छान् शहरको एउटा भाडामा मोटर दिने कम्पनीका महाप्रबन्ध बनेका छन् । आज हामी श्रोता मित्रहरुलाई यस सामान्य मुस्लिम तथा उनको परिवारको जीवन सुनाउनेछौं ।

              गत शताव्दीको असीको दशकमा ना दिआन् फू एकजना सामान्य स्थानीय किसान थिए । चीनले सुधार र खुलापन निती लागू गरेपछि उनले निन् स्या व्ही जातिय स्वायत्त प्रदेशले अल्पसंख्यक जातिलाई केही कार्यको सुरुवात गर्न प्रोत्साहन दिएको सुविधाजनक नीतिको आधारमा केही रकम पूंजी नभएतापनि आफ्नो कार्यको सुरुवात गर्न थाले । हालसम्म उनको कारोवार बढीभन्दा बढी रुपमा वृद्धि हुंदै आएको छ । हाल उनको आर्थिक शक्ति पनि निकै माथि गएको छ । उनले बस्ने गरेको घर पनि ठूलो ठूलो हुंदै आएको छ । उनले हाम्रा सम्वाददातालाई आफ्नो घरतिर डोर्‍याउंदै परिचय दिएका छन्ः

              यो घर मैले किनेको हो । हाम्रो परिवारका सदस्य धेरै छन् । यो घरको क्षेत्रफल एक सय असी वर्गमिटर छ । बस्नका लागि यो घर अनुकूल रहेको छ ।

              ना दिआन् फूको घर अलग्गै चोक भएको दुइ तले घर हो । त्यो यन् व्छान् शहरको सबैभन्दा राम्रो क्षेत्रमा अवस्थित छ । त्यहांको वातावरण राम्रो छ । आफ्नो चोकमा फूल र घांसले भरिपूर्ण बनाएका छन् । ना दिआन् फूले भनेः सुधार र खुलापनको नीति अनुसार स्थानीय सरकारले पनि अल्पसंख्यक जातिलाई आफ्नो कार्यको सुरुवात गर्नका लागि सुविधाजनक नीति निकालेको छ । जस्तो भनौं, कार्यको सुरुवात गर्ने सानो ऋण , कर र भन्सारको घटौती र छूट । यसैले गत शताव्दीको असीको दशकदेखि उनले आफ्नो छोरालाई लिएर शहरमा आफ्नो कार्यको सुरुवात गर्न थालेका थिए। निर्माण कामदार सुरु गर्दा देखिनै उनले अनुभव र रकमपूंजीको संकलन गरेका थिए । त्यसपछि उनले आफैले कामदार बोलाएर परियोजनाको ठेक्का लिने गर्न थलेका थिए । अनि त्यसपछि उनको रकम पूंजि बढी भएपछि उनले अहिले भाडामा मोटर दिने कम्पनी खोलेका छन् ।

              सुधार र खुलापन हुनुभन्दा अघि मेरो रकम पूंजि कहां थियो र, पछि मैले आफ्नो छोरालाई लिएर परियोजनाको ठेक्का लिने गरें । अहिले मेरो वार्षिक आम्दानी बढीमा पांच लाख जति पुग्छ कम्तीमा पनि एक दुइ लाख त हुन्छनै ।

              जीवनको वातावरण राम्रो हुंदा हुंदै आज्ञाकारी छोराका रुपमा रहेका ना दिआन् फूले आफ्नो बूढा बुवा मक्कामा हज यात्रा गर्न यौटा आकांक्षालाई साकार तुल्याउनु पर्थ्यो । सन् उन्नाइस सन्तान्नव्वेमा ना दिआन् फूका बुवा ना छांग चींगले आफ्नो इच्छा पूरा गरी मक्काको हज-यात्रा गर्नुभयो। ना छांग चींगले भन्नुभयोः  

              त्यहां पुगेपछि मलाई अचम्म लाग्यो । सो वर्षमा मक्कामा हज यात्रा गरेका मानिसहरुको संख्या अठाइस लाख पुगेको थियो । विभिन्न मुलुकका मुस्लिमहरु धेरै थिए । तीमध्ये गोरा , कालाहरु पनि थिए तिनीहरु सबै नै इस्लामिक धर्मवाली हुन् । त्यस्तो दृश्य देख्दा मैले के सोच-विचार गरेको थिएं भने खुलापन र सुधार नभएको भए म यहां आउन सक्थें र? त्यसमा पनि म विमानबाट यहां आउन सक्थें र? यत्रो मानिसहरुलाई भेट्न सक्थें र? त्यसको सम्भावना नै थिएन । म निकै प्रभावित भएं र एकदमै खुशी पनि लाग्यो ।

             बूढा नाका अनुसार दश वर्षअघि यन् व्छान् र सउदी अरबियाका बीच सीधा वायु सेवा थिएन । धेरै पल्ट विमान र रेलगाडी चढेपछि मात्र मक्का पुग्न सकिन्थ्यो । आफ्नो ससुराको दांजोमा ना दिआन् फूकी श्रीमति तिंग स्यु मैको हजयात्रा निकै फरक रहेको छ। पछिल्ला केही वर्षदेखि निन् स्या स्वायत्त प्रदेशको स्थानीय सरकारको सम्बन्धित विभागको सहयोगमा निन् स्या स्वायत्त प्रदेशको मुस्लिम हज यात्रा मण्डलले सदरमुकाम यन् व्छान्‌देखि चार्टर विमानबाट सीधै मक्कामा जाने व्यवस्था मिलाएको छ । तिन् स्यु मैले सन् दुइ हजार सातमा मक्काको हज यात्रा गरेकी थिइन् । उनले सिंहावलोकन गर्दै भनिन्ःसन् दुइ हजार सात सालतिर म यन् व्छान् विमानस्थलबाट सीधै सउदी अरबियाको मक्कातिर गएको थिएं । जाने र आउनका लागि तीस दिनभन्दा अलि बढी समय लाग्यो । हाम्रो हज यात्रा मण्डलमा डाक्टर , दोभाषे रहेका थिए । उहांहरु सबै नै हाम्रो यन् व्छान् इस्लामिक संघका सदस्य हुनुहुन्छ । मण्डलभित्र विभिन्न मस्जिदका इस्लामहरु पनि हुनुहुन्थ्यो।

               ना दिआन् फूको परिवार चीनका सबै मुस्लिम परिवारहरुको यौटा सार हो । आजको चीनका मुस्लिमहरु केन्द्रित रहेका स्थानमा वा आजको चीनका जुनसुकै जातिका जनताले सुधार र खुलापनबाट ल्याइएको फाइदाको उपभोग गरिरहेका छन् ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040