 पचासभन्दा बढी उमेर हुनुभएका ली पो ठुनको जन्मथलो चीनको ह पै प्रान्तमा छ। सन् 1969 सालमा उहाँ पैचिङ्ग नगरको अपेरा विद्यालयबाट पास हुनुभएको थियो। उहाँले आफ्ना बुवाको निर्देशन प्राप्त गर्नु बाहेक चिनियाँ अपेरा क्षेत्रका निकै प्रख्यात कलाकारहरुहरुमध्ये मा लिआन ल्याङ्ग वाङ्ग शाउ लौ र याङ्ग च्युइ फनआदिका शिक्षादीक्षाहरु प्राप्त गर्नुभएको थियो। उहाँको स्वर स्पष्ट र मीठो छ। उहाँ प्रशासनिक अधिकारी र सैनिक प्रोफेसरको अभिनय गर्न पनि सिपालु हुनुहुन्छ। आफुलाई अझै दक्ष व्यक्ति बनाउनका लागि उहाँ विगत शताव्दीको असी दशकमा अरु मुलुकहरुमा जानुभएको थियो। त्यस क्रममा उहाँले इटालीको उत्तरी अपेरा इन्स्ट्रिट्युटका मानार्थ डाक्टर र अमेरिकी लिन्गेन कला केन्द्र अन्तर्गत श्रेष्ठ एशियाली कलाकार आदि पदवीहरु प्राप्त गर्नुभएको थियो। आफ्नो सक्दो प्रयास गर्नुबाहेक उहाँले अरु मानिसहरुका आआफ्ना श्रेष्ठताहरु सिक्दै हुनुहुन्छ र आँटिलो भई ती श्रेष्ठताहरुलाई पैचिङ्ग अपेरामा राखी प्रयोग गर्दै हुनुहुन्छ। उहाँ भन्नुहुन्छः
मैले बालक हुँदाखेरी प्रौढ वा बूढो अधिकारी र सैनिक अफिसरको पात्र देखाउन सिकेको थिएँ। मेरा बुवाले पनि त्यस्तै खालका पात्रको अध्ययन गर्दै हुनुहुन्थ्यो। म अमेरिकामा लामो समयसम्म बसेको थिएँ र पछि चीनको थाइ वानमा गएको थिएँ। त्यसैले मैले धेरै कुराहरु सिकेको थिएँ। हो, हाम्रा परम्परागत कलाहरुको विकास गर्नु पर्छ र त्यसलाई फुलाउनु पर्ने मैले महसुस गर्दै आएको छु।

विगत शताव्दीको नब्बे दशकको थाल्नीताक श्री लि पो ठुनले थाइ वानका पैचिङ्ग अपेराका साथीहरुसित संगसंगै मिलेर "थाइ पै नयाँ पैचिङ्ग अपेरा मण्डली"को स्थापना गर्नुभएको छ। त्यस अपेरा मण्डलीले "नयाँ र पुरानो अपेरा" अर्थात पुराना अपेराहरुको पुनःसम्पादन गरी राम्रा राम्रा विषयहरुलाई कामय राखी नयाँ विषयहरु थपेपछि देखाउने गर्दै आएको छ। यसो गरेपछि त्यो मण्डली थाइ वान लगायत समस्त चीनको मुख्य भूमिमा पनि प्रसिद्ध हुन गएको देखिन्छ।
केही पैचिङ्ग अपेराहरुको पुनःसम्पादन गरी देखाउनेमार्फत श्री लि पो ठूनले बढीभन्दा बढी दर्शकहरुलाई नयाँ र पुरानो पैचिङ्ग अपेराहरु बीचमा रहेको सिद्धान्तबारे जानकारी दिनुभएको छ। तीन वर्षअघि श्री लि पो ठुनले निर्देशन गर्नुका साथै आफैले देखाउनुभएको "पा शान स्यौ छाई "नाउँको पैचिङ्ग अपेरा पैचिङ्ग अपेराप्रेमीहरुमाझ निकै आर्कषित हुँदै आएको देखिन्छ।

त्यसैगरी श्री लि पो ठुनका "नयाँ र पुरानो अपेरा"हरुलाई थाइ वान र चीनको मुख्य भूमिमा देखाइँदा साँस्कृतिकर्मी र बुद्धिजीवीहरुको जगतमा निकै राम्रा र उच्च मूल्याङ्कन गरिएको छ। त्यसको अतिरिक्त केही वर्षदेखि यता श्री लि पो ठुनले सधैं नै थाइ वानका अनेकौं विश्वविद्यालयहरुमा सिकाउँदै आउनुभएको छ। थाइ वानमा उत्कृष्ठ मानिएका धेरै प्रसिद्ध गायक गायिकाहरुले उहाँका कक्षाहरुमा अपेराको अध्ययन गर्नुभएको थियो र केहीले त एउटै मण्डपमा कार्यक्रमहरु देखाउनुभएको छ भनिन्छ।
|