
2010 क्वाँग चौ एशियाली खेलकुद चाहिं चीनले 2008 पैचिंग ओलिम्पिक खेलकुद र 2010 शाँग हाई विश्व एक्स्पोपछि सबैभन्दा महत्वपूर्ण अन्तर्राष्ट्रिय भव्य घटना हो। क्वाँग चौ एशियाली खेलकुद चाँजोपाँजो समितिका उप महासचिव कु श् याँगले हालै हाम्रा पत्रकारसितको अन्तर्वार्तामा बोल्दै हाल क्वाँग चौ एशियाली खेलकुदका विभिन्न तयारी कार्यहरु व्यवस्थित रुपमा चलिरहेकै छ र 2010 मा क्वाँग चौले विश्वलाई सर्वोत्तम एशियाली खेलकुद प्रदर्शन गर्नेछ भन्नुभयो। आजको खेलकुद कार्यक्रममा म तपाईंहरुलाई यस विषयबारे चर्चा गर्नेछु।
चीन सरकारले 2010 एशियाली खेलकुदको आयोजना गर्ने कार्यलाई अत्यन्तै महत्वपूर्ण दृष्टि पुर्याएको छ। हाल क्वाँग चौ एशियाली खेलकुदका रंगशाला र इनडोर स्टेडियमको निर्माण र प्रतियोगिताका बर बन्दोबस्त आदि विभिन्न कार्यहरु स्थिर रुपले चलिरहेका छन्।
निवेदन गर्दा दिएको बचनअनुसार 2010 क्वाँग चौ एशियाली खेलकुदले "एशियाली ओलिम्पिक परिषद्को वडापत्र र नियम" तथा एशियाली खेलकुदको सिद्धान्त र नियमको पालना गर्नेछ साथै "संचालक शहरको ठेक्का पत्र" बमोजिम ठोस रुपमा एशियाली ओलिम्पिक परिषद्का ठूला परिवार, खेलाडीहरु, संचार माध्यम र प्रायोजकलाई चित्त बुझ्दो पूर्वाधारको सिर्जना गरी उपलव्ध गराउनेछ।
क्वाँग चौ एशियाली खेलकुद चाँजोपाँजो समितिका उप महासचिव कु श् यांगले पत्रकारसँग कुराकानी गर्दै सर्वोत्तम एशियाली खेलकुदको आयोजना गर्न आफूमा दरो संकल्प रहेको कुरा बताउनुभयो- "हामीले पहिलो दर्जाको रंगशाला र इन्डोर स्टेडियम, पहिलो दर्जाको बर बन्दोबस्त, पहिलो दर्जाको सेवा, पहिलो दर्जाको वातावरण र एउटा सर्वोत्तम र सबैभन्दा ठूलो पैमानाको एशियाली खेलकुदको आयोजना भन्ने कुरा प्रस्तुत गरेका छौं। यी कुराहरु हाम्रो क्षमताभन्दा बाहिर छैनन्"।
थाहा भएअनुसार क्वाँग चौ एशियाली खेलकुदका नयाँ रंगशाला र इन्डोर स्टेडियमको निर्माण कार्य सुरु भइसकेको छ साथै विस्तार र सुधार गर्ने योजनामा रहेका रंगशाला र इन्डोर स्टेडियमको निर्माण कार्य पनि क्रमशः सुरु हुँदैछ। क्वाँग चौ एशियाली खेलकुदका अधिकांश प्रतियोगिता स्थल र खेलाडी गाउँ रहेको ठाउँ क्वाँग चौ एशियाली खेलकुद शहरको निर्माण कार्य 2007 को नोभेम्बर छब्बीसदेखि औपचारिक रुपमा सुरु भएदेखि यता सब थोक बेरोकटोक रुपमा चलिरहेको छ। हाल त्यो कार्य धुमधामसँग चलिरहेकैछ। उप महासचिव कुले जानकारी दिँदै भन्नुभयो- "एशियाली खेलकुदका लागि सबैभन्दा ठूलो निर्माण परियोजना चाहिं एशियाली खेलकुद शहर हो। हालको प्रगतिबाट हेर्दा यो राम्रोसँग चलिरहेको छ। पूर्व योजनाअनुसार शायद निर्धारित समयभन्दा अगावै नै यो पूरा हुने सम्भावना रहेको देखिन्छ"।
क्वाँग चौ एशियाली खेलकुद एशियाली खेलकुदको अझसम्मको इतिहासमा सबैभन्दा धेरै खेलका विधा भएको साथै यसमा सम्मिलित हुने खेलाडीहरुको संख्या सबैभन्दा बढी भएको एक एशियाली खेलकुद हुनेछ। यसमा प्रतियोगिताका बयालीस विधा राखिएका छन्। तीमध्ये अठाइसवटा ओलिम्पिक खेलकुदको विधा र गैर ओलिम्पिक खेलकुदका चौध विधा छन्। खेलकुद नाच, ड्रेगन डुँगा नचाइ, चक्का भएको जुत्ता लगाएर खेल्ने स्केटींग, वै छी भन्ने बुद्धिचाल र क्रिकेट आदिलाई पहिलो पटक एशियाली खेलकुदको प्रतियोगिता विधाको सूचीमा उतारिएको छ। चालीसभन्दा बढी मुलुक र क्षेत्रका चौध हजारभन्दा बढी खेलाडीहरु र खेलकुद पदाधिकारीहरु यसमा सहभागी हुनेछन्।
|