
एकसठी वर्षिय तिब्बतीशास्त्री कल्जाँग येशे तिब्बत सामाजिक विज्ञान प्रतिष्ठानअन्तर्गत तिब्बती प्राचीन पुस्तक प्रकाशन संस्थाका निवर्तमान अध्यक्ष हुनुहुन्छ। उहाँले तिब्बती संस्कृतिको अध्ययन गर्नुभको दशौं वर्ष भइसक्यो। उहाँ तिब्बतीशास्त्रको अनुसन्धान गर्ने कार्यलाई एकदमै माया गर्नुहुन्छ।
श्री कसाँग येशेको जन्म सन् 1948 मा ल्हासाको कछाड क्षेत्रमा पर्ने त छिंग जिल्लाको एउटा गाउँमा भएको थियो। उहाँलाई कुनै याद नभएको सानो उमेरमा उहाँले आफ्ना बु आमालाई गुमाउनुपर्यो। हजुरआमाले उहाँलाई पालेर हुर्काउनुभयो। उहाँको घर पुर्ख्योली पुस्तादेखि भूदास परिवार नै थियो। भूदास प्रथामा परेको पुरान तिब्बतको बारेमा श्री कसाँग येशेले ऐतिहासिक सामग्रीलाई उद्धृत गर्दै भन्नुभयो-
"पुरानो तिब्बतमा करीब पचास थान संहिता थिए। तीमध्येका "तेह्र संहिता" र "सोह्र संहिता" सयौं वर्षका लागि लागू भएको थियो। त्यस संहिताको सातौं बुँदाले मानिसलाई तीनटा दर्जाका नौ तहमा बांडेको थियो। तमाम पुरानो तिब्बतमा भूदासलाई तीनवटा ठूला ठालु रजौटाले बोल्ने साधन ठानेका थिए"।

सन 1959 मा तिब्बतले प्रजातान्त्रिक सुधारको स्वागत गर्यो। त्यहाँ सामन्ती भूदास प्रथालाई उन्मूलन गरियो। त्यस बाख किशोरी कसाँग येशेले पनि विद्यालयमा पढ्न जाने सुअवसर पाउनुभयो। माध्यमिक विद्यालयको परीक्षाबाट पास गरेपछि कसाँगलाई केन्द्रीय जातीय विश्वविद्यालयको हान तिब्बत भाषा अनुवाद विषय पढ्न पठाइयो। सन 1997 मा उहाँ चिनियाँ सामाजिक विज्ञान प्रतिष्ठानअन्तर्गत प्राचीन तिब्बती भाषा अध्ययन कक्षामा एम ए पढन थाल्नुभयो। सनातकोत्तर भएपछि उहाँ आफ्नो इच्छानुसार तिब्बत सामाजिक विज्ञान प्रतिष्ठानमा काम गर्न तिब्बत फर्कनुभयो। त्यहाँ उहाँले तिब्बती प्राचीन पुस्तक बारे अनुसन्धान गर्दै आउनुभएको छ। यस क्रममा उहाँले धेरै थेसिस र किताबहरु प्रकाशित गर्नुभयो। सन् 2003 श्री कसाँग येशेलाई तिब्बती प्राचीन पुस्तक प्रकाशन संस्थाका प्रमुखमा नियुक्त गरियो। उहाँले तिब्बती संस्कृतिको विकासका लागि केही योगदान गरेकोमा आफूलाई आत्मगौरव लागेको कुरा बताउनुभयो-
"हाम्रो प्रकाशन संस्थाले "हिम पठारभूमिको साहित्य ढुकुटी" को नाउँमा लगभग पचास किसिमका किताब प्रकाशित गरेको थियो। ती किताबहरुको अमूल्य छ। ती किताबहरु प्रायजसो हातले लेखेको वा काठमा कुँदेको हुँदा त्यतिको प्रचलित थिएनन। ती किताबहरु अन्तर्राष्ट्रिय तिब्बतीशास्त्र क्षेत्रमा निकै लोकप्रिय छन। अमेरिकी काँग्रेसको पुस्तकालयले ती किताब संकलन गरेको छ र जापान, बेलायतर नोर्वे आदि अरु धेरे मुलुकहरुमा पनि हाम्रा किताब छन"।

क्रमशः
|