china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनको तिव्वती चिकित्सा पद्धति र जडीबुडीको अभूतपूर्व विकास
    (GMT+08:00) 2009-07-13 20:55:21    

                 चिनियां परम्परागत चिकित्साको एक भागको रुपमा रहेको तिव्वती चिकित्सा पद्धतिको दुइ हजार तीन सय वर्षको इतिहास रहेको छ । तिव्वत क्षेत्रमा तिव्वती चिकित्सा पद्धति र जडीबुडीव्दारा उपचार गर्ने व्यवस्था सबै गाउंबस्तीमा भरिपूर्ण रहेको छ । हाल तिव्वत क्षेत्रमा दशवटाभन्दा बढी ठूलो खालका तिव्वतय चिकित्सा पद्धतिका संस्थाहरु छन् । ती संस्थाहरुमा हजारौं मानिसहरु कार्यरत् रहेका छन् । आज हामीहरुले तपाईंहरुलाई विकसित भइरहेको तिव्वती चिकित्सा पद्धति र जडीबुडी सम्बन्धी कार्यबारे केही परिचय दिने जमर्को गरेका छौं।

                प्रोफेसर डोन्ड्रुप तिव्वतिय तिव्वती चिकित्सा पद्धति र जडीबुडी अनुसन्धान प्रतिष्ठानका प्रमुख हुनुहुन्छ । उहां गत शताव्दीको पचासको दशकमा तिव्वतको शान्तिपूर्ण मुक्ति भएपछि तिव्वती चिकित्सा विषय पढेर स्नातक भएका पहिलो खेपका विद्यार्थीहरुमध्येका एक हुनुहुन्छ । पछिल्ला अठार वर्षदेखि उहांले अनवरत् रुपमा आफ्नो काममा लाग्दै आउनुभएको छ । उपचार गर्ने , कक्षा पढाउने , वैज्ञानिक अनुसन्धान गर्ने विभिन्न स्थानमा दिन प्रति दिन उहांको छायां देख्न सकिन्छ। हालसम्म उहांलाई सबैभन्दा खुशी लागेको कुरा के हो भने तिव्वतको तिव्वती चिकित्सा पद्धति कलेजमा बढी विद्यार्थीहरुलाई पढाउनु र तिव्वती चिकित्सा पद्धतिलाई विकसित र फराकिलो पार्नु रहेको छ । प्रोफेसर डोन्ड्रुपले भन्नुभयोः

                पहिले परम्परागत तिव्वती चिकित्सा पद्धति पढेका विद्यार्थीहरु तीन सयजना मात्र थिए तर हाल आएर चौध सय चालीसजनाभन्दा बढी विद्यार्थीहरुले परम्परागत तिव्वती चिकित्सा पद्धति पढिरहेका छन् । यसरी परम्परागत तिव्वती चिकित्सा पद्धतिको बिंडो थाम्ने कार्य राम्ररी जारीरहेको छ ।

                प्रोफेसर डोन्ड्रुपका अनुसार यति ठूलो परिवर्तन सरकारले लामो समयसम्म तिव्वती चिकित्सा पद्धति र जडीबुडी कार्यलाई दिएको आड-भरोसा र ध्यानबाट अलग्ग हुन सक्दैन । सुधार र खुलापन नीति लागू भएदेखि यता सरकारले अघि पछि गरी विभिन्न स्तरीय तिव्वती चिकित्सा पद्धतिका संस्थालाई वैज्ञानिक अनुसन्धान गर्न प्रोत्साहन दिनका लागि करोड चिनियां युआनको लगानी लगाइसकेको छ। सन् उन्नाइस सय उन्नसट्ठीभन्दा अघि तिव्वतमा दुइटा चिकित्सा संस्था मात्र थिए । त्यसबेला ती संस्थाहरुले खालि कुलीन , जमीनदार र उच्च स्तरीय भिक्षुहरुका लागि सेवा गर्ने गर्दथे । तर अहिले आएर तिव्वतका झण्डै सबै जिल्ला स्तरीय अस्पतालमा तिव्वती चिकित्सा विभाग हुन्छ ।

                तिव्वती चिकित्सा पद्धति र जडीबुडीको विकासलाई सम्बर्द्धन गर्नकालागि सन् उन्नाइस सय पचासी सालदेखि यता तिव्वत जातिय स्वायत्त प्रदेशको सरकार तथा स्वास्थ्य विभागले तिव्वती चिकित्सा पद्धति र जडीबुडी सम्बन्धी कार्यलाई जोगाड ,विकसित र नियमित गर्ने दर्जनौं नियम र विनियमहरुको तर्जुमा र प्रकाश पार्दै आएका छन्। पछिल्ला बीस वर्षभन्दा बढी समयदेखि चीन राष्ट्रभरिका तिव्वती चिकित्सा पद्धति सम्बन्धी शिक्षा क्रमशः नियमित हुँदै आएको छ। तिव्वत जातिय स्वायत्त प्रदेशको तिव्वती चिकित्सा पद्धतिको कलेज , छिंग हाइ प्रान्तको तिव्वती चिकित्सा पद्धतिको कलेज , छन् तु चिनियां चिकित्सा र जडिबूडी विश्वविद्यालयको तिव्वती चिकित्सा पद्धति विभाग , कान् सु प्रान्तको चिनियां चिकित्सा कलेजको तिव्वती चिकित्सा पद्धति विभाग आदि विश्वविद्यालयले विभिन्न स्थानमा थुप्रै विशेष दक्ष-व्यक्ति पठाएका छन् । यसका अतिरिक्त केही अस्पताल र गैर-सरकारी संघ-संस्थाले तिव्वती चिकित्सा पद्धतिको अध्ययन कक्षा र तालीम कक्षाको आयोजना गरेर थुप्रै तिव्वती चिकित्सा पद्धति र जडीबूडी सम्बन्धी कार्यकर्तालाई हुर्काएका छन्। जसले आधारभूत क्षेत्रमा तिव्वती चिकित्सा पद्धति र जडीबूडी सम्बन्धी कार्यकर्ताको अभावलाई पूर्ति गरेको छ । सन् दुइ हजार छ सालको अन्तसम्म खालि तिव्वतमा चौधवटा तिव्वती चिकित्साका संस्थाहरु , जिल्ला स्तरीय अस्पतालमा साठीवटाभन्दा बढी तिव्वती चिकित्सा पद्धतका विभागहरु रहेका छन् । ती संस्था र विभागहरुमा झण्डै दुइ हजारभन्दा बढी मानिसहरु कार्यरत् छन् । तिव्वत क्षेत्रबाहेक चीनका विभिन्न स्थानमा दशवटाभन्दा बढी शहरमा तिव्वती चिकित्सा पद्धतिको संस्था स्थापना भएको छ । जसले भित्री चीनका बिरामीहरुका लागि सेवा उपलव्ध गराउंछ ।

                 तिव्वती चिकित्सा पद्धति र जडीबूडी कार्यलाई अरु बढी रुपमा आड भरोसा दिन र विकसित पार्नका लागि सन् उन्नाइस सय बयान्नव्वे सालमा पैचिंग तिव्वती चिकित्सा पद्धति अस्पतालको स्थापना भएको थियो । पछिल्ला वर्षदेखि सो अस्पतालले विभिन्न स्थानबाट आएका प्रख्यात तिव्वती चिकित्सा पद्धति जान्ने डाक्टरलाई तानेको छ । तिव्वत चिकित्सक कलेजका प्रोफेसर नीमा त्सेरिंगले जानकारी दिंदै भन्नुभयोः

               वर्तमान परिस्थितिमा सिंगै तिव्वती चिकित्सा पद्धति र जडीबूडी कार्यमा मुक्तिभन्दा अघि आकाशपतालको परिवर्तन भएको छ । जस्तो भनौं शिक्षा क्षेत्रमा मुक्तिभन्दा अघि तिव्वतमा अलि राम्रो तिव्वती चिकित्सा पद्धति र जडीबूडी सम्बन्धी शिक्षा अखडा झण्डै थिएन । तर हाल आएर तिव्वती चिकित्सा पद्धति र जडीबूडी सम्बन्धी शिक्षा खास गरी तिव्वती चिकित्सा पद्धति र जडीबूडी सम्बन्धी उच्च स्तरीय शिक्षा अखडा स्थापित भएपछि सिंगै तिव्वती चिकित्सा पद्धति र जडीबूडी सम्बन्धी शिक्षाको परिमाण , वातावरण र शिक्षक-शिक्षिका आदि विभिन्न क्षेत्रको विकास भएको छ ।

                 तिव्वतमा तिव्वती जडीबूडीको अभूतपूर्व विकास पनि भएको छ । यस सन्दर्भमा तिव्वती चिकित्सा पद्धति कलेजका प्रोफेसर नीमा त्सेरिंगले बताउनुभयोः

                 शिक्षा र स्वास्थ्यको विकासमा अभूतपूर्व परिवर्तन भएको छ । धेरै मुलुकहरुका सर्वसाधारणले चिट्ठी पठाएर तिव्वती चिकित्सा पद्धति र जडीबूडी सम्बन्धी अध्ययन र अनुसन्धानमा लाग्ने आशा व्यक्त गरेका छन्।

                  तिव्वती चिकित्सा पद्धति र जडीबूडीको भविष्य उज्ज्वल भएको कारणले केही अन्तर्राष्ट्रिय पूंजि पनि तिव्वती चिकित्सा पद्धति र जडीबूडीको विकास कार्यमा प्रवेश गर्न थालेको छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040