 लिउ चौ मेशिनरी कम्पनी लिमिटेडडजस्तै क्वाङ्ग सी यु छाई मेशिनरी कम्पनी लिमिटेडडले सिर्जनशीलतामा भर परी बजार प्रतिस्पर्धामा विजय प्राप्त गरेको छ। क्वाङ्ग सी यु छाई मेशिनरी कम्पनी लिमिटेडडद्बारा उत्पादित युरोप चारको निष्काशन मापदण्डसित अनुकूल हुने दुई हजार मोटरहरु सन् 2008 साल पैचिंग ओलम्पिक खेलकुदमा सार्वजनिक यातायातलाई दिइएको हरित चालक शक्तिहरुमध्येको एकमात्र स्वदेशी ट्रेडमार्क भएको छ। अनुसन्धान तथा विकास गरिएको युरोप पाँचको निष्काशन मापदण्डसित अनुकूल हुने मोटर चीन सरकारको योजनाभन्दा पाँच वर्षअघि नै प्रमाणित भएको छ।

क्वाङ्ग सी यु छाई मेशिनरी कम्पनी लिमिटेडडअन्तर्गत प्रतिष्ठानका प्रमुख लिन चि छ्याङले क्वाङ्ग सी यु छाई मेशिनरी कम्पनी लिमिटेडले सफलता प्राप्त गरेको अनुभव उहाँको कम्पनीले सहकर्मी व्यवसायहरुको अगाडि उभिन अथक प्रयास गर्नु हो भन्ने कुरा बताउनुभयो। उहाँले भन्नुभयो:
"हाम्रो अनुभव नयाँ उत्पादित-वस्तुहरुको विकास हो। केही वर्षदेखि यता हामीले बिक्री रकमको 3 प्रतिशत रकमलाई नयाँ उत्पादित-वस्तुको अनुसन्धान तथा विकासमा प्रयोग गरेका छौं। सन् 2007 साल अनुसन्धान तथा विकास शुल्क लगभग तीस करोड चिनियाँ युआन पुगेको थियो। हाम्रो प्राविधिक केन्द्रमा अठार जना डाक्टरहरु अर्थात विद्यावारिधी गरेकाहरु छन्। हाल चीनले युरोप तीनको निष्काशन मापदण्ड लागू गर्दैआएको तर हामीले युरोप छको निष्काशन मापदण्डसित अनुकूल हुने उत्पादित-वस्तुको अनुसन्धान तथा विकास गर्दैआएका छौं।"
निरन्तर सिर्जनशीलताको धारणामा भर परी क्वाङ्ग सी यु छाई मेशिनरी कम्पनी लिमिटेडले सन् 1951 मा स्थापना गरिएको सानो ज्यासलबाट डिजेल ग्याँस मोटर, मेशिनरी, मोटर गाडीको कल पूर्जा, मोटर गाडीको रसायन, मेशिनरी तथा इलेक्ट्रिक ढुवानी, विशेष क्षेत्रमा प्रयोग गरिने मोटर गाडी मुख्य व्यावसायको रुपमा ठूलो समूह हुर्किरहेको छ। क्वाङ्ग सी यु छाई मेशिनरी कम्पनी लिमिटेडडका चीफ इन्जिनियर छिउ रई सिङले अहिले क्वाङ्ग सी यु छाई मेशिनरी कम्पनी लिमिटेडले आफूसँग प्रतिस्पर्धा गरिरहेको कुरा व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो:
"हाम्रो लक्ष्य आफ्नो उत्पादित-वस्तुले आफ्नो पुरानो उत्पादित-वस्तु हराउनु हो।"

क्वाङ्ग सीको जडिबुटी स्रोत-साधन प्रशस्त छ। जडिबुटीको आधारमा विकसित भएको ल्याङ मेन चैन नामक दन्त मञ्जन चीनको जडिबुटी दन्त मञ्जनको पहिलो ट्रेड मार्का भएको दन्तमञ्जन बनेको छ। ल्याङ मेन चैन नामक दन्तमञ्जन कम्पनी लिमिटेडडका जिम्मेवार व्यक्ति लिन चुआन व्हाङले उहाँको कम्पनीले पचास वर्षअघि सानो ज्यासलबाट अहिले कूल पूँजी चार अर्ब चिनियाँ युआनभन्दा बढी पुगेको शेयर बिक्री गर्नमिल्ने कम्पनीको रुपमा विकास गरेको र उहाँको कम्पनीको विकास आत्मनिर्भर सिर्जनशीलतामा भर परेको कुरा बताउनुभयो। श्री लिनले भन्नुभयो:
"ल्याङ मेन चैनले स्वदेशी ट्रेड मार्काको स्थापना गर्नुका साथै आत्म निर्भर भएर सिर्जनशील गरेको छ। ल्याङ मेन चैन कम्पनीको विकास ल्याङ मेन चैन नामक दन्तमञ्जनबाट विकसित भएको हो। ल्याङ मेन चैन कम्पनीले ट्रेड मार्कको धारणाको स्थापना गर्नुका साथै उत्पादन स्तरलाई निरन्तर रुपमा माथि उकासिरहेको छ।"
झन् झन् बढी विदेशी प्रसिद्ध दन्त मञ्जन उद्योग-व्यवसायहरुले चीनको बजारमा प्रवेश गरेका छन्। श्री लिनले ल्याङ मेन चैन कम्पनी प्रतिस्पर्धामा सक्रियताका साथ संलग्न भएको कुरा व्यक्त गर्नुभयो। उहाँका अनुसार, भविश्यमा ल्याङ मेन चैन कम्पनीले प्रविधिको अनुसन्धान तथा विकासलाई सबल पार्ने, बजारलाई विस्तार गर्ने, स्वदेशी ट्रेड मार्काको स्थापना गर्ने छ। ल्याङ मेन चैन कम्पनीले आफ्नो उद्योग-व्यवसाय झन् शक्तिशाली हुने कुरामा विश्वास गरेको छ।
|