
सोहु डट कम(sohu.com) भन्ने वेभसाइटका सबै च्यानलहरुमध्ये किताब पढ्नु च्यानल प्रयोगकर्ताहरुबाट सबभन्दा बढी क्लिक पाएको र यसै च्यानलको प्रयोगकर्ताको संख्या पनि स्थिर रुपमा बृद्धि हुँदै आएको कुरा प्रमुख सम्पादक श्रीमती लीउ यीङले बताइन्।
बितेका केही वर्षमा चीनका अध्ययन संस्थाहरुले गरेको चिनियाँहरुको किताब पढ्नु सम्बन्धी सर्भेक्षणको नतिजाबाट हेर्दा चिनियाँहरुमाझ परम्परागत उपाय अर्थात कागजमा छापिने किताब पढ्नेहरुको संख्या तल झर्नुका साथसाथै इन्टरनेट, मोबाइलफोन आदि उपायले किताब पढ्नेहरु स्पष्टसँग बढ्दै आएको बताइएको छ। चीन प्रकाशन तथा विज्ञान अनुसन्धानालयले गत महिनाको बाइस तारिखका दिन प्रकाशित सम्बन्धित सर्भेक्षणको नतिजाबमोजिम्, इन्टरनेट, मोबाइलफोनलगायतका डिजिडल माध्यमबाट किताब पढ्नेहरु सम्पूर्ण किताब पढ्नेको पच्चीस प्रतिशत पुग्यो र विविध किमिसका माध्यममध्ये् इन्टरनेटमा पढ्नु सबभन्दा लोकप्रिय उपाय हो।

यस्तो प्रवाहसँगसँगै अघि बढ्दै चीनका बहु सरकारी विभागहरुले सबै इन्टरनेटमा पढनु भन्ने कार्यक्रम आयोजित गरी मुख्य सरकारी वेभसाइट तथा समाचार वेभसाइटमा किताबको सिफारित तथा चन्दा गरेका छन्। चीन समाचार तथा प्रकाशन व्यूरो लगायतका सरकारी विभाग तथा सम्बन्धित संस्थाहरुको प्रयासमा "चिनियाँ इन्टरनेटमा किताब पढ्ने वेभसाइट" गत महिनाको बाइस तारिखका दिन संचालनमा आयो। यस वेभसाइटमा दशौं हजार वटा किताबको निःशुल्क अथवा शुल्कसहित सेवा प्रदान गरिन्छ। ती किताबहरु सामाजिक, बैज्ञानिक, शैक्षिक, सैनिक तथा साहित्य क्षेत्रसँग सम्बन्धित् छन्। चीन प्रेस तथा प्रकाशन वेभसाइटका जिम्मेवार व्यक्ति श्री से कुआङ छाइले विस्तृत रुपमा जानकारी दिँदै भनेः
"हालसम्म हाम्रो बेभसाइटमा दश हजार किसिमका किताबहरु राखिएको छ। पढ्नेहरुले इन्टरनेट, मोबाइलफोन अथवा एम.पी. थ्रीबाट ती किताबलाई हेर्न पाउँछन्। हामीले किताब पढ्ने महिनामा दुइ सय वटा किताब निःशुल्क रुपमा प्रदान गर्छौं। त्यसपछि हरेक दिन पाँच वटा नयाँ किताब निःशुल्क रुपमा राख्ने छौं।"

इन्टरनेटले किताब पढ्ने नयाँ तरिका प्रदान गरेको मात्र होइन यसमा किताब किन्नु, किताबको आलोचना गर्नु, श्रब्य किताब सुन्नु, प्रसिद्ध व्यक्तिले किताब पढ्न हेर्नुलगायत् पढ्नेसम्बन्धी सबै काम गर्न सकिन्छ।
(क्रमशः)
|