china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    सर्वोत्तम एशियाली खेलकुदको आयोजना गर्न क्वाँग चौ शहर प्रयासरतको दोस्रो भाग
    (GMT+08:00) 2009-07-17 10:08:59    
                   क्वाँग चौ एशियाली खेलकुद एशियाली खेलकुदको अझसम्मको इतिहासमा सबैभन्दा धेरै खेलका विधा भएको साथै यसमा सम्मिलित हुने खेलाडीहरुको संख्या सबैभन्दा बढी भएको एक एशियाली खेलकुद हुनेछ। यसमा प्रतियोगिताका बयालीस विधा राखिएका छन्। तीमध्ये अठाइसवटा ओलिम्पिक खेलकुदको विधा र गैर ओलिम्पिक खेलकुदका चौध विधा छन्। खेलकुद नाच, ड्रेगन डुँगा नचाइ, चक्का भएको जुत्ता लगाएर खेल्ने स्केटींग, वै छी भन्ने बुद्धिचाल र क्रिकेट आदिलाई पहिलो पटक एशियाली खेलकुदको प्रतियोगिता विधाको सूचीमा उतारिएको छ। चालीसभन्दा बढी मुलुक र क्षेत्रका चौध हजारभन्दा बढी खेलाडीहरु र खेलकुद पदाधिकारीहरु यसमा सहभागी हुनेछन्।

                     उपमहासचिव कु श् याँगले कुराकानी गर्दै क्वाँग चौ एशियाली खेलकुदमा एशियाली ओलिम्पिक परिषद्‍का पैँतालीसवटा सदस्यहरुको ठूलो जमघट हुने आशा गरिएको कुरा बताउनुभयो- "हामीले प्रतियोगिताको विधा अनुसार नाउँ पूर्व दर्ता गराउने काम गरेका थियौं। त्यसको नतिजाबाट हेर्दा जम्मा पैंतालीसवटा मुलुक र क्षेत्रहरुमध्ये अड्तीसवटा मुलुक र क्षेत्रहरुले जवाफ दिइसकेका छन्"।

                    विश्वव्यापी रुपमा फैलिइरहेको अन्तर्राष्ट्रिय बैंकिङ संकटबाट क्वाँग चौ एशियाली खेलकुदमाथि केही धक्का पुग्ला कि भनेर कसै-कसैले चिन्ता लिइरहेका छन्। तर उप महासचिव कुले भन्नुभयो- बैंकिङ संटकबाट क्वाँग चौमा सीमित असर त पर्ला। तर उहाँले क्वाँग चौ एशियाली खेलकुदको बजारको भविष्यप्रति आशावादी धारणा लिनुभएको छ।

                    आफ्नो घर दैलोअगाडि आयोजना हुने एशियाली खेलकुदका बारेमा धेरै क्वाँग चौ बासीहरुले आफू अत्यधिक उत्साह लिएर यसलाई सक्दो समर्थन दिने र सहभागी हुने विचार व्यक्त गरेका छन्। क्वाँग चौ बासी सुश्री लिउ योंग च्युनले भनिन्- "क्वाँग चौबासीको नाताले हामीले एशियाली खेलकुदको स्वागत गर्नु स्वाभाविकै कुरा हो। मलाई के लागेको छ भने चाहे बाहिर सडक बजारमा हिडून्, शिष्टाचारी बोलचाल गरुन् अथवा विभिन्न आधारभूत प्रबन्धहरुको बारेमा जानकारीमा हामीले आफूलाई बढी ज्ञान लिनुपर्छ र पाहुनाहरुलाई झन राम्रो र झन् न्यानो सेवा प्रदान गर्नुपर्छ र राम्ररी घरबेटीको भूमिका निर्वाह गर्नुपर्छ"।

                    हाल क्वाँग चौ एशियाली खेलकुदको प्रतियोगिता सूची मोटामोटी बनाइएको छ साथै प्रतियोगिताका विधा र मिति पनि निश्चित गरिएको छ। एशियाली खेलकुदका रंगशाला र इन्डोर स्टेडियमको निर्माण कार्य धुमधामसँग भइरहेको छ। एशियाली खेलकुदको सूचना प्रणालीको उत्खनन कार्य सारगर्भित चरणमा पुगेको छ। टेलिभिजन प्रसारणको प्रमुख संस्थाको गठन गरिंदैछ। त्यसको उद्‍घाटन र विसर्जन समारोह तथा ज्योति रिलेसम्बन्धी योजनाको तर्जुमा गरि सकिएको छ। बजारको विकास गर्ने सन्दर्भमा तेइसवटा उद्योग व्यवसायले क्वाँग चौ एशियाली खेलकुदका प्रायोजक वा आपूर्तिकर्ता बन्ने करारपत्रमा हस्ताक्षर गरिसकेका छन्। प्रायोजकले दिने रकम होस् वा उद्योग व्यवसायले दिने रकम यी दुवैले यसभन्दा अघिका कुनै पनि एक एशियाली खेलकुदभन्दा धेरै राम्रो भएको देखिन्छ।

                   क्वाँग चौ एशियाली खेलकुद एक सर्वोत्तम र अविस्मरणीय भव्य खेलकुद समारोह बन्ने कुरामा हामीलाई पूर्ण विश्वास छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040