china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    म्याउ जातिको भेष-भूषामा रहेको बुट्टामा विश्वास
    (GMT+08:00) 2009-07-20 21:09:20    

                म्याउ जाति चीनका पच्पन्न अल्पसं‍ख्यक जातिहरुमध्येको एक हो । त्यो जाति मुख्यतः क्वी चौ , युन् नान् र हु नान् आदि प्रान्तहरुमा बसोबास गर्दछ । म्याउ जातिको इतिहास निकै लामो रहेको छ । लामो इतिहासको अवधिमा म्याउ जातिको आफ्नो विशेष जातिय रिति-रिवाज पनि रहेको छ । प्रत्येक चाड पर्वमा म्याउ जातिकी केटीहरुले आफूबाट कारचोबी गरिएको पोशाक र परिवारबाट आफ्ना लागि तयार पारिएका चांदीका गहना लाएर राम्रो सजिसजाउ भएर मनाउने गर्दछन् । सुन्दरता देखाउनबाहेक म्याउ जातिका पोशाक र चांदीका गहनाको असामान्य अर्थ रहेको छ।

                इतिहासमा म्याउ जातिको आफ्नो लिपी थिएन । पुस्तापुस्तौंसम्म मौखिक रुपमा पहिले चलिरहेको कथा ,आफ्ना पुर्खाहरु बसोबास गरेका शहर , अन्यत्र सरेको बाटो आदि कुराहरु लोक गीत र बलि चढाउने संस्कारमा गाभिएको थियो । यसका अतिरिक्त ती कथा र अनुश्रुतिलाई सदासर्वदा नबिर्सनका लागि एक एक सियो र एक एक धागोव्दारा म्याउ जातिका पोशाक र चांदीका गहनामा कारचोबी गरिएको थियो ।

                क्वी चौ प्रान्तको छिआन् तोंग नान् म्याउ र थोंग जातिय स्वायत्त प्रिफेक्चरको लै शान् जिल्लाको सि च्यांग बस्तीमा एक हजार परिवारभन्दा बढी म्याउ जाति बसोबास गरेको गाउँ रहेको छ । यहां समाचारको संकलन गर्दा हाम्रा पत्रकारले यहांका मानिसहरुको पोशाक र गहनामा सबैभन्दा बढी देखिने बुट्टा पुतली हो भन्ने कुरा पत्ता लागए। यहांका एकजना थांग थरका जातिप्रमुखले हामीहरुलाई बताउनुभयोः           

                हामीहरुले लाएको पोशाक , भेषभूषा र चांदीको गहनामा विविध बुट्टाहरु र चित्रहरु छन् ।तर चांदीको गहनामा वा पोशाक र भेषभूषामा होस् सबैभन्दा बढी देखिने पुतली हो । किम्वदन्तिका अनुसार हाम्रो पुर्खा पुतली नै थिए । हामीहरुले पुर्खालाई पुतली आमा भन्छौं ।

              "पुतली" सम्बन्धी कथाबारे क्वी चौ प्रान्तको साहित्यिक र कला समूहको महासंघका उपाध्यक्ष प्रोफेसर ह क्वांग युले भन्नुभयोः

                 म्याउ जातिका पोशाक , भेषभूषा र चांदी गहनामा रहने चित्र र बुट्टा म्याउ जातिको टोटेमको परिवर्तित आकार हो । म्याउ जातिको पोशाक र चांदीका गहनामा धेरै कपासको रुखको पात र पुतली देखा पर्दछन् । किनकि तिनीहरुले आफ्नो पुर्खा कपासको रुखको हृदयबाट बनेको पुतली हो भन्ने मान्दछन् । त्यसपछि सो पुतलीले बाह्रवटा फल जन्माएको थियो । त्यसपछि ती फलबाट दुनियांमा मानव र जनावर लगायतका सबै चीजहरु उत्पन्न भएका थिए । त्यसैले तिनीहरुले पुतलीलाई आफ्नो आमा मानेका छन् र कपासको रुख आफ्नो पुर्खा मान्ने गर्दछन् ।

                 म्याउ जातिका मानिसहरुले प्राकृतिप्रति आफ्नो भक्ति र आदर भावलाई आफ्नो चांदीको गहना र पोशाकमा देखाएका छन् । पुतली जस्ता चित्र र बुट्टाबाहेक ड्रागन , मछा र चमेरा जस्ता चरा, फूल , किरा पनि छन् । वास्तवमा म्याउ जातिको पोशाक र चांदीका गहनामा रहेको प्रत्येक जनावर र वनस्पत्तिमा यौटा सौन्दर्य र मर्मस्पर्शी अनुश्रूति हुन्छ र प्रत्येक चित्र वा बुट्टाको आकारको आफ्नो अर्थ रहेको छ ।

                 म्याउ जातिका केटीहरुले आफू विवाह गर्नुभन्दा अघि अवश्य नै स्वयं आफैले विवाह पोशाक बनाउनु पर्छ त्यसमा कार्चोबी हुनु पर्छ। तिनीहरुले पुर्खाप्रतिको आफ्नो स्मरण र भावी जीवनप्रतिको सिंहावलोकनलाई एक-एक सियो र एक-एक धागोलाई त्यो विवाह लुगामा कारचोबी गर्छन् । सो कार्चोबी गर्ने काम साधारणतया तीन वर्षदेखि पांच वर्षसम्मको समय लाग्छ । चलाख र राम्रो कौशल भएकी म्याउ जातिकी केटीले मानिसहरुबाट प्रशंसा प्राप्त गर्नुबाहेक म्याउ जातिका बढी केटाहरुको प्रेम प्राप्त गर्न सक्छ ।

                 राम्रो देखिने कार्चोबी पोशाकबाहेक चांदीको गहना पनि म्याउ जातिका जनताले इतिहास र विश्वासलाई कायम राख्ने अर्को माध्यम हो। म्याउ जातिको चांदीको गहनामा कुंदिएको बुट्टा र चित्र कार्चोबीसित बराबर रहेको छ । ती धेरैजसो त म्याउ जातिले भक्ति गरेको पुतली र अन्य जनावरको बुट्टा हो । चांदीको गहनाको आकारको पनि अर्थ रहेको छ । जस्तो भनौं हाल म्याउ जातिका केटीहरुले लाएको चांदीको सिङ् पनि आदिकालमा म्याउ जातिको मातृसत्तात्मक समाजबाट छोडीएको चालचलन र परम्परा हो । त्यस बेलाका पुरुषहरुले शक्ति र बलियोपनाप्रति भक्ति गर्थे । तिनीहरुको टाउकोमा गाइको सिङ्बाट सुसज्जित हुन्थ्यो । पछि म्याउ जातिकी महिलाहरुले पुरुषको भेष-भूषा र गहनाको बिंडो थामेका छन् । तिनीहरुले गाइको सिङ्लाई सजिसजाउको गहनाका रुपमा बनाएका छन् । यसै कारणले मानिसहरुले म्याउ जातिको चांदीका गहनालाई "सेतो टोटेम"भन्ने गरेका हुन् ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040