china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्बारा व्यापार तथा लगानी प्रबर्द्धन मण्डल पठाइएको विषयबारे जानकारीको पहिलो भाग
    (GMT+08:00) 2009-07-21 09:40:43    

               चीनका प्रधानमन्त्री वन च्या पाउको युरोप भ्रमणबाट प्राप्त उपलब्धिलाई व्यवहारमा उतार्नका लागि गत फेब्रुअरी महिनाको पछिल्ला दश दिन चिनियाँ वाणिज्य मन्त्री छन् द मिङले चीन व्यापार तथा लगानी प्रबर्द्धन मण्डलको नेतृत्व गरी युरोपका चार मुलुकहरुको भ्रमण गर्नुभयो। चीन व्यपार तथा लगानी प्रबर्द्धन मण्डलले खरिद गर्ने ठेक्का पत्रको कूल रकम दश अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ। गत मार्च महिनाको सात तारिख चीनले युरोपतर्फ लगानी सहयोग कार्य टोली फेरि एक पटक पठाएको छ। विभिन्न क्षेत्रका व्यक्तिहरुका अनुसार, चीनले प्रतिनिधि मण्डल पठाई विदेशमा आर्थिक तथा व्यापारिक आदान-प्रदान र सहयोग गरेको कुराबाट चीनले विश्वका विभिन्न मुलुकहरुसँग मिलेर व्यापारिक संरक्षणवादको विरोध गर्ने कुरा प्रतिविम्वित भएको छ। 

              गत जनवरी महिनाको अन्तदेखि फेब्रुअरी महिनाको सुरुसम्म चीनका प्रधानमन्त्री वन च्या पाउले युरोपका चार मुलुकको भ्रमण गर्नुभएका बेलामा चीनले युरोपका विभिन्न मुलुकसँग वर्तमान कठिनाइलाई संयुक्त रुपमा सामना गर्ने कुरा बताउनु भएको थियो । चीन व्यापार तथा लगानी प्रबर्द्धन मण्डलका प्रमुख एवम् चिनियाँ वाणिज्य मन्त्रीको हैसियतले छन् द मिङले युरोपको भ्रमण गर्दै उक्त प्रतिनिधि मण्डलले यस पटकको युरोप भ्रमण गर्ने उद्देश्य वचन-बद्धतालाई व्यवहारमा उतार्नु हो भन्ने कुरा व्यक्त गर्नुभयो। श्री छनले भन्नुभयो:

               यसले युरोपको भ्रमणका क्रममा व्यक्त वचन-बद्धताअनुरुप चीन सरकारले जुन कुरा भनेको छ त्यही अनुसार काम गर्छ भन्ने कुरा प्रतिविम्वित भएको छ। हामीले व्यापारिक संरक्षणवादको विरोध गर्ने गर्दछौं। हामीले व्यवहारिक गतिविधिमार्फत हाम्रो बजारलाई गहिरो रुपमा खुला गर्नेछौं। हामीले युरोप आएर विविध वस्तु खरिद गरेका छौं। पारस्परिक व्यापारमार्फत वर्तमान कठिनाइलाई पार गर्ने आशा हामीले लिएका छौं।"

              चीन सरकारको खुला धारणा र चीन सरकारले चालेको सकारात्मक र जिम्मेवार कदमहरुको युरोपको अर्थतन्त्र क्षेत्रसँग संवद्ध व्यक्तिहरुद्बारा उच्च मूल्यांकन गरिएको छ। जर्मनीका अर्थ तथा प्रविधि मन्त्री कार्ल थोदरले बोल्दै चीनको खरिद गतिविधि चीन र जर्मनीबीचको आर्थिक तथा व्यापारिक सहयोगलाई सबल पार्न र वर्तमान संकटको संयुक्त रुपमा सामना गर्नका लागि हितकर भएको कुरा बताउनुभयो। उहाँले भन्नुभयो:  

             "बैकिङ संकटको सामना गर्नका लागि जर्मनी र चीनका सरकारहरुले तीब्र र सशक्त कदमहरु चालेका छन्। तर एक मुलुकले मात्र अर्थतन्त्रलाई तेज पार्ने योजनाले मन्दी छाएको र विश्व बजारको आवश्यकतालाई पूर्ण पुनरुत्थान गर्न सक्ने छैन। त्यसैले चीन र जर्मनीले आर्थिक तथा व्यापारिक आदान-प्रदानलाई सबल पार्नुमा महत्वपूर्ण अर्थ रहेको छ। कठिन अवधिमा चीनको खरिद मण्डलले संकल्प र सक्रिय संकेत दिएको छ। दुई मुलुकले विश्व व्यापार संगठनको दोहा चरण वार्तालाई संयुक्त रुपमा जोडदिने नीतिको तर्जुमा र आर्थिक योजनाको कार्यान्वयनको क्रममा संरक्षणवादको प्रवृत्ति दोहोरिन नदिने निर्णय गरेका छन्।"

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040