
इन्टरनेट आधारित किताब पढ्नु चिनियाँहरुमाझ लोकप्रिय बन्दै गएको छ। यस्तो पृष्टभूमिमा चीन राष्ट्रिय पुस्तकालयको डिजिडल पार्ने काम पनि छिटो बन्दै गएको छ। हालसम्म राष्ट्रिय पुस्तकालयमा किताब पढ्नेहरुका लागि दश किसिमका सेवा प्रदान गर्छ। तीमध्ये डिजिडल समाचारपत्र पढ्नु, अन्धोका लागि डिजिडल पुस्तकालय, मोबाइलफोनमार्फत राष्ट्रिय पुस्तकालयको वेभसाइटमा प्रवेश गर्नु रहेका छन्। गत वर्ष अर्थात सन् 2008मा शुरु भएको हातमा राष्ट्रिय पुस्तकालय भन्ने सेवा निरन्तर सुधार हुँदै गएको छ। आजकाल मोबाइलफोन प्रयोगकर्ताले पुस्तकालयमा आयोजना हुने प्रदर्शनी, गोष्ठी सम्बन्धी सूचना, किताब खोज्न सक्छन। भविष्यमा उनीहरुले पुस्तकालयमा संकलन गरिएका सामग्रीलाई पनि पढ्न पाउने छन्। यसका अतिरिक्त, राष्ट्रिय पुस्तकालयमा व्यक्तिगत माँग वमोजिम व्यक्तिगत डिजिडल पुस्तकालय तथा किताब दराजको स्थापना गरिने छ।

डिजिडल रुपमा पढनु एउटा प्रबृत्ति बनेता पनि कोहीले छिटो गरी पढ्नु मानिसहरुको सोच्ने क्षमताका लागि अहितकर भएको ठहर व्यक्त गरेका छन् भने अझ धेरै मानिसले इन्टरनेटमा पाइने किताबको श्रोतमा राम्रो तथा नराम्रो मिसिएकोले किशोर-किशोरीहरुले स्वस्थ रुपमा किताब पढ्नका लागि सहयोग पुर्याउनुपर्ने कुरा उठाए। यस समस्याको समाधानबारेमा चर्चा गर्दै "चिनियाँ इन्टरनेटमा किताब पढ्ने वेभसाइट"का जिम्मेवार व्यक्ति श्री से कुआङ छाइले भनेः
"भविष्यमा हामीले इन्टरनेटमा आधारित किताब पढ्ने मञ्चको निर्माण गर्नेछौँ। यसले दुईवटा समस्याको समाधान गर्ने छः एउटा भनेको अझ राम्रा किताबहरु फरक-फरक प्रबन्धको प्रयोग गर्ने सबैले पढ्न सक्ने र अर्को काम हामीले विशेषज्ञ समितिको गठन गरी यसै समितिका विशेषज्ञले किताब पढ्नेहरुका लागि किताब सिफारिस गर्ने अथवा पढ्नेहरु आफूले सिफारिस गर्ने।"

सम्बन्धित विशेषज्ञले सरकारले अवस्था तथा कानूनको स्तरबाट वेभसाइटहरुको मापदण्ड तोक्नुका साथै प्रविधिलाई अझ सुधार गर्न आह्वान् गरेका छन्। जसबाट किशोर-किशोरीले नराम्रा विषय भएका किताबबाट क्षति पाउनबाट जोगाउन सकियोस। थाहा भए अनुसार, हालै चीन प्रेस तथा प्रकाशन व्यूरो तथा सम्बन्धित सरकारी विभागले इन्टरनेटमा रहेका नराम्रा विषयको नियन्त्रण गरिरहेका छन्। यसका साथै वयस्क नभएकाहरुका लागि राम्रो तथा पढ्ने उचित वातावरणको सिर्जना गर्नका लागि केही प्रसिद्ध वेभसाइटहरुले हरित इन्टरनेटको निर्माण गर्ने सुझाव पनि प्रस्तुत गरेका छन्।
|