china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    वृद्ध-वृद्धा आराम गरेर समय विताउने कथा1
    (GMT+08:00) 2009-07-11 09:34:47    

                विश्वका सबै मानिसले वृद्ध हुँदा घरमा अथवा अरु ठाउँमा बसेर आराम गरेर समय विताउने व्यवहारिक समस्या रहेको छ। अब चीनमा वृद्ध-वृद्धाको संख्या वृद्धि हुँदै आएको छ। ती वृद्ध-वृद्धाले कसरी जीवन विताउने चन्ने एउटा सामाजिक समस्या उत्पन्न भएको छ। चीनको उत्तर पश्चिमी क्षेत्रमा पर्ने निङ्ग स्या व्ही जातीय स्वायत्त प्रदेशका धेरैजसो वृद्ध-वृद्धाले आफ्नो घरमा आराम गरेर समय विताउँछन्। अहिले उनीहरू बसोबास क्षेत्रको बाहिर अथवा आफ्नो घरको बाहिर जानुपर्दैन, बसोबास क्षेत्रको कार्यालयले उनीलाई जीवन विताउन समबन्धित सेवा दिन्छ। आजको कार्यक्रममा तपाईंको साथमा म रामसँगसँगै त्यहाँ जाऔं।

                 निङ्ग स्या व्ही जातीय स्वायत्त प्रदेशको सदरमुकाम शहर यिङ्ग छुआन शहरको सि स्या क्षेत्र एउटा पुरानो औद्योगिक क्षेत्र हो। हाल यहाँका साठी वर्षभन्दा बढीका वृद्ध-वृद्धाको संख्या बाइस हजारभन्दा बढी छ। छैसट्ठी वर्षीय वाङ्ग ता स्याङ्ग उक्त क्षेत्रमा एक्लै भएर बसोबास गर्छन्। उनी विहान सात बजे उठेर सुपर मार्केटमा खानेकुरा किन्नेर घर फर्कन्थे, विहानको खाना खाएर सुत्थे, उठेपछि टेलिभिजन हेर्थे र त्यसपछि बेलुकीको खाना पकाएर खाएर टेलिभिजन हेरेर अन्तिममा सुत्थे। यस्तो जीवन विताउँन दिक्क लाग्यो र एकलोपनको महसुस भयो। उनले भने—

              हरेक दिन टेलिभिजन हेर्ने, घुम्ने र घाममा बस्ने गर्दागर्दा मलाई धेरै दिक्क लाग्यो, अरु मान्छेसँग गफ गर्ने मौका पनि छैन। सधैं अरु मान्छेको घरमा जानु पनि राम्रो होइन। मान्छे वृद्ध हुनु दिक्कलाग्दो कुरा रहेछ।

              वृद्ध-वृद्धा घरमा बसेर समय विताउन दिने योजना शुरु भएपछि वाङ्ग ता स्याङ्गको जीवनमा ठूलो परिवर्तन आयो। त्यहाँ एउटा क्षेत्रीय समितिको वृद्ध-वृद्धालाई रमाइलो गराउने केन्द्रलाई स्थापना गरियो। उनी अरु वृद्ध-वृद्धासँगसँग बसेर गीत गाउँछन् र गफ पनि गर्छन्। क्षेत्रीय समितिका प्रमुख छौ यु फानले हाम्रा सम्बाददातालाई बताए, केही वर्षअघि उक्त क्षेत्रमा यस्तो केन्द्र थियो, तर त्यो बेलामा यहाँको प्रबन्ध थोरै राम्रो थिएन र त्यसलाई सञ्चालन गर्ने अनुभव पनि थिएन, त्यसैले छ महिनापछि बन्द गरियो। अहिले खुलेको वृद्ध-वृद्धा रमिता केन्द्रमा पढ्ने कोठामा धेरै पुस्तक छन् र खाने कोठा पनि छ। वृद्ध-वृद्धाले दिनभरि यहाँ बसेर खेल्ने, आराम गर्ने, खाने गर्छन्। खानेखर्च मात्र दिनुपर्छ। श्रीमती छौले भन्नुभयो—

              सरकारले हाम्रो बसोबास क्षेत्रको वृद्ध-वृद्धा रमिता केन्द्रको निर्माण र प्रबन्ध थप्नका लागि पैसा दियो। वृद्ध-वृद्धाले सरकारमाथि उच्च मूल्यांकन गरेका छन्।, किनकि सरकारले वृद्ध-वृद्धाका लागि एउटा व्यवहारिक सेवा दिएको छ। अब उक्त केन्द्रले वृद्ध-वृद्धाका लागि दिनमा मात्र सेवा दिनसक्छ पछि रातमा पनि सेवाको प्रवन्ध गर्नेछ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040