यसबाहेक यिन छुआन शहरको सि स्या क्षेत्रको चिङ्ग पो बसोबास केन्द्र समितिले उक्त क्षेत्रका कपाल काट्ने पसल, सुपर मार्केट र रेस्टुराँसँग तीन वर्षीय सम्झौतामा हस्ताक्षर गर्यो। वृद्ध-वृद्धाको चाहना छ भने यी व्यापारीले वृद्ध-वृद्धाको घर गएर सेवा दिनेछ यसबापत पैसा दिनु पर्दैन। चिङ्ग पो नामक बसोबास क्षेत्रका समितिका प्रमुख ल्यु ये लिनले भन्नुभयो—
हामीले सञ्चालन गर्ने क्षेत्रमा बसोबास गर्ने वृद्ध-वृद्धाको संख्या धेरै छ। त्यसैले हामीले यहाँका वृद्ध-वृद्धाको स्वास्थ्यको परिस्थिति, परिवारको अवस्था र व्यवहारिक चाहनालाई राम्रोसँग जांचबुझ गरेका छौं। त्यसपछि उनीहरूको चाहनाअनुसार सेवा दिने गरेका छौं। पहिले हरेक दिन वृद्ध-वृद्धाका लागि एक पटक खाना दिन्छौं, दोस्रो कुरा के हो भने उनीहरूसँग एक पटक गफ गर्ने पनि गर्छौं, वृद्ध-वृद्धासँग एक पटक मानसिक आदान-प्रदान गर्छौं भनको तेस्रो कुरा, हप्तामा वृद्ध-वृद्धालाई सञ्चालन गरी बाहिर कार्यक्रम तयार गरेर घुम्ने व्यवस्था गर्ने चौथो कुरा हो। हप्तामा एक पटक उनीहरूको कोठा सफा गरिदिन्छौँ।
प्राप्त पछिल्लो तथ्याङ्कलाई विश्लेषण गरेर सन् 2010 सम्म निङ्ग स्या व्हुइ जातीय स्वायत्त प्रदेशका साठी वर्षभन्दा बढी उमेर भएका वृद्ध-वृद्धाको संख्या सात लाख पुग्ने अनुमान छ। परिवारको पैमाना अझ सानो हुँदै छ। "चार, दुइ, एक"नामक बनोट हुने भएको छ। उक्त बनोट भनेको के हो भने एउटा परिवारमा चार जना वृद्ध-वृद्धा, दुइजना आइमाई मान्छे र लोग्नेमान्छे र एक छोरा अथवा छोरी हुन्छन्। वृद्ध-वृद्धालाई ख्याल-विचार गर्ने जिम्मा अझ भारी हुँदै जानेछ। बेरोजगारी आदि विभिन्न समस्या भएकाले लोग्ने अथवा स्वास्नी मान्छेले बाहिर काम गर्न जानुपर्यो। त्यसैले परिवारमा वृद्ध-वृद्धा ख्याल-विचार गर्ने मान्छे हुँदैन । यसबाहेक धेरैजसो वृद्ध-वृद्धाले परिवारबाट लाग्ने सुरक्षा महसुसमा ध्यान दिन्छन्, त्यसैले घरमै बसेर जीवन बिताउन खोज्छन्। यसै भएर बसोबास क्षेत्र कार्यालयको सहायतामा आफ्नो घरमा आराम गरेर जीवन विताउने उक्त समस्या समाधान गर्ने मार्ग बन्नेछ।
निङ्ग स्या व्हुइ जातीय स्वायत्त प्रदेशको वृद्ध-वृद्धासम्बन्धी मामिला कार्यालयका उप-प्रमुख युए स्यौ स्याले भन्नुभयो—
हाम्रो एउटा नयाँ विषय छ नि, बसोबास केन्द्रको घरमा बसेर जीवन विताउने । त्यो भन्नेको के हो भने वृद्ध-वृद्धा आफ्नो घरमा बसून्, आफ्नो घरमा बसेर हाम्रो बसोबास क्षेत्रको कार्यालयले उनलाई सेवा र सुविधा दिनेछ।
उक्त बसोबास केन्द्रमा बसेर जीवन विताउने योजना कसरी सञ्चालन गर्न सकिन्छ भने हाम्रो सरकारको तयारी छ। सरकारले पैसा दिनेछ, समाजले सहायता दिनेछ र मध्यस्थता संस्थाबाट उनीहरूलाई सेवा दिनेछ। अहिले घरमा जीवन विताउने वृद्ध-वृद्धाले आफ्नो मानसिक चाहनामा बढी ध्यान दिन्छन्। श्रीमती युए स्यौ स्याले भन्नुभयो—
अहिले हामीले भनेको घरमा बसेर जीवन विताउने सेवा दिने मान्छेले वृद्ध-वृद्धाको घरमा जाने मात्र होइन। वृद्ध-वृद्धाका परिवार बाहिर गएका छन् भने उनीहरूलाई दिक्क लागेको बेलामा कोही स्वयम सेवक बोलाएर आफैँसँग गफ गर्ने माल-सामान किन्ने सँगसँगै जाने तथा अस्पताल जाने पनि हो।
यसवर्ष निङ्ग स्या व्हुइ जातीय स्वायत्त प्रदेशले बसोबास क्षेत्रमा वृद्ध-वृद्धालाई सेवा दिने असीवटा केन्द्र निर्माण गर्ने योजना छ। सन् 2011 सम्म त्यहाँका असी प्रतिशतभन्दा बढी बसोबास क्षेत्रमा वृद्ध-वृद्धालाई सेवा दिने केन्द्र सक्षम हुनेछ।
|