
"ल्हासा कुन ठाउँमा पर्दछ? त्यो एउटा समुद्रमा अवस्थित छ। साँग्रिला कुन ठाउँमा पर्दछ? त्यो समुद्रको छेउमा अवस्थित छ"।
माचिआमी तिब्बती रेष्टुराँमा गाउँदै नाचिरहेका पासांग दावा र उनका साथीहरुलाई देखेपछि तपाईलाई आफू पैचिंगमा रहेको कुरामा पत्यार लाग्दैन होला। रेष्टुराँमा छालाले बनाइएको तिब्बती ढाँचाको बाल्टीनबाट मधुरो कीरण चारैतिर छरिरहेको छ। शुद्ध तिब्बती खाना र सुगन्धी नौनी चियाबाट मगमग बास्ना आइरहेको छ हर्षोल्लासपूर्ण युवकहरुले टोस्ट प्रस्ताव गीत गाउँदै सेताम्मे खादा हरेक पाहुनालाई चढाउन आउँछन्। यस्तो वेलामा तपाईंलाई आफू उत्साहपूर्ण तिब्बतीको घरमा पुगेको हो कि भन्ने लाग्छ।
वास्तवमा पासाङको लागि यहाँ घरभन्दा कुनै फरक छैन। घरमा रहँदा उनको गाउँमा "तिब्बतीको घर भ्रमण" नामक पर्यटन कार्यक्रम संचालन गरिएको छ। तिब्बतीले पर्यटकलाई आफ्नो घरमा निम्त्याएर टोस्ट प्रस्ताव गीत गाउँदै नाच्दै अनि पाहुनालाई खादा चढाउने कार्यक्रम राखिएको छ। दश वर्षअघि पासाङ मीठो सपना लिएर पैचिंग आएका हुन्।

"शुरु शुरुमा एकजना साथीसंग नाच्न र गीत गाउन सिकेको थिएँ। साथीले भलाई भन्नुभयो- तिमी साँच्चिकै सिक्न चाहने हो भने धनाढ्य संस्कृति भएको ठाउँमा सिक्न जाऊ न। त्यहाँ झन प्रशस्त चीज बारे जानकारी लिन पाउन सकिन्छ। यसको अर्थ हो आफ्नो गुणस्तरलाई बढाउनु"।
तिब्बती जातिको एउटा भनाइ छ। त्यो के हो भने तिब्बतीले जन्म लिएपछि बोल्न जान्नुका साथसाथै गाउन जानिसक्छ र हिंड्दा हिँड्दै नाच्न जानिसक्छ। पासाङको स्वर निकै मीठो छ। तर उनलाई आफू पैचिंगमा झन इलमी विषय सिक्ने इच्छा छ। केन्द्रीय संगीत विश्वविद्यालयका शिक्षकले उनलाई गीत गाउँदा सास तान्ने र छोड्ने भन्नेबारे सिकाउनुभयो-
"पहिले म सास तान्ने र छाड्ने भनेको अर्थ बुझ्दिनथें। गीत गाउँदा कसरी सास फेर्ने? मेरो गुरु हूले मलाई सिकाउनुभयो। तर उहाँले कसरी स्वर निकाल्ने भन्ने तरिकाचाहिँ सिकाउनुभएन। किनभने उहाँले भन्नुभयो- यदि मलाई स्वर निकाल्ने तरिका सिकाउनुभयो भने मेरो तिब्बती विशेष स्वाद गुम्ला भन्नुभयो। सास फेर्ने तरीका सिकिसकेपछि गीत गाउँदा मलाई धेरै हलुका लाग्यो"।

क्रमशः
|