china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनद्बारा व्यापार तथा लगानी प्रबर्द्धन मण्डल पठाइएको विषयबारे जानकारीको दोस्रो भाग
    (GMT+08:00) 2009-07-28 18:33:36    

               स्वीजरल्यान्डका उपाध्यक्ष एवम् अर्थमन्त्री श्रीमती डोरिस लेउथर्डले विश्वव्यापी अर्थतन्त्रमा मन्दी छाएको बेलामा चीनको सहयोगात्मक परियोजनाहरुले दुई पक्षका लागि संकल्प थपिदिएको र आशा ल्याएको छ। उक्त गतिविधिको महत्वपूर्ण अर्थ दुई मुलुकहरुले व्यवहारिक गतिविधिमार्फत विश्वलाई व्यापारिक संरक्षणवादको विरोधको संकेत दिएको कुरा हो भन्ने ठहर उहाँले लिनुभयो। उहाँले भन्नुभयो:

               "दुई पक्षले आर्थिक सहयोगलाई निरन्तर रुपमा सबल पार्ने, विपक्षी उद्योग-व्यवसायहरुलाई बजार खुला गर्नेछ। यस कुराबाट हामीले व्यापारिक संरक्षणवादको विरोध गर्ने अडान प्रतिविम्वित भएको छ।"

               चीन सरकार र युरोपको विभिन्न मुलुकको सरकारले सहयोग सबल पार्ने कुरामार्फत संकटको सामना गर्ने संकल्प र क्षमतालाई माथि उकास्ने आशा लिएका छन्। दुई पक्षका उद्योग-व्यवसायहरुका लागि आमने-सामने पारस्परिक जानकारी र सहयोगात्मक सम्झौतामा हस्ताक्षर गर्नु व्यवहारिक राम्रो कुरा हो। चीन व्यापार तथा लगानी प्रबर्द्धन मण्डलका सदस्य एवम् चीन सी.अन.आई. निगम लिमिटेडले जर्मनीको भ्रमणको अवसरमा जर्मनीको उद्योग-व्यवसायसँग डिजिटल नियन्त्रण र वेल्डींग प्रबन्धको खरिदसम्बन्धी करार पत्रमा हस्ताक्षर गरेको छ। चीन सी.अन.आई. निगम लिमिटेडका प्रधान अर्थशास्त्री छाउ को पीङले खरिद गतिविधिबाट दुई मुलुकहरुका उद्योग-व्यवसायहरुका लागि एक अर्कालाई सुलभ र दुबैलाई लाभ हुने कुरा बताउनुभयो। श्री छाउले भन्नुभयो:

              "जर्मनीको उत्तम गुणस्तरको प्रशोधन प्रबन्ध चीनको रेलगाडीको गति बढाउन प्रत्याभूति गर्नका लागि हितकर हुनेछ। हामीले जर्मनीको भ्रमण गरेको कुरा एउटा राम्रो अवशर भएको छ। हामीले जर्मनीका साझेदारहरुसँग दीर्घकालीन सहयोगलाई सबल पार्नेछौं। मेरो विचारमा एक अर्कालाई सुलभ र दुबैलाई लाभ हुनेछ।"

               चीन सी.अन.आई. निगम लिमिटेडको सहयोगी साझेदारी, जर्मनीको सबैभन्दा शक्तिशाली उद्योग-व्यवसाय थाइसिन ग्रुप कम्पनीका प्रतिनिधि क्लाउस पोटोफले भन्नुभयो:

              "यो दुई पक्ष लाभ हुने नमुना भएको छ। पहिलो कुरा, चीनको सहयोगी साझेदारीले जर्मनीको उच्च र नयाँ प्रविधि र उत्तर गुणस्तरको उत्पादित-वस्तु प्राप्त गर्नसक्ने छ। दोस्रो कुरा, जर्मनीको उद्योग-व्यवसायले चीनको उत्पादित-वस्तु खरिद गर्नसक्ने छ। दुई पक्षबीचको घनिष्ठ आर्थिक सम्पर्क सहयोगको प्रबर्द्धनको राम्रो आधार भएको छ।"

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040