
चीन व्यापार तथा लगानी मण्डलको नेतृत्व गरी युरोपको भ्रमण गर्नुभएको क्रममा चिनियाँ वाणिज्य मन्त्री छन् द मिङले व्यवहारिक सहयोग संकटमा विजय प्राप्त गर्ने सबैभन्दा प्रभावकारी उपाय भएको कुरा व्यक्त गर्नुभयो। श्री छन् द मिङले चीनले अडिग भएर सुधार तथा खुलापनको बाटोलाई पछ्याउने वचन-बद्धता गर्नुभयो।
चीनको वाणिज्य मन्त्रालयअन्तर्गत अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक सहयोग प्रतिष्ठानका विशेषज्ञ मैइ सिन युले बोल्दै हाल व्यापारिक संरक्षणवादको संकेत देखापरेको अवधिमा चीनले प्रतिनिधि मण्डल पठाई विदेशमा आर्थिक तथा व्यापारिक आदान-प्रदान तथा सहयोग गतिविधि गरेको कुराबाट चीनले व्यापारलाई एक अर्कालाई खुला गर्न प्रस्तावित गरेको राम्रो छबी प्रतिविम्वित भएको कुरा व्यक्त गर्नुभयो। श्री मैईले भन्नुभयो:
"विपरीत दिशातिर हिंडिरहेको विश्वव्यापी व्यापारिक संरक्षणवादको गतिविधि विरुद्ध हामीले सारा विश्वलाई आदर्श नमुना प्रस्तुत गरेका छौं। हामीले विश्वव्यापी व्यापारिक संरक्षणवादको फैलावटलाई रोक्न सक्नेछौं। हाम्रो गतिविधिले युरोप र सारा विश्वलाई झन् राम्रो व्यापारिक वातावरणको सिर्जना गर्नसक्ने छ।"

थाहा भएअनुसार, युरोप गएको व्यापार तथा लगानी प्रबर्द्धन मण्डल र लगानीको सहयोग कार्य-टोलीपछि चालू वर्षभित्र चीनले प्रविधिको सहयोग मण्डल, व्यापार तथा लगानी मण्डलआदि मण्डलहरु पठाई युरोप गएर आदान-प्रदान र सहयोग गर्ने छ।

चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता याउ चेनले भन्नुभयो---वर्तमान बैकिङ संकटको अवस्थामा चीनले सम्बन्धित मुलुकहरुसितको आर्थिक तथा व्यापारिक आदान-प्रदानलाई घच्घच्याउनु विश्वव्यापी अर्थतन्त्रको पुनरुत्थान गर्ने प्रभावकारी कदमहरुमध्येको एक हो। श्री याउले भन्नुभयो:
"चालू वर्षमा चीनले प्रविधिको सहयोग मण्डल, व्यापार तथा लगानी प्रबर्द्धन मण्डल पठाउने छ। मुलुकहरु फरक भएको र मुलुकहरुको आर्थिक विकासको चरण फरक भएको कारण चीनको व्यापार तथा लगानी प्रबर्द्धन मण्डलले हरेक मुलुकमा आदान-प्रदान गर्ने विषय फरक हुने छ। ऊर्जा शक्तिको मितव्ययिता र वातावरण संरक्षणसम्बन्धी हरित प्रविधिलगायतका प्रविधिको सहयोग चीनमा भित्र्याइने छ। चीनले वैदेशिक लगानी लगाउने छ।"
|