
"ताङ न्यान मिङ ये" जस्ता लेखकहरु देखा पर्दै आएका छन्। रन युआन पनि इन्टरनेटमा आधारित साहित्य क्षेत्रमा प्रख्यात छन्। सन् 2003देखि उनले इन्टरनेटका लागि लेख्न थाले। आफ्नो पहिलो कृतिबारे सिंहावलोकन गर्दै उनले भनेः
"त्यति बेला मैले नेटमा एउटा किताब हेरिरहेका थिएँ। तर थपिने नयाँ विषयलाई पर्खँदा पर्खँदै मैले त्यस किताबको नयाँ विषय थप्ने विचार गरें र लेख्न थालें। शुरुमा मैले पढेकोले मलाई जे मन पर्यो त्यही विषय लेख्ने गरेको छु। यसरी नै मेरो लेखाइ पढेका कोहीले मेरो कृतिलाई स्वीकार गरेका छन्।"

रन युआनले लेखेको विषय मुख्यतया वैज्ञानिक चमत्कार हो। हालसम्म उनले इन्टरनेटमा चार वटा कृति हालेका छन्। तीमध्येको एउटा प्रकाशित गरिएको छ। रन युआनको काम आइ.टी. कम्पनीका इन्जिनियर हुन्। काम सिध्याएपछि उन घर पुगेर मध्य रातसम्म लेख्ने गरेका छन्। थकाइ लागेता पनि रन युआनले आफ्नो कृति इन्टरनेट प्रयोगकर्ताबाट स्वीकार पाएपछि व्यापक ध्यानाकर्षण भएको छ। यस्तो सुख तथा सन्तुष्टि वास्तविक जीवनमा पाउँन सकिँदै सकिँदैन।

रन युआनले भनेको सुख तथा सन्तुष्टि अनुभव इन्टरनेटमा आधारित साहित्यलाई समृद्ध पारिने प्रारम्भिक शक्ति भन्न सकिन्छ। इन्टरनेट लेखकहरुले उपन्यास लेख्दालेख्दै नेट प्रयोगकर्ताले नयाँ विषयबारेमा टिप्पणी दिने गरी लेखकसँग विचार आदान-प्रदान गर्ने गरेर पाठकहरुको अनुभव समयमै थाहा पाउन सक्छन् र ती अनुभवहरुबाट लेखकहरुलाई प्रोत्साहन गरेर लेख्दै जान सक्छन्। पैचिङ्ग विश्वविद्यालयको विद्यार्थी साहित्य संगठन " मै चार साहित्य संगठन"का प्रमुख ये स्याउ याङले इन्टरनेटमा आधारित सिर्जनामा संलग्न पाठक तथा लेखकबीचको सम्बन्धबारे चर्चा गर्दै भनेः
"इन्टरनेटमा आधारित उपन्यासबाट पाठक तथा लेखकबीच अझ छिटो तथा प्रत्यक्ष सम्पर्क प्रदान गरिएको छ। आजकाल म डरलाग्दो उपन्यास 'ताउ मु पी ची' तथा 'क्वी छ्वी तङ' पढिरहेको छु। ती उपन्यासका लेखकहरुले विषय लेख्दै पाठकहरुसँग सम्पर्क गरिरहेका छन्। यसले गर्दा लेखक तथा पाठकबीचको अन्तर छोटो पारिएको छ। परम्परागत अवस्थामा लेखक तथा पाठकबीच त्यति धेरै र प्रत्यक्ष सम्पर्क थिएन तर इन्टरनेटमा लेखक तथा पाठकबीच अझ समान रुपमा आदान-प्रदान गरिने भएको छ।"
(क्रमशः)
|