 सिङ्ग च्याङ्ग युगुर स्वायत्त प्रदेशको उरुमुछि शहरको थ्ये शान क्षेत्रको है च्या शान बसोबास क्षेत्रमा हान जाती, युगुर जाती, व्ही जाती र कजागिस्तान जातीका मानिसहरुको संयुक्त बसोबास रहेको छ। त्यहाँ रहेका चार हजार ६ सय परिवारमा अस्थायी वासिन्दाहरुको संख्या सत्तरी प्रतिशत छ। उरुमुछिमा जुलाई पाँच तारिखभएको भयानक आपराधिक घटनामा परी सय जना हताहत हुनुका साथै साठी वटाभन्दा बढी गाडी विक्राएका छन् र सत्तचालिस वटा पसलमा तोडफोड, लुटपाट तथा आगजनी भएको छ। त्यहाँका वासिन्दाहरुको उत्पादन, जीवन र स्वास्थ्यमा धेरै हानी भएको छ। उक्त दूर्घटना भएको आधा महिनापछि हाम्रो रेडियोका सम्बाददाताले त्यहाँ गएर केही अन्तर्वार्ता लिएका थिए। अब हामी कार्यक्रमतर्फ लागौं
बसोबास क्षेत्रका जिम्मेवार व्यक्ति:नमस्ते हामी उक्त बसोबास क्षेत्रका जिम्मेवार व्यक्ति हौं। अहिले तपाईंहरुको जीवन कस्तो छ?
स्थानीय बासिन्दा:सुरक्षित छ, अब सरकारले यहाँ प्रहरी थपेको छ। यहाँ अल्पसंख्यक जातीका मान्छेहरु पनि धेरै छन् र हाम्रो बीचको सम्बन्ध राम्रो रहेको छ।
बसोबास क्षेत्रका जिम्मेवार व्यक्ति:तपाईंहरु एकले अर्कालाई भन्नुस् न, अब सुरक्षित छ, त्यसैले खुल्नसक्ने पसललाई खोल्नुस्, बाहिर घुम्नुस्, चिन्ता लिनुपर्दैन। कुनै पनि नबूझ्ने कुरा छ भने हामीलाई फोन गर्नुहोस् चौबीसै घण्टा तपाईहरुको सेवामा हामी छौ ।

उक्त क्षेत्रमा बसोबास गर्ने श्रीमति च्याङ्ग केही वर्षअघि यहाँ काम गर्न आफ्ना परिवारहरुसँगसँगै आउनुभएको थियो। जुलाई पाँच तारिख भएको भयानक आपराधिक घटनामा उहाँका दुई जना परिवार घाइते भएका छन्। तर सौभाग्यको कुरा के हो भने त्यहाँका वासिन्दाहरुले यी दुई जना घाइते मान्छेलाई समयमै उद्धार गरी अस्पताल पठाएका थिए। है च्या शान नामक बसोबास क्षेत्र वासिन्दा समितिका प्रमुख हालिसच्याङ्गले हाम्रा सम्बाददातालाई भन्नुभयो—

पहिले सिङ्ग च्याङ्ग युगुर स्वायत्त प्रदेश एउटा एकताबद्ध रहेको ठूलो परिवार हो। तर उक्त दूर्घटनाभएपछि त्यहाँका जनताले तीन वटा शक्ति अर्थात जातीय पृथकताबाद, धार्मिक उग्रबाद र हिंसात्मक आतंकबादलाई हेला गरेका छन्। यी मान्छेहरुलाई छिटै पक्राउ गरी सजाय दिइयोस भन्ने जनताको इच्छा रहेको छ। अब उहाँहरुलाई यहाँ सुरक्षित लाग्यो। किनकि हामीले यहाँ चौबीसै घण्टा गस्ती गरेका छौ। अहिले तपाईं सडकमा हिड्दा खेरी सबै पसल खुलेको देख्न पाइन्छ र यहाँ सामान्य जीवन विताउन थालेको देख्न सकिइन्छ।
|