china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    तिव्वती जातिकी सुखीः केटी पथ-प्रदर्शक चोमा
    (GMT+08:00) 2009-08-10 10:45:59    

                साँग-रिलाको कुरा गर्दा तपाईले सफा र नीलो आकाशमुनि साम्य हिमालय र रमणीय घांसचउर र तालहररु जस्ता मानिसहरुलाई आकर्षित पार्ने "स्वर्ग" भूमिको विचार गर्न सक्नुहुन्छ । यथार्थमा साँग-रिला चीनको दक्षिण पश्चिमी भागमा रहेको युन् नान् प्रान्तको दि छिंग तिव्वती जातिय स्वायत्त प्रिफेक्चरको सदरमुकाम हो । त्यहां हिमालय , पहाडी ताल र आदिमकालिन बनजंगलबाहेक घनत्वपूर्ण तिव्वती जातिय सांस्कृति र रितिरिवाज रहेको छ । आज हामीहरुले तपाईहरुका लागि साँग-रिलामा पथ-प्रदर्शकको काम गरेकी तिव्वती जातिकी सुन्दरी केटी चोमाबारे परिचय दिन गइरहेका छौं ।

               साँग- रिलामा खोलानाला ,नदी , ताल , घांसमैदान , सिम्सार भूमि र विरलै देखिने जनावर र वनस्पत्तिले केन्द्रित रहेको राम्रो स्थान—फु ता छो राष्ट्रिय निकुन्ज छ । प्रति दिन तिव्वती जातिकी केटी चोमाले विभिन्न मुलुकका यात्रीहरुका साथै फु ता छोका पहाड र खोला-नाला , नदी र तालको घुमफिर गरी सबै पर्यटकहरुलाई पथ-प्रदर्शन गरेर पहाड र खोला-नाला नदी तालको रमणीय दृश्यको अनुभव गराउने गर्छिन् ।

               प्रिय यात्रु साथीहरु , नमस्ते , आश्चर्यजनक र रमणीय साँग- रिला फू ता छो राष्ट्रिय निकुन्जको पर्यटन गर्न आउनुभएकोमा म स्वागत गर्दछु। म फू ता छो राष्ट्रिय निकुन्जकी पथ-प्रदर्शक हुँ । सबैले मलाई चोमा नामले बोलाउँदछन् । यस पल्ट तपाईहरु सुखदः रुपमा राम्ररी घुम्न र खेल्न हार्दिक शुभकामना म व्यक्त गर्दछु । यसका अतिरिक्त फू ता छो राष्ट्रिय निकुन्जको रमणीय पहाड र खोलानाला ताल दृश्यले सबैलाई राम्रो भावना ल्याउन सक्ने आशा मैले गरेको छु ।

               तिव्वती भाषामा चोमाको अर्थ देवी हो । चालू वर्ष एकाइस वर्षको उमेर पुगेकी चोमा साँग-रिलामा जन्मेकी स्थानीय तिव्वती जातिकी केटी हुन् । उनी गाउन र नाच्न सिपालु छिन् । यसका अलावा उनी स्तरीय चिनियां भाषा राम्ररी बोल्छिन् ।

               दुइ वर्षअघि चोमा साँग-रिला पर्यटन सम्बन्धी विशेष विद्यालयबाट पास भएकी थिइन् । उनी फू ता छो राष्ट्रिय निकुन्जको एकजना इलमी पथ-प्रदर्शक बनेकी थिइन् । प्रति दिन उनीको काम पर्यटकहरुलाई यहांको रमणीय र सुन्दरी दृश्य र तिव्वती जातिको विशेष सांस्कृति र रिती-थितीबारे जानकारी दिनु हो । यसका लागि चोमालाई निकै खुशी लागेको छ । फू ता छो राष्ट्रिय निकुन्जका प्रत्येक फूलका थोपा पानी र प्रत्येक बोट विरुवाप्रति आफ्नो गहिरो भावना रहेको कुरा चोमाले भनिन्। उनीले आफ्नो सुखीः मनोभावना यहांको भ्रमण गर्न आएका सबै पर्यटकहरुलाई पुर्‍याउने आशा गरेकी छिन् ।

               चो माका अनुसार आफू पथ-प्रदर्शकको काम मन पराउंछिन् । प्रत्येक दिन रमाइलो र सुन्दर दृश्यको अवलोकन गराउनुबाहेक विभिन्न मुलुकका पर्यटकहरुसित मित्रता बढाउन सकिन्छ । फु ता छो राष्ट्रिय निकुन्जका घांस रुख नदी ताल जस्ता सबै दृश्य र तिव्वती जातिको रिति-रिवाज पर्यटकहरुलाई जानकारी दिने आफ्नो इच्छा रहेको छ । उनीले भनिन्‌

              पत्येक दिन बिहान उठ्नेवित्तिकै नयां दिन प्रारम्भ भएको मैले अनुभव गरेको छु । पत्येक दिन मैले फरक फरक र नयां अनुहार देख्न पाउँछु । ती फरक फरक पर्यटकहरुबाट मैले बढी ज्ञान सिक्न पाउँछु । किनकि प्रत्येक दिन पर्यटकहरुले सोधेका प्रश्नहरु भिन्ना भिन्नै हुन्छन् । पत्येक दिन मैले बढी ज्ञान पाउने महसुस गरेको छु।

              खुला र सफा स्वभाव भएकी चोमाले प्रत्येक पर्यटकलाई आफ्नो मित्रका रुपमा ठान्ने गरेकी छिन् । उनीले पर्यटकहरुलाई दत्तचित्त भएर स्थानीय रितिरिवाजबारे परिचय दिन्छिन् र पर्यटकहरुबाट उठाइएको पत्येक प्रश्नको सविस्तार उत्तर दिन्छिन् ।

               काम गर्दा चो मा र अन्य पथ-प्रदर्शक दिदी बहिनीहरु जिल्ला सदरमुकामदेखि तीस चालीस किलोमिटर टाढा रहेको फू ता छो राष्ट्रिय निकुन्जमा बस्छन् । तर पालो पालो गरी विदा भएको समयमा परम्परागत बौद्ध धर्मको विश्वास गरेकी चो मा स्थानीय सोङ्चेङ्लिन् मन्दिरमा पूजा गर्न जान्छिन् । पर्यटन सिजनबाहेकको बेला चोमा साँग-रिला जिल्ला सदरमुकामदेखि सत्तरी असी किलोमिटर टाढा रहेको आफ्नो घरमा फर्केर आमा बुबालाई खेतीपातीको काम गर्न सघाउ पुर्‍याउँछिन् । आफू पथ-प्रदर्शक बनेपछि आफ्नो आम्दानीको उपयोग गरी आमा-बुबाको घरको दैनिक खर्चमा सहयोग गर्न सकेकोमा चोमालाई निकै खुशी लागेको छ ।

               हाम्रो घरका दर्जनौं रोप्नी खेतजग्गा छ । मेरा आम बुबा निकै परिश्रमी र दुखीः हुनुहुन्छ । मैले आमा बुवाको राम्रो र सुखीः जीवन बिताउन सक्ने आशा गरेको छु ।

               केटी चोमाले आफ्नो पथ-प्रदर्शक कामलाई माया गर्छिन् । उनीको बढीभन्दा बढी मानिसहरु साँग-रिला र फू ता छो राष्ट्रिय निकुन्जमा घुम्न आउने आकांक्षा रहेको छ । उनीले मानिसहरु रमणीय दृश्यको आनन्द लिनुका साथै यहांको विशेष जातिय रितिरिवाज र शानदार तथा शोभायमान स्थानीय सांस्कृतिको अनुभव गर्न सक्ने आशा गरेकी छिन् । उनीले भनिन्‌ः यहांको निकै मनोहक रमणीय दृश्यले हामी सबैलाई राम्रो भावना ल्याएको छ । विश्वका सबै ठाउँबाट आएका पर्यटक मित्रहरु यहां सुखीः जीवन बिताउन सक्छन् भन्ने मेरो आशा छ ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040