china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चालूवर्ष चीनको वैदेशिक व्यापारको वृद्धि राम्रो हुने अनुमान् सम्बन्धी जानकारीको पहिलो भाग
    (GMT+08:00) 2009-08-11 10:57:39    

                चीनको वाणिज्य मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार, गत मार्च महिनामा चीनको आयात-निर्यात तथा विदेशी लगानीकर्ताद्बारा प्रत्यक्ष रुपमा गरिएको लगानीमा संलग्न कूल रकम घटेको दर गत केही महिनाको भन्दा कम भएको छ। यसबाट चीनमा वैदेशिक व्यापारको स्थिर वृद्धिलाई कायम राख्ने नीतिको प्रभाव देखापरेको देखिन्छ।

                चीनको दक्षिणी भागमा पर्ने कुआङ चौ शहरमा आयोजना भएको 105 औं कुआङ चौ व्यापार मेलाबाट हेर्दा चिनियाँ तथा विदेशी व्यापारीहरुले सक्रियताका साथ भाग लिँदै संकटको पृष्ठभूमिमा व्यापारिक मौका खोजिरहेका छन् भने मेलामा सहभागी वाणिज्य मन्त्रालयका अधिकारी तथा वाणिज्य क्षेत्रका व्यक्तिहरुले चीनको वैदेशिक व्यापारको परिस्थिति राम्रो बन्ने विश्वास लिएका छन्।

                किनमेल तथा भाग लिने व्यापारी धेरै भएको कुआङ चौ व्यापार मेलालाई चीनको वैदेशिक व्यापारको दिशालाई देखाइने मेला मानिन्छ। छपन्न हजार वटा स्टल राखिएको यस पटकको कुआङ चौ व्यापार मेलामा लगभग बाइस हजार वटा चिनियाँ तथा विदेशी व्यवसायहरुको सहभागीता रहेको छ। यस्तो परिधि गएको मेलासँग बराबर भएको छ। मौद्रिक संकटबाट चीनमा आयोजना प्रर्दशनी तथा मेलाहरुलाई प्रभावित गरिएको पृष्ठभूमिमा कुआङ चौ व्यापार मेलामा सहभागी व्यवसाय प्रदर्शनको परिधि पहिलेको जस्तै कायम राखिएको देखिन्छ। यसबाट कुआङ चौ व्यापार मेला चीनबाट उत्पादित वस्तुलाई किन्ने सबभन्दा राम्रो र कार्यकुशलतापूर्ण मञ्च भएको प्रतिविम्वित भएको छ।

               मौद्रिक संकटबाट ल्याइएको प्रभावबारे चर्चा गर्दै चीनका प्रसिद्ध मोटरसाइकल कम्पनी छ्यान च्याङ मोटरसाइकल कम्पनीका प्रमुख पाउ चङ छिनले भनेः

               "चालू वर्षको जनवरीदेखि मार्चसम्मको अवधिमा हाम्रो व्यापारको अवस्था गत वर्षसँगको तुलनामा तीसदेखि चालिस प्रतिशतसम्म घटेको छ। तर अप्रिलदेखि राम्रो बन्दै गएको देखिन्छ। हाम्रो लागि सबभन्दा महत्वपूर्ण कामभनेको हाम्रो आफ्नो उत्पादित वस्तुलाई राम्रोसँग बनाइ सकेसम्म हाम्रा पुराना ग्राहकलाई स्थिर पार्नुका साथै नयाँ ग्राहक खोज्नु हो।"

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040