 गएको शताव्दीको असीको दशकमा लुगा वलियो वनाउनका लागी धेरैजसो चिनियाँहरुले पसल वा विशाल बजारबाट आफ्नो मन परेका कपडाहरु किनेर लुगा सिलाउने घरहरुमा गई लुगा सिलाउने गर्दथे। तर आज आएर बजारहरुमा बिभिन्न किसिमका लुगाफाटाहरु पाइन थलेपछी लुगा सिलाउने घरमा जानेहरु दिनप्रतिदिन कम हुँदै गएको देखिन्छ। तर दक्षिण चीनमा पर्ने हाङ्ग चाउ नगरमा लुगा सिलाउने काममा कुनै कमि आएको छैन र अझै पनि मानिसहरू लुगा सिलाउने काममा व्यस्त भएको देखिन्छ। मित्रहरु आजको चिनियाँ व्यक्तित्व कार्यक्रममा हामीले तपाईंहरुलाई एउटा लुगा सिलाउने घरमा रहेकी चाउ स्याउ यान नाउँकी एक जना आनन्दीय चेलीसित परिचय गराउन चाहन्छौं।
उक्त हाङ्ग चाउ नगरमा रहेको सानो क्षेत्रफलमा रहेको एउटा बजारमा थुपारिएका थुप्रा कपडाहरु राम्रोसित राखिएका देखिन्छन्। ती कपडाहरुको पछाडी लुगा सिलाउने घरै घर छन्। यहाँ ग्राहक र सूचिकारहरुले के कस्ता साइजकोका लुगा कसरी बनाउने भनेर छलफल गरिरहेका दृष्य जताततै देख्न पाइन्छन्। सिलाउने मेशिनको आवाज कानै फुट्ने गरि आएको छ ।

"लाल पात"नाउँको पसल चाहिं ती बिभिन्न पसलहरुमध्येको एक हो। दश वर्ग किलोमिटरभन्दा सानो पसलमा लुगा सिलाउने क्षेत्रफल आधाभन्दा बढी छ। मेशिन, कैची, फिता र टुक्रा टुक्रा कपडाहरु टेबुलमा राखिएका देखिन्छन्। पसलको छेउमा रहेका दराजहरुमा सिलाइसकिएका बिभिन्न किसिमका लुगा वा पेन्टाहरु झुण्डाइरहेको देखिन्छ। जवानी चाउ स्याउ यान यस पसलकी एक जना चेली हुन्।
म यहाँ शरिर नाप्ने, अलिकति सुधार गर्ने, टांक सिलाउने जस्ता स साना कामकाज गर्दछु। यसो गरेपनि म अझै पनि खुशी छु,किनकि मलाई लुगाफाटा मन पर्छ।
यस अवसरमा पत्रकारले के देख्न पाएका छन् भने उक्त सानी चेली चाउ स्याउ यानको मेशिनको छेउमा एउटा फेशन पत्रिका राखिएको छ। चेली स्याउ यानको भनाइ लुगा ग्राहकहरुलाई छनौट प्रदान गर्ने हेतुबाट यस किसिमका फेशन पत्रिकाहरुहरुको अध्ययन गर्न मैले मन पराउदै आएकी छु। उनी भन्छिन्—

हामीले मुख्य रुपमा दैनिक रुपमा लगाउने लुगा फाटाहरु बनाउँछौं। त्यसका साथै हामीले कामकाज गर्दाखेरी लगाउने लुगा र फोटो खिच्याउँदाखेरी लगाउने लुगा बनाउँछौं। उनको भनाइमा बिभिन्न ग्राहकहरुले पत्रिकामा आफूलाई मन पर्ने फेशनको कुनै साइजकोको लुगा देखी हामीकहाँ सिलाउनुहोस् न भनेर अनुरोध गरेमा हामीले सक्दो प्रयास गरी उनीहरुको माँगलाई पूरा गर्दै आएका छौं। उनी भन्छिन्—
हामीकहाँ आएका ग्राहकहरुको उमेरमा निकै ठूलो फरक छ। किशोर किशोरी छन्, युवा युवती छन्,प्रौढ र बूढा बूढीहरु पनि छन्।
त्यति मात्र नभई विदेशी पाहुनाहरु पनि बारम्बार आउँदछन्।
|