china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीनमा इन्टरनेटमा आधारित साहित्यको समृद्धि र विकासबारे जानकारीको तेस्रो भाग
    (GMT+08:00) 2009-08-13 12:46:56    

             इन्टरनेटमा आधारित साहित्य थुप्रै छन् तर ती कृतिहरुको स्तर पनि फरक-फरक पाइन्छ। इन्टरनेट प्रयोगकर्ताहरुमाझ धेरै प्रतिक्रिया उठाउनका लागि आफ्नो कृति राम्रो हुनुपर्छ। लौ वन श पनि इन्टरनेटमा कृति सिर्जना गर्छन्। सिर्जना गर्दाखेरी ध्यान दिनुपर्ने कुराबारे चर्चा गर्दै उनले भनेः

             "लेखकहरुले नयाँ, अनौठो तथा विशेष विषय खोज्दछन्। अन्य किसिमका साहित्य जस्तै इन्टरनेट आधारित उपन्यास लेख्नेहरुले लेखेको विषय पाठकहरुले हेरिसकेको विषय बराबर भयो भने पाठकहरुले त्यस लेखकको लेखलाई उपेक्षा गर्दछन्। एउटा कथा तथा कथाका पात्रको सिर्जना गर्नुअघि ती विषय तथा पात्रहरु जीवन्त छन् कि छैनन्? साँच्चो लाग्दो छ कि छैन? पाठकको मन छुन सक्छ कि सक्दैन? भन्ने कुरालाई विचार गरेपछि मात्रै कथा बनाउन सकिन्छ। कथा लेख्दाखेरी लेखकले आफ्नो भावना पोख्नुपर्छ। नत्र आफ्नो कृतिले अरुबाट स्वीकृति पाउछ नै भनेर आँक्न सकिँदैन।"

              प्रसिद्ध चिनियाँ साहित्य समालोचक पाइ येले इन्टरनेट- साहित्यबारे चर्चा गर्दै भनेः

             "शुरुमा इन्टरनेट साहित्यको विशेषता त्यति स्पष्ट थिएन। त्यति बेला यस्तो किसिमको साहित्य र परम्परागत साहित्यबीच के-के फरक छ भन्ने कुरा हामीले पत्ता लगाउन सकेनौं। तर बितेका केही वर्षमा इन्टरनेट साहित्यको विकास क्रममा त्यसको आफ्नै विशेषता बन्यो र केही किसिमका साहित्यका लागि राम्रो मञ्च प्रदान गरिएको देखिन्छ। परम्परागत साहित्यका लेखकहरुका गम्भीर कृतिहरुको राम्रा आपूर्ति बनेको देखिन्छ। इन्टरनेट साहित्यका पनि श्रेणीहरु धेरै छनः जस्तै भनौं, ऐतिहासिक, कोङफु, प्रेमी, सन्देह आदि। विभिन्न पाठकहरुको मागवमोजिम, फरक-फरक विषयक उपन्यासका फरक विशेषता र ढाँचा रहेका छन्। यसै क्षेत्रमा इन्टरनेटमा साहित्यको राम्रो विकास भएको छ। बितेका केही वर्षमा बजारमा राम्रो बिक्री भएका कृतिहरु पनि केही शैलीका साहित्य हुन्। "

              प्रकाशन तथा फिल्म एवम् टेलिभिजन उद्योगका लागि देखापरेका इन्टरनेटमा आधारित सिर्जनाले नयाँ व्यापारिक मौका प्रदान गरेको भन्न सकिन्छ। छाङ च्याङ साहित्य प्रिन्टिङ्ग कम्पनीका उप-प्रमुख ली पोले इन्टरनेट साहित्यबाट ल्याइएको नयाँ मौकाबारे चर्चा गर्दै भनेः

             "इन्टरनेट साहित्य भन्ने नयाँ तरिकाले परम्परागत प्रिन्टिङ्ग उद्योगका लागि नयाँ लेखक तथा नयाँ कृतिहरु खोज्ने उपाय प्रदान गर्दछ। यो हाम्रो लागि निकै महत्वपूर्ण छ। राम्रा बिक्री भएका लेखकहरुमध्येका धेरै जना इन्टरनेटबाट उत्पन्न भइ धेरै पाठकहरुमाझ लोकप्रिय बनेका हुन्।"

    (क्रमशः)

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040