china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    लुगा सिलाउने घरकी"आनन्दीय चेली "चाउ स्याउ यान वारेको कथाको दोस्रो भाग
    (GMT+08:00) 2009-08-19 19:06:23    

            बिभिन्न किसिमका ग्राहकहरुले बिभिन्न किसिमका माँग देखाउँदै आएका छन्। काम गर्दा गर्दै सुश्री स्याउ यानले वर्तमान लुगा फाटाको प्रवृतिबारे थाहा पाएकी छिन्। त्यसैरी उनले पसलको अगाडी केही फेशन लुगाहरुको नमूना देखाउन झुण्ड्याएकी छिन्। ती फेशन लुगाहरुले निकै ग्राहकहरुको आँखालाई लोभ्याउँदै आएका छन्। ग्राहक थान स्याउ द त्यसको प्रशंसा गर्दै बताउँछन्-  

             यहाँका लुगाहरुको साइजएकदमै राम्रो छ। के कस्तो साइजको र के कस्तो सानो वा ठूलो चाहिन्छ भन्ने आफैले छान्ने गर्न सकिन्छ। जसले गर्दा आफ्नो जीउडालसित एकदमै मिल्छ। कहिलेकाँही अति नमिल्ने भयो भने फेरी सिलाउन पाउने पनि व्यवस्था छ।

            सुश्री स्याउ यानको पसलमा ग्राहकहरुले आफ्नो मन परेको साइजको लुगा छान्ने मात्र नभई आफू खुशी कपडाहरु पनि छान्ने गर्दछन्। यो त विशाल बजार वा ठूलो बजारमा गर्न सक्दै सकिदैन। त्यति मात्र नभई ठूलो बजारमा जस्तो महँगो भाडा र ढुवानी खर्च तिर्नु नपरेकाले यहाँ समान कपडा र साइजका लुगाहरुको भाउ धेरै सस्तो हुन्छ। यहाँ सजिलो नभएको कुरा पनि छ। जस्तो भनौं कि तत्स्थानमा हेर्नका लागि लगाउने व्यवस्था त्यति राम्रो छैन। किनकिन ठाँउ सानो छ। तर ग्राहकहरुले त्यो त केही छैन। हामी चिन्ता लिन्दैनौं भनेर बारम्बार व्यक्त गर्दै आएका छन्। सुश्री स्याउ यानको पसलको झैं सो बजारमा रहेका अरु लुगा सिलाउने घरहरुको व्यापार पनि राम्रो छ रे।

             हाङ्ग चाउ नगरको आर्थिक समिति अन्तर्गत लुगाफाटा कार्यालयका प्रमुख श्रीमती वाङ्ग यीङ्गले दिनुभएको जानकारीका अनुसार लुगा हाङ्ग चाउ नगर चाहिं चीनको परम्परागत कपडाको उत्पादनको आधार हो। अहिले स्थानीय सरकारले जोडतोडसित लुगाफाटा सिलाउने उद्योगलाई एउटा महत्वपूर्ण केन्द्र बनाइसकेको छ। उहाँको भनाइ अनुसार लुगा लुगाफाटा उद्योगलाई वलियो वनाउनका लागि स्थानीय सरकारले लुगा सिलाउने चेलीहरुको प्रविधि र सीप उकास्न केही कदम र पाइलाहरु चाली उनीहरुलाई अध्ययन गर्न सहायता दिंदै आएको छ। प्रमुख श्रीमती वाङ्ग यीङ्गले भन्नुभयोः  

              हामीकहां सीनियरलाई तालिमको व्यवस्था छ। उनीहरुले आधा खर्च मात्र दिन्छन्। अर्को आधा खर्च चाहिं सरकारले मिलाउँछ। यसबारे चीनमा गम्भीर परीक्षण प्रणाली छ।

             उहाँको भनाइमा लुगा सम्वन्धी उपर्युक्त तालिम योजना चाहिं हाङ्ग चाउ नगरको लुगाफाट संघबाट संचालित भएको हो। त्यसले च च्याङ्ग प्रान्तमा लुगा सिलाउने सबै सूचीकारहरुको सेवा गर्दछ। त्यसैरी हाम्रो कार्यक्रमको पात्र सुश्री स्याउ यान एकदम खुशी छिन्। उनको भनाइमा उनी अझै पनि केही समय सो लाल पाते लुगा सिलाउने पसलमा काम गर्ने विचारमा छिन्।

             अनि उपर्युक्त तालिम परियोजनामा सहभागी हुन नाम दर्ता गर्ने छिन्। त्यहाँवाट प्रमाण पत्र पाएपछि आफ्नो पसल खोल्ने भएकी छिन् उनले। हो त्यसपछि केही दिनमा ग्राहकहरुले लगाएको आफैले डिजाइन गरी बनाएका लुगाहरु देख्न पाउने हो भने आफ्नो मनमा कति आनन्द छाउने छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040