 मौद्रिक संकटबाट ल्याइएको निर्यातको घटावको सामना गर्दा धेरै चिनियाँ निर्यात व्यवसायहरुले आ-आफ्ना उत्पादित वस्तुको बनौटलाई मिलाइरहेका छन्। कुआङ तुङ प्रान्तीय तुङ फाङ आयात-निर्यात कम्पनीका प्रमुख छङ मु हाउले यसरी भनेः
"पहिले हामी मुख्यतया श्रमिक आधारित उत्पादन गर्ने व्यवसायबाट नयाँ तथा उच्च प्रविधितिर विकसित गरिरहेका छौं। पहिले हामी भाउ तथा परिमाणले प्रतिस्पर्धामा आफ्नो ठाँउ औग्टने गरेका थियौं भने आजआएर आफ्ना मार्काको निर्माण गर्ने गरेका छौं।"

चीनको निर्यात कडा अवस्थामा परेता पनि गत वर्षमा फोशान ऐ.सि. कम्पनीबाट गरिएको निर्यात दश प्रतिशतले वृद्धि भएको छ। यस कम्पनीका प्रमुख सुन लु थेले कुआङ चौ व्यापार मेलामा भाग लिएको कारणबारे जानकारी दिँदै भनेः
"सर्वप्रथम यस्तो कडा अवस्थाको सामना गर्दा आत्म-विश्वास हुनुपर्छ। हामीले यस पटकको मेलामार्फत् कम्पनीको प्रारुपलाई प्रचार-प्रसार गर्नुका साथै हाम्रा उच्चगुणस्तरीय उत्पादित वस्तुलाई बजारमा समावेश गराउने आशा लिएका छौं।"
यस पटकको मेलाका संयोजकले श्रृंखलाबद्ध कदम चाली सुविधाजनक सेवा प्रदान गरेको देखिन्छ।

चालू वर्षदेखि यता मौद्रिक संकटबाट चीनको आयात-निर्यातलाई ठूलो परिधिमा प्रभावित पारेता पनि गत मार्च महिनामा चीनको वैदेशिक व्यापारको परिस्थिति राम्रो बनेको देखिन्छ। चालू वर्षमा चीनको वैदेशिक व्यापारको वृद्धिबारे चर्चा गर्दै हालै चीनको वाणिज्य मन्त्रालयका प्रेस प्रवक्ता याउ च्यानले भन्नुभयोः
"दूर-सञ्चार उत्पादन उद्योग, मेशिन उत्पादनलगायतका क्षेत्रमा चिनियाँ उत्पादित वस्तु प्रतिस्पर्धात्मक भएको मेरो विचार छ। यस्तो परिस्थितिमा चालू वर्षमा चीनको वैदेशिक व्यापारको वृद्धिप्रति हाम्रो विश्वास छ।"
उहाँका अनुसार, चीनले वैदेशिक व्यापार नीतिलाई समन्वय गर्नुका साथै आयात-निर्यात गर्ने व्यवसायहरुको समर्थनलाई बढाउँदै जानेछ।
|