china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    पोतला दरवारको यात्रा सम्बन्धी विषयको पहिलो भाग
    (GMT+08:00) 2009-08-18 19:11:11    

    रवि- श्रोताहरु, हामी पैचिङ्ग डायरीमा ध्रुवजीले तिब्बतभ्रमणका बेला लेख्नुभएका डायरीका अंशलाई केही हप्तादेखि राख्तैआएका छौं । ध्रुवजी, तपाईं तिब्बतको सबैभन्दा महत्त्वपूर्ण सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण पोताला दरवार पनि जानुभयो होला नि । यसको बारेमा केही जानकारी दिनुहुन्छ कि आजको कार्यक्रममा ?

    ध्रुव- हुन्छ रविजी । ल्हासा पुगेर पोतला दरवार हेर्न गएन भने त मेरो विचारमा ल्हासाको यात्रा अथवा तिब्बतकै यात्रा पनि अपुरै हुन्छ । संसारभर ख्याति र चर्चाको शिखरमा रहेको पोतला दरवार नदेख्नेहरुका लागि चरम जिज्ञासा र देख्नेहरुका लागि परम आश्चर्यको प्रतीक हो भन्ने कुरामा कसैको दुई मत नहोला भन्ने मलाई लाग्छ । अझ पहिलो पटक ल्हासा पुग्ने जति सबैलाई आकर्षित गर्ने मानवनिर्मित आश्चर्यको प्रतीक हो पोतला दरवार । त्यसैले म दुई पटक पोतला दरवारभित्रै पसेर अवलोकन गरेको छु । किनभने चीनका 28 वटा सम्पदाहरु युनेस्कोको विश्वसम्पदा सूचीमा सुचीकृत छन् । तीमध्ये पोतला दरवार पनि एक हो जसलाई 16 वर्षअगाडि अर्थात् सन् 1994मा विश्व सम्पदासूचीमा सुचिकृत गरिएको थियो । यति हुँदाहुँदै पनि चीन सरकारले करिब 50 वर्षअगाडि अर्थात् सन् 1961मा नै पोतला दरवारलाई संरक्षण गर्नुपर्ने ऐतिहासिक सांस्कृतिक सम्पदाको रुपमा सुचीकृत गरेको थियो । त्यसको साथसाथै सन् 1989मा पोतला दरवारको मौलिक रुपलाई यथावत राखि केन्द्रीय सरकारको आर्थिक सहयोगमा मर्मत तथा सम्भार गरिएको थियो ।

    रवि- पोताला दरवार पुग्नेबित्तिकै तपाईंले के देख्नुभयो ध्रुवजी ?

    ध्रुव- ल्हासा उपत्यकाको करिबकरिब बीच भागमा रातो पथ्थरको एउटा सानो पहाड अर्थात् चट्टानको ढिस्को छ । चट्टानको भिरालोसँगै पोतला दरवार पनि अग्लिदै गएको छ । पोतला दरवारको माथिल्लो भाग अर्थात् टुप्पोमा पुग्दा हिमालयको चुचुरोमा पुगेजस्तो हुन्छ । पोतला दरवारमा मुख्य दुई वटा खण्डहरु छन् । एउटा रातो दरवार र एउटा सेतो दरवार । सँगसँगै जोडिएका यो संयुक्त दरवारको बीचको भाग रातो अनि दायाँ र बायाँ भाग सेतो रङ्गको छ । रातो दरवारमा ठूलाठूला हल, बैठक कक्ष तथा बुद्धका ठूलाठूला मूर्तिसहितका संग्रहालय छन् । सेतो दरवार दलाई लामाको निजी निवास र रातो दरवार राजपाठको स्थल थियो । सातौं शताब्दीमा तिब्बती राजा स्रङ्गचङ्ग गम्पोद्वारा निर्मित पोतला दरवारको अधिकांश भाग अठारौं शताब्दीमा लडेर ध्वस्त भएको थियो । आजसम्म रहेको त्‍यो पोतला दरवारको सत्रौं शताब्दीमा पाँचौं दलाई लामाले तीन वर्ष लगाएर गरेका थिए । तिब्बती कालिगठद्वारा निर्मित पोतला दरवार काठ, ढुङ्गा, माटोको प्रयोग गरी बनाइएको छ । मुख्य दरवार अर्थात् रातो दरवारको उचाइ करिब 1 सय 18 मीटर अग्लो छ भने लम्बाइ 3 सय 60 मीटर र चौडाइ 1 सय 40 मीटर छ । मैले पाएको जानकारीअनुसार त्यसमा साना र ठूला गरी झन्डै एक हजार कोठाहरु रहेका छन् । वास्तवमा त्यसको भित्र पसेर हेर्ने हो भने पोतला दरवार संग्रहालय हो कि, पुस्तकालय हो कि, देवालय हो कि, विश्वविद्यालय हो भनेर छुट्याउन गाह्रो हुन्छ ।

    रवि- श्रोताहरु, आजको कार्यक्रममा चीनको तिब्बतको सदरमुकाम ल्हासस्थित पोतला दरवारको विषयमा कुराकानी गरिरहेका छौं । ध्रुवजी, यो गीतभन्दा अगाडि तपाईंले पोतला दरवारलाई संग्रहालय, पुस्तकालय, देवालय वा विश्वविद्यालय के हो भनेर छुट्याउन गाह्रो हुन्छ भनेर भन्दै हुनुहुन्थ्यो ।

    ध्रुव- हजुर रविजी । त्यत्रो ठूलो पोतला दरवारभित्र पसेर निस्किएपछि त्यो दरवार संग्रहालय हो कि, पुस्तकालय हो कि, देवालय हो कि, विश्वविद्यालय हो कि भनेर मलाई खुट्याउन गाह्रो भयो । दरवारभित्र सजाएर राखिएका हजारौं बुद्ध मूर्तिहरु, सबै दलाइ लामाका मूर्तिहरु, स्रङ्गचङ्ग गम्पो, भृकुटी र वेन छनका सुनका चम्किला मूर्तिहरु, बुद्ध धर्मग्रन्थका हजरौंहजार किताबहरु, विश्वकै सबैभन्दा लामो किताब, स्वर्णपत्रमा लेखिएका किताबहरु, कागजमा सुनको मसिले लेखिएका किताबहरु, विभिन्न आकृति, प्रकृति र रङ्गका थाङ्काहरु, जताततै बलिरहेका बत्ती, ध्यान र जपमा ध्यानमग्न धर्मगुरु तथा लामाहरु हेर्दा खेरी यो दरवार समग्रमा धर्मशाला, संग्रहालय, पुस्तकालय, देवालय वा विश्वविद्यालयमध्ये के हो भनेर छुट्याउन गाह्रो परेको हो । मेरो मतलब त्यो दरवारले सबै कुराको प्रतिनिधित्व गरेको छ ।

    रवि- ध्रुवजी, पोतला दरवारभित्र देखेका अरु कुराहरुको याद छ तपाईंलाई ?

    ध्रुव- रविजी, पाँचौं दलाइ लामाको शव राखिएको 3 हजार 7 सय 24 किलोग्राम सुन, 15 हजार टुक्रा हिरा जेड र मोतीहरुबाट बनाइएको छ । त्यो वास्तवमा निकै महँगो र बहुमुल्य धातू र रत्नबाट बनाइएको बाकस अझै पनि मेरो सम्झनामा छ । पोतला दरवारका थाम, वीम, दलिन र भित्ताहरु जताततै बुद्ध, ड्रागन तथा अन्य मांगलिक चिन्हका चित्रहरुले ढाकिएका छन् । पोतला दरवारको सबैभन्दा पुरानो कोठा जहाँ स्रोङ्गचोङ्ग गम्पोले ध्यान तथा योग गर्ने गर्थे त्यहाँ अहिले उनका दुई रानीसहितको भब्य मूर्ति राखिएको छ । स्रङ्गचङ्ग गम्पोले बनाएको उक्त कोठालाई केन्द्रमा राखी दरवारको पुनः निर्माण गरिएको मैले जानकारी पाएँ । दरवारको स्याहार सम्भार, रङ्गरोगनमा विशेष ध्यान दिइएको छ भने रातको समयमा तलबाट हेलोजिन लाइट बाल्नाले दिउँसोभन्दा अझै सुन्दर र चम्किलो देखिन्छ । यो दरवारभित्रका सबै कुराहरु राम्रोसँग हेर्ने हो भने त दिनभरीमा पनि सकिदैँन । तर हामीले छिटोछिटो गरेर चार घन्टामा हेर्दा देखेको र अहिले सम्झेका कुराहरु आज मैले राख्ने प्रयास गरेँ रविजी ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040