
मै चिन फिल्म कम्पनीले इन्टरनेट लेखकसँगसँगै मिलेर कम्पनीका केही कृतिलाई सम्पादन गरिरहेको छ। यस कम्पनीका उत्पादक यान सिले इन्टरनेट कृति तथा लेखकबारे आफ्नो विचार व्यक्त गर्दै भनिन्--
"यस बजारको भविष्य हामीलाई राम्रो लाग्यो। फिल्म क्षेत्रमा राम्रा प्रोचेक्ट त्यति धेरै छैन। परम्परागत सिर्जनाबाट गरिएको कृति धेरै भएता पनि नयाँ दृष्टिकोण कम देखिन्छ। यसका अतिरिक्त, ती कृतिहरुलाई पर्खिरहेका कम्पनीहरु पनि धेरै छन्। त्यहीं भएर हामीले अर्को बाटो पत्ता लगाउनुपर्छ।"

इन्टरनेटमा आधारित सिर्जनाको समृद्धिको कारणले केही पेशागत साहित्य वेभसाइट देखापरेको अवस्था छ। गतवर्ष स्थापना भएको शङ ता साहित्य लिमिडेड कम्पनीका तीन वटा पेशागत साहित्य वेभसाइट छन् र चीनको इन्टरनेट साहित्य बजारको नब्बे प्रतिशत ओगटेको छ। यस कम्पनीको छी त्यान वेभसाइटका अठार हजार लेखकहरु छन् र प्रतिदिन वेभसाइटमा थपिने अक्षर लगभग तीन करोड छन्। हरेक दिन यसै वेभसाइटमा पाइने क्लिकको संख्या तीस करोड जति छ।

शङ ता साहित्य कम्पनीले "विश्वभरि चिनियाँमा सिर्जना गरिएको मौलिक साहित्य प्रदर्शनी" कार्यक्रम आयोजना गरेको उद्देश्य कृतिको मिलिजुली प्रचार-प्रसार तथा सर्वाधिकारको बिक्री मञ्च प्रदान गरिनु हो। शङ ता साहित्य कम्पनीका प्रथम कार्यकारी अधिकारी हौ स्याउ छ्याङले इन्टरनेटमा साहित्यको भविष्यबारेमा आफ्नो विचार व्यक्त गर्दै भनेः
"मेरो विचारमा इन्टरनेट साहित्यको भविष्य भनेको यहि विचार झन् झन् अस्पष्ट बन्दै जानु हो र यस्तो साहित्य तथा परम्परागत साहित्य बीचको सिमा रहँदै रहँदैन। इन्टरनेट एउटा उपाय मात्र हो तर पूर्ण विषय होइन। भविष्य, इन्टरनेट, मोबाइल फोन, चलचित्र, कम्प्युटर खेल ती सबै कुराद्ये एउटा त्रिआयामिक साङलो बनाइएको छ। भविष्यमा यस्ता काम संचालन गर्दाखेरी सर्वाधिकारलाई केन्द्रित गर्ने हाम्रो आशा छ। सर्वाधिकारको संचालन तथा व्यवस्थापन गरेर चौतर्फी तथा विभिन्न बाटोद्बारा लाभ पाउने नै हाम्रो लक्ष्य हो।"
|