china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    हिउँदकालीन ओलिम्पिक खेलकुदका भूतपूर्व चिनियाँ प्रख्यात खेलाडी याँग याँगको पहिलो भाग
    (GMT+08:00) 2009-08-21 17:42:03    

                   सन् 2005 पैचिङमा आयोजित विश्व ओलिम्पिक खेलकुदका खेलाडी संघको वार्षिक सम्मेलनमा चीनका लागि हिउँदकालीन ओलिम्पिक खेलकुदमा प्रथम स्वर्ण पदक प्राप्त गरेकी छोटो दूरी स्पीड बरफ स्केटिङ खेलाडी याँग याँगले एउटा नयाँ पद पाइन्। सो सम्मेलनमा यस सुन्दर युवा खेलाडीले अंग्रेजी भाषामा सररर मन्तव्य दिएपछि गणतन्त्र कोरियाका एकजना सदस्यले उनलाई "हिउँदकालीन ओलिम्पिक मिस चाइना" भन्ने नाउँ दिनुभयो। यसको अर्थ हो उनले चिनियाँ खेलकुदको स्वस्थ छबीको प्रतितिधित्व गरेकी छिन्। त्यसपछिका केही वर्षभित्र सेवा निवृत्त भएकी याँग याँगले यस्तो स्वस्थ छबीलाई कायम राख्दै विस्तार गरेकी छिन्। उनी चीनकी पहिली हिउँदकालीन ओलिम्पिक च्याम्पियन मात्र नभई अझ उनले विभिन्न खाले अन्तर्राष्ट्रिय खेलकुदमा सक्रिय सहभागी हुने र अन्तर्राष्ट्रिय खेलकुद संगठनमा पद सम्हाल्ने कार्यमार्फत विस्तारै-विस्तारै खेलाडीबाट विकसित भएर खेलकुदको व्यवस्थापकमा परिणत भएकी छिन्। आजको खेलकुद कार्यक्रममा म तपाईंहरुलाई सुश्री याँग याँगको बारेमा जानकारी गराउनेछु।

                 खेलाडीबाट खेलकुदको व्यवस्थापकमा सफल परिणत भएको कुराप्रति निज याँग याँगले आफूलाई सन्तोष लागेको कुरा बताइन्- "आफूले सेवा निवृत्त भएका यी वर्षहरुमा धेरै चोटी पनि "प्रतियोगितामा ए मैले स्केटींग जुत्ता ल्याउनै बिर्सेछु" भन्ने सपना देखेकी थिएँ। वास्तवमा एकजना मानिसले पहिलेको कुरा नसोच्ने भन्ने कुरा आउँदैन । अहिले मेरो दिमागमा बारम्बार पहिलेको कुराको बारम्बार याद आउँछ। यस्तो कुरा सम्झँदा आफूलाई धेरै आनन्द लाग्छ"।

                   याँग याँग एकजना खेलाडीबाट खेलकुदका व्यवस्थापकमा परिणत भएको कारण उनमा अरुभन्दा श्रेष्ठता भएकोले हो। उनको जन्म सन् 1975 मा भएको थियो। तीस वर्षभन्दा बढी उमेर भएपनि हेर्दा उनी अझै पनि धेरै जवान र फुर्तिली देखिन्छिन्। सन् 2002 मा उनलाई चीनको प्रख्यात छिंग व्हा विश्वविद्यालयले भर्ना गर्‍यो। त्यसपछि उनी अमेरिकामा पनि केही समयका लागि बसेकी थिइन्। उनी मिलनसार र तीखो बुद्धिकी छिन्। साथै उनले अंग्रेजी बोल्न पनि निकै सिपालु छिन्। उनले अमेरिकाको सोल्ट लैख शहरमा सन् 2002 मा आयोजित हिउँदकालीन् ओलिम्पिक खेलकुदमा महिला छोटो दूरी स्पीड बरफ स्केटींग पाँच सय मीटर र एक हजार मीटर प्रतियोगिताका च्याम्पियनशीप प्राप्त गरेकी थिइन्। उनले खेलाडी जीवनकालमा बटुलेको बुद्धिलाई सेवा निवृत्त भएपछिको जीवनमा पनि राम्ररी उतारेकी छिन्।

                  सेवा निवृत्त भएपछि सन् 1999 मा सुश्री याँग याँग अन्तर्राष्ट्रिय बरफ स्केटींग संघअन्तर्गत खेलाडी समितिको सदस्य बनिन्। सुरु सुरुमा उनको अंग्रेजी भाषाको स्तर राम्रो थिएन। बैठकमा उनलाई के कुरा बोल्नुपर्ने भन्ने थाहा थिएन। तर दश वर्षपछि आज आएर उनलाई अन्तर्राष्ट्रिय ओलिम्पिक परिषद्‍अन्तर्गत् महिला र खेलकुद समितिमा रहेको आफ्नो कर्त्तव्य बारे स्पष्ट र आकर्षक हुने गरी व्याख्या गर्न सिपालु भएकी छिन्। उनी भन्छिन्- "समितिको कर्त्तव्य चाहिँ बढीभन्दा बढी महिलाहरुलाई खेलकुद गतिविधिमार्फत झन् राम्ररी समाजमा घुलमिल गराउनका लागि हो। जस्तै भनौं दोहामा आयोजित एशियाली खेलकुदका बेलामा एशियाली खेलकुद परिषद्‍ले यसमा महिला खेलकुद विधा थपिदिन आग्रह गरेको थियो। किनभने त्यस क्षेत्रमा खेलकुदमा भाग लिने महिलाहरुको संख्या निकै कम छ। त्यसैले उनीहरुले एशियाली खेलकुदलाई राम्ररी सञ्चालन गर्नका लागि महिला फुटबल र महिला ट्रेक एण्ड फिल्डका खेलाडीहरुलाई राखेका थिए। यो पनि समाजलाई झन समान र प्रगति गराउने एक राम्रो उपाय हो"।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040