china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    शान् सी प्रान्तको माध्यमिक विद्यालयमा पढिरहेका तिव्वती जातिका विद्यार्थीहरु
    (GMT+08:00) 2009-08-24 14:38:12    

                  तिव्वत क्षेत्रका लागि अझ राम्रो रुपमा दक्ष व्यक्ति तयार पर्ने उद्देश्यले तालीम दिनका लागि चीन सरकारले सन् उन्नाइस सय पचासी सालदेखि भित्र चीनमा परेका उन्नाइसवटा प्रान्त वा शहरहरुमा उत्कृष्ट शिक्षक र शिक्षिका रहने तथा पढाउने शर्त अपेक्षाकृत रुपमा राम्रो रहेको माध्यमिक विद्यालयहरुलाई छानेर तिव्वत नामको कक्षा खोली विशेष गरी तिव्वत क्षेत्रबाट आउने विद्यार्थीहरुलाई भर्ना गर्छन्। शान् सी प्रान्तको सदरमुकाम थाइ युएन्‌मा पर्ने शान सी विश्वविद्यालयको मातहतमा रहनेगरी माध्यमिक विद्यालयमा छवटा तिव्वती कक्षाहरु स्थापित भएका छन् । ती कक्षामा पढिरहेका सबै विद्यार्थीहरु तिव्वी जातिय स्वायत्त प्रदेशका हुन् । सन् दुइ हजार छ र दुइ हजार सातमा सो माध्यमिक विद्यालयबाट पास भएका एक सय छपन्नजना विद्यार्थीहरु सबै नै भित्र चीनका प्रख्यात उच्च विद्यालयमा भर्ना भएका छन् । आज हामीहरुले शान् सी विश्वविद्यालयको मातहतमा रहने माध्यमिक विद्यालयमा पढिरहेका तिव्वती विद्यार्थीहरुको जानकारी सुनाऔं ।

               "बत्तीको किरणमा तपाईको छायां रहेको हुन्छ , तर तपाईको मायाले हजारौं- लाखौं शव्दहरुभन्दा राम्रो भई हामीहरुलाई दक्ष बनाएको छ । ओहो शिक्षिका , तपाई हामीहरुको आफ्नो जन्मथलो छोडेपछिका सबैभन्दा प्यारा मानिस हुनुहुन्छ । तपाई हामीहरुका साझा आमा हुनुहुन्छ ।"

                 विद्यार्थीहरुको मनमा रहनुभएको उक्त साझा आमा तिव्वती कक्षाका सल्लाहकार बाइ तोंग होंग हुनुहुन्छ । शिक्षिका बाइ तीस वर्षभन्दा बढी समयसम्म पढाउनुहुने वरिष्ट शिक्षिका हुनुहुन्छ । सन् उन्नाइस सय पचासी सालमा चीनको राज्य परिषद्‌को अधिकार पाएर सान् सी विश्वविद्यालयको मातहतमा रहन माध्यमिक विद्यालयले तिव्वती कक्षाको स्थापना गरेदेखि शिक्षिका बाइ तिव्वती कक्षाका पहिलो सल्लाहकार शिक्षिका बन्नुभयो ।

                 हाल शिक्षिका बाइले व्यवस्थापन गर्नुभएको कक्षामा एकचालीसजना विद्यार्थीहरु छन् । शिक्षिका बाइले उनीहरु हरेक जनालाई थुप्रै मेहनत र परिश्रम गर्नुभएको छ ।

                 मैले ती तिव्वती जातिका विद्यार्थीहरु मेरा आफ्ना बच्चा जस्तो महसूस गरेको छु । प्रत्येक केटा निकै भद्र र मायालु , आकर्षक देखिन्छ। तिनीहरुसित सामूहिक प्रतिष्ठाको भावना रहेकोले मातृभूमिका लागि गौरव कमाउन्छन् । सामूहिक गान ,नाचमा तिनीहरुले भाग लिएर सबै नै विद्यालयका पहिलो श्रेणीको पदक पाएका छन्।

                 ती तिव्वती जातिका विद्यार्थीहरुलाई बेरोकटोकका साथ आफ्नो पढाईलाई पूरा गर्न मदत दिन र सकेसम्म ती विद्यार्थीहरुको परिवारको आर्थिक भारलाई कम पार्नका लागि शान सि प्रान्तीय सरकारले प्रति महिना ती विद्यार्थीहरुलाई तीन सय चिनियां युआन्‌को खाना भत्ता दिन्छ । अनि ती तिव्वती विद्यार्थीहरुको उपचारको समस्यालाई पनि तिव्वती जातिय स्वायत्त प्रदेशको चिकित्सा प्रत्याभूति व्यवस्थामा राखिएको छ ।

                  एक-एक खेपका तिव्वती जातिका विद्यार्थीहरु यसरी "तिव्वती कक्षा"जस्तो ठूलो परिवारमा हर्षका साथ हुर्कंदै आएका छन् । तेइस वर्ष बितिसकेको छ। शिक्षिका बाइले पढाउनुभएका ती विद्यार्थीहरु यस अघि नै चीनभरि काम गरिरहेका छन् । पहिले पास भएका तिव्वती कक्षाका विद्यार्थीहरुमध्ये धेरैजसो आ-आफ्नो पेशामा मेरुदण्डको भूमिका निर्वाह गरिरहेका छन् । कोही विद्यार्थीहरु नेतृत्वदायी पदमा पनि बस्नुभएको छ । पहिले पहिले विद्यालयबाट पास भएका विद्यार्थीहरुले पनि विहे गरी आमा बुबा बनेका छन् ।

                  पछिल्ला तेइस वर्षदेखि यता शान् सि विश्वविद्यालयको मातहतमा रहको माध्यमिक विद्यालयले तिव्वती जातिय स्वायत्त प्रदेशका लागि सोह्र सयजना निम्न माध्यमिक विद्यालय र माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई हुर्काएको छ । ती विद्यार्थीहरुमध्ये झण्डै एकहजारजना तिव्वतमा काम गर्न फर्केका छन् । यति धेरै वर्षमा तिव्वती कक्षामा पढेका विद्यार्थीहरुले हाँसिल गरेका उपलव्धिबारे चर्चा गर्दै सो विद्यालयका प्रध्यापक यांग सु चन्‌ले आफ्नो हृदयभित्रको खुशीलाई ढाकछोप गर्न नसकेको कुरा भन्नुभयोः

                  हामीहरुको निम्न माध्यमिक विद्यालयको पहिलो तिव्वती कक्षाबाट पास भएका चालीसजनाभन्दा बढी विद्यार्थीहरुमध्ये तीसजनाभन्दा बढी विद्यार्थीहरु जिल्ला स्तरीय उपप्रमुखको पदमा बसेका थिए । हामीहरुको विद्यालयको अध्यापनको गुणस्तरले पनि स्थानीय मानिसहरुको मनमा निकै राम्रो मूल्यांकन र प्रशंसा कमाएको छ ।

                 भित्री चीनमा जीवन बिताएका र पढेका तिव्वती जातिका विद्यार्थीहरुको नजर बढीभन्दा बढी फराकिलो हुँदै आएको छ । तिनीहरुको ज्ञान र बुद्धि पनि बढ्दै आएको छ । तिनीहरु सक्रियताका साथ दक्षहुँदै आइरहेका छन् र भविष्यमा आफ्नो जन्मथलोको निर्माणका लागि आफ्नो शक्ति प्रदान गर्न तयार भईरहेका छन् ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040