
जिलि नामक मोटर गाडी उद्योग-व्यवसायीको अस्ट्रेलिया स्वचालित गति रुपान्तरकरण यन्त्र कम्पनीलाई खरीद गर्ने हस्ताक्षर समारोह गत मार्च महिना अस्ट्रेलिया न्यू सोज वालस राज्यमा आयोजित भएको थियो। यो चीनको उद्योग-व्यवसायीले नयाँ अन्तर्राष्ट्रिय आर्थिक वातावरणमा "वाहिरिने"रणनीति लागू गरेको नयाँ परीक्षण हो।

अस्ट्रेलिया स्वचालित गति रुपान्तरकरण यन्त्र कम्पनी विश्वको दोस्रो ठूलो स्वचालित रुपान्तरकरण यन्त्र कम्पनी हो। यस कम्पनीमा स्वतन्त्र अनुसन्धान, उत्पादन र बिक्री टोहीहरु छन्। र यस कम्पनीले विश्वका प्रसिद्ध मोटर गाडीको उत्पादन कम्पनीहरुलाई पाट पुर्जाको उपलब्ध गराएको छ। तर बैकिङ संकटमा परेको असरका कारण यस कम्पनीमा रकमको अभाव भएको र टाट पल्टेको छ। चीनका दश वटा शक्तिशाली मोटर गाडी उद्योग-व्यवसायीहरुमध्येको एकको रुपमा जिलि नामक मोटर गाडी कम्पनीले अस्ट्रेलिया र चीन सरकारको समर्थनमा एक महिनाभित्र खरीद गर्ने सम्वन्धी छलफल पूरा गरेको छ।

जिलि नामक समूहका महाप्रबन्धक लि शु फुले हस्ताक्षर समारोहमा बोल्दै चीनका उद्योग-व्यवसायीहरुको "वाहिरिने"रणनीति एक परीक्षण हो भन्दै यस पटकको खरीद चीनका उद्योग-व्यवसायीहरुले संकटवाट"वाहिरिने"रणनीति कसरी लागू गर्न अन्वेषण गरेको वताउदै भन्नुभयो:
"यस मौकामा दुई मुलुकको आर्थिक विकास तथा सामन्जस्यताका लागि हितकर भएको र हाम्रा दुई उद्योग-व्यवसायीहरुको रणनीतिसित अनुकूल भएको खण्डमा हामीले यस मौकाको सदुपयोग गर्ने छौं।"
जिलि कम्पनीकाअनुसार, असी वर्षभन्दा बढीको विकासमा अस्ट्रेलिया स्वचालित गति रुपान्तरकरण यन्त्र कम्पनीको प्रविधि शक्ति, अनुसन्धान क्षमता र व्यवसायी अनुभवले जिलि कम्पनीलाई उत्पादन लाइनलाई विस्तार गर्न, मोटर गाडीको पाट पुर्जाको अनुसन्धान र उत्पादनको क्षमतालाई बढाउन मद्दत गर्ने छ। श्री लि शु फुले भन्नुभयो---यस पटकको खरीदमार्फत जिलि कम्पनीले अस्ट्रेलिया स्वचालित गति रुपान्तरण यन्त्र कम्पनीको उत्पादित-वस्तु र प्रविधिले चीनको मोटर गाडी व्यवसायी भित्र्याउने र चीनको मोटर गाडी व्यवसायीको उन्नतिलाईजोड दिने वताउनु भयो:
"चीनको मोटर गाडी उद्योगमा आफ्नो स्वचालित गति रुपान्तरण यन्त्र उद्योग छैन। चीनका मोटर गाडी उद्योग-व्यवसायीहरुले विदेशबाट स्वचालित गति रुपान्तरकरण यन्त्र खरीद गरेका छन्। अस्ट्रेलिया स्वचालित गति रुपान्तरकरण यन्त्र कम्पनीलाई खरीद गरेपछि उक्त कम्पनीले जिलि कम्पनीलाई उच्च स्तरीय स्वचालित गति रुपान्तरकरण यन्त्र प्रदान गर्नुका साथै चीनका अरु कम्पनीहरुलाई उच्च स्तरीय स्वचालित गति रुपान्तरकरण यन्त्र प्रदान गर्ने छ।"
|