china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    वा जातिको "मो नि है"कार्निभल
    (GMT+08:00) 2009-08-31 19:40:42    

                चीनको दक्षिण पश्चिम सीमा क्षेत्रमा पर्ने युन् नान् प्रान्तको लिन् छांग शहरमा एउटा विशेष जाति बसोबास गर्दछ। त्यो जाति युन् नान् प्रान्तमा रहेको विशेष अल्पसंख्यक जाति हो । प्रत्येक वर्षको मईको आरम्भमा यत्हां बसोबास गर्ने त्यस जातिका मानिसहरुले "मो नि है"नामको कार्निभलको आयोजना गर्नेगर्दछन् । आज हामी तपाईंलाई त्यस रहस्यमय वा जातिको बसोबास क्षेत्रमा लगेर वा जातिको "मो नि है"नामको सांस्कृतिको अनुभव गरार्ने छौं ।

              "मो नि है"कार्यक्रमको आयोजना हुने स्थानमा कुनै जाति होस् अथवा सबैले आपस्तमा हिलो छ्यापाछ्याप गर्ने गर्छन् । बूढालाई हिलोले लतपत पार्नुको मतलब भनेको बूढाको स्वास्थ्य र दीर्घायु होस् भन्ने किम्वदन्ति छ । केटीलाई हिलो लतपत पार्नुको मतलब केही प्रेम निकै सन्तोष भएकोले हो भनिन्छ । केटालाई हिलो लतपत पार्नु भनेको स्वस्थ रुपमा हुर्कन सकोस् भन्ने हो । मुखभरि हिलो लतपत पार्नुको मतलब चाहिं एकै वर्षमा खुशी र हर्ष हुन सकोस् भन्ने हो र पूरै जीउलाई हिलो लतपत पार्नेको मतलब भनेको आजीवनभरि सुख होस् भन्ने हो ।

               यी कुरा युन् नान् प्रान्तको लिन् छांग शहरको छांग युएन् वा जातिय स्वायत्त जिल्लाको सांस्कृति विभागका प्रमुख वै छंगले भन्नुभएको हो । तसर्थ "मो नि है"भनेको कस्तो कार्यक्रम हो त ? वा जातिका लागि "मो नि है"को कस्तो अर्थ रहेको छ त ? अब हामीहरुले यसबारको जानकारी लिउँ ।

              "मो नि है" यौटा सुन्दरी र रमणीय अनुश्रूतिबाट आएको हो । अनुश्रूतिका अनुसार प्राचीनकालमा मानवजातिले धागो बनाउन र कपडा बुन्न जान्दैनथ्यो । मानवजातिले शरिरलाई न्यानो राख्नका लागि खालि जनावरको छालाको उपयोग गर्ने गर्दथ्यो। तर जनावरको भारी छाला कहिलेकाहीं जंगी जनावरको आक्रमणको कारण बन्ने पनि गर्दथियो । जसले गर्दा मानवजाति नांगो रहन बाध्य हुन्थ्यो। तर तिनीहरुले घामको तातोपन र किरा तथा लामखुट्टेको टोकाइ पनि सहन सक्दैनथे । कुनै समयमा मानवजातिले भैसी हिलोमा आहाल बसेको अचानक देखे । जसले गर्दा घामको तातोपन र किराको टोकाइ छेक्न सकिन्थ्यो । त्यसपछि तिनीहरुले पनि भैंसिको कृयकलापबाट सिकेर आफ्नो जीउमा हिलो लतपत पार्न थाले । अनि हिलो लतपत गरेपछि जीउमा रुखबाट खसेको पातहरु जीउभरि टांसिएका पाए । यसरी घामको तातोपन र किरा तथा लामखुट्टेको टोकाइ छेक्नुबाहेक सजिलोसित जंगली जनावरको आक्रमणबाट पनि बच्न सकिने उपाय जाने । अनि बिस्तारै विस्तारै जीउमा हिलो लतपत पार्नु विषालु चिज र रोगको समान्य प्रतिकार गर्ने तरिकामार्फत सुखमय जीवन पाउने थाले। त्यसपछिका सभ्यतामा बच्चाहरु खेल्ने "मो नि है"कार्यक्रम हुरुहुन थाल्यो । त्यस अवस्थाबाट अहिले सम्म पनि चोक-चोकमा हजारौं मानिसहरु खेल्ने "मो नि है"कार्यक्रम शुरु भएको हो ।

              "मो नि है"कार्यक्रमको आयोजना हुँदा सबै गाउँका वा जातिका केटी र केटाहरुलगायत चारैतिरबाट आएका पाहुनाहरुले विशेष लुगा लगाएर संगसंगै "मो नि है"कार्यक्रममा सहभागी हुनु पर्छ । सबैजनाले एक अर्कालाई लखेट्ने , आपस्तमा खिसी गर्ने र खेल्ने गर्छन् । बूढो होस् वा यूवा , पुरुष होस् वा महिला सबैले आपसमा बेस्सरी हिलो लतपत पार्ने गर्छन् । कराउने , हांसेको स्वर घन्किरहेको हुन्छ र जताततै खुशीयाली र हर्षोल्लास वातावरणले भरिपूर्ण कार्निभलको दृश्य देख्न पाइन्छ । "मो नि है"कार्यक्रम लामो समयसम्म चलेपछि मानिसहरुले आफ्नो पूरा जीउ कालो भएता पनि सबैको हृदयभित्र खुशी भएको भान हुन्छ । किनकि हिलो लतपत पार्ने क्रममा वा जातिका मानिसहरुको जीवन रुचि र शुभकामना पनि निहित हुन्छ ।

                वा जाति कालो रंग मनपराउने जाति हो । तिनीहरुले कालो रंगलाई सबैभन्दा सुन्दर मान्छन् । तिनीहरुले कालो रंग मेहनत र स्वास्थ्यको प्रतीक भन्ने ठानेका हुन्छन् । "मो नि है"कार्यक्रममा सबैभन्दा कालो बन्ने मानिस नै सबैभन्दा सुन्दर मानिने गर्दछ । यस विषयबारे लिन् छांग शहरको छांग युएन् वा जातिय स्वायत्त जिल्लाको सांस्कृति विभागका प्रमुख वै छंगले जानकारी दिंदै भन्नुभयोः(音响二,韦诚讲话) हामीहरु वा जातिले कालोलाई सुन्दर मानेका छौं । तपाइंले "मो नि है"कार्यक्रममा स्वयंम आफै सहभागी भएपछि वा जातिको सांस्कृतिको सुन्दरताको सच्चा रुपमा महसूस गर्न सक्नुहुन्छ । एक दिनको वा जातिको मानिस बन्ने र एक दिनको वा जातिको सांस्कृतिको भित्री सारको सच्चा रुपमा महसूस गर्न सक्नुहुन्छ ।

                वा जातिको भौतिक जीवनभन्दा सामाजीक जीवन झन् महत्वपूर्ण रहेको ठहर लिने जाति हो । "मो नि है"कार्यक्रम तिनीहरुले आफ्नो विशेष तरीकाले भविष्यको अपेक्षा गर्ने , सुख भेटाउने र मंगलमय र शान्तिको प्रार्थना गर्ने प्रदर्शन पनि हो । त्यसैले जुनसुकै समयमा जुनसुकै अवस्थामा पनि वा जाति खुशियाली , उदार र निश्चिन्त हुन्छ।

                यो परंपराले हजारौं वर्ष बसन्त काटीसक्यो । छांग युएन् वा जातिय स्वायत्त जिल्लाका वा जातिले अहिलेसम्म पनि यस्तो परम्परागत कार्यक्रमको बिंडो थामिनैरहेका छन् । हाल "मा नि है"कार्निभल युन् नान् प्रान्तको लिन् छांग शहरले वा जातिको सांस्कृतिको मनोहकताको प्रदर्शन गर्ने महत्वपूर्ण सांस्कृतिक कार्यक्रम बनेको छ । यस सन्दर्भमा युन् नान् प्रान्तको लिन् छांग शहरको छांग युएन् वा जातिय स्वायत्त जिल्लाको पर्यटन विभागका प्रमुख व्हांग सिंग सुले भन्नुभयोः

                 हामीहरुले भविष्यमा सांस्कृतिक विषय र सांस्कृतिक वातावरण बढाउने योजना तयार पारेका छौं । त्यसमध्ये सबैभन्दा महत्वपूर्ण काम चाहिं वा जातिको सांस्कृति सम्बन्धी गोष्ठीको आयोजना गर्नु हो । हामीहरु "मो नि है "कार्निभलको भित्री सारलाई बढाएर पर्यटकहरुलाई "मो नि है"कार्निभलको हर्षोल्लासको महसूस गराउनुका साथै वा जातिको परम्परागत रितिरिवाजको कार्यक्रममा गाभिदिनेछौं।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040